June 10, 2017
एजेन्सी – फिफा विश्वकप २०१८को छनोट चरण अन्तर्गत शुक्रबार भएको समूह ‘एच’ अन्तर्गतको खेलमा इस्टोनियालाई २-०ले पराजित गर्दै बेल्जियमले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ। प्पहिलो हाफको ३१औं मिनेटमा ड्रिज मर्टेन्सको गोलसँगै बेल्जियम खेलमा अगाडी बढेको थियो। पछिल्लो खेलमा ग्रिससँग १-१को बराबरी खेलेको बेल्जियमका लागि ८६औं मिनेटमा नासेर चाड्लीले गोल गर्दै जित पक्का गरेका थिए। […]
June 10, 2017
एजेन्सी – फिफा विश्वकप २०१८को छनोट चरण अन्तर्गत शुक्रबार भएको समूह ‘बी’ अन्तर्गतको खेलमा पोर्चुगलले लाटभियालाई ३-०ले पराजित गरेको छ। निकै प्रतिस्पर्धात्मक पहिलो हाफको ४१औं मिनेटमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए। दोश्रो हाफको ६३औं मिनेटमा व्यक्तिगत दोश्रो गोल गर्दै रोनाल्डोले पोर्चुगलको अग्रता दोब्बर पारे। यो उनको जारी विश्वकप छनोटको […]
June 9, 2017
मेलबर्न (एजेन्सी) – अस्ट्रेलियाको मेलबर्न क्रिकेट मैदान (एमसीजी) मा भएको मैत्रीपुर्ण फुटबल खेलमा अर्जेन्टिनाले ब्राजिललाई १-० ले हराएको छ । करिब ९५ हजार भन्दा बढी दर्शकको सामु भएको खेलमा एकमात्र गोल ग्याब्रियल मेर्काडोले गरे। पहिलो हाफको अन्त्य अघि सेभिल्लाका डिफेन्डर मेर्काडोले ओटामेन्डीको हेडर बारमा लागेर फर्किएको अवस्थामा बललाई सहजै गोलमा परिणत गरेका थिए । नेयमारको अनुपस्थितीमा […]
June 9, 2017
एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आज दक्षिण अमेरिकी फुटबलका दुई ठुला टोली ब्राजिल र अर्जेन्टिना आमनेसामने हुँदैछन्। अष्ट्रेलियामा हुने उक्त खेलमा ब्राजिलले आफ्ना केहि महत्त्वपूर्ण खेलाडीलाई विश्राम दिएको छ। नेपाली समयानुसार दिनको ३ बजे सुरु हुने खेलमा अर्जेन्टिनाको कप्तानी लियोनल मेस्सीले गर्नेछन् भने ब्राजिलको कप्तानीको जिम्मा फिलिप कुटिन्होले पाएका छन्। अर्जेन्टिनाका लागि प्रशिक्षक जोर्गे साम्पाओलीको […]
June 9, 2017
लन्डन (एजेन्सी)– म्यानचेस्टर युनाइटेडले फरवार्ड ज्लाटान इब्राहिमोभिचसँग अर्को सिजनका लागि सम्झौता थप्न नचाहेपनि उनका लागि एउटा विकल्प भने राखिएको बताएको छ । एक बर्षको सम्झौतामा गत सिजन युनाइटेडमा आबद्ध इब्राहिमोभिचलाई विकल्पका रुपमा अर्को एक बर्षको सम्झौताको प्रस्ताव दिन सकिने सम्भावना रहेको श्रोतहरुले बताएका छन् । क्लबसँको उनको पुराना सम्झौता अब एक महिना बाँकी छ । […]
June 9, 2017
एजेन्सी – आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत बिहिबारको खेलमा श्रीलंकाले प्रतियोगिता इतिहासकै सबैभन्दा ठूलो लक्ष्य पछ्याउँदै भारतमाथि ७ विकेटको जित रचेको छ। ३ सय २२ रनको लक्ष्य पछ्याएको श्रीलंकाले ८ बल बाँकी छँदै लक्ष्य पुरा गरेको थियो। दोश्रो विकेटका लागि दनुस्का गुनथिलका र कुसल मेन्डिसले १ सय ५९ रनको साझेदारी गरेपछि श्रीलंका जिततर्फ अग्रसर भएको थियो। […]
June 8, 2017
एजेन्सी – गत सिजन प्रिमियर लिग उपाधि जित्दा चेल्सीका सर्वाधिक गोलकर्ता रहेका स्पेनिश फरवार्ड डिएगो कोष्टाले अर्को सिजन क्लब छाड्ने भएका छन्। चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेले कोष्टालाई व्यक्तिगत सन्देशमार्फत अर्को सिजन उनि प्रशिक्षकको योजनामा नरहेको बताएका छन्। कोष्टाले प्रशिक्षक कोन्टेले उनलाई क्लब छाड्न खुला छाडेको जानकारी दिए। कोष्टाले चेल्सीका लागि गत सिजन २२ गोल गरेका […]
June 8, 2017
एजेन्सी – आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत बुधबार भएको खेलमा पाकिस्तानले डकवर्थ लेविस पद्दतीका आधारमा दक्षिण अफ्रिकालाई १९ रनले पराजित गरेको छ। पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभर ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा २ सय १९ रनको सामान्य योगफल खडा गरेको थियो। कप्तान एबी डे भिलियर्स करियरकै पहिलो गोल्डेन डकमा आउट भएको दक्षिण अफ्रिकी […]
June 7, 2017
फर्ब्स – अमेरिकन बिजनेस म्यागजिन फर्ब्सले सार्वजनिक गरेको ‘बिश्वको सर्वाधिक कमाउने खेलाडी’ सुचीमा रियल म्याड्रिड फरवार्ड क्रिस्टियानो रोनाल्डो पहिलो स्थानमा रहेका छन् । बास्केटबल खेलाडी लेब्रन जेम्स भन्दा धेरै कमाउदै रोनाल्डोले पहिलो स्थान पक्का गरेका हुन् । फर्ब्सको अनुसार उनको कमाई बार्षिक ७१.८ मिलियन पाउण्ड छ । रोनाल्डो भन्दा अघि गल्फर टाइगर वुड्स र बक्सर फ्लोइड […]
June 7, 2017
बेल्जियम (एजेन्सी)– चेल्सीका मिडफिल्डर इडेन हाजार्डले रियल म्याड्रिडबाट कुनै प्रस्ताव आएमा त्यस बारे आफुले विचार गर्न तयार रहेको बताएका छन् । चेल्सीलाई यो सिजन प्रिमियर लिग उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका हाजार्डको नाम धेरै अघिदेखि रियलसँग जोडिदै आएपनि यसपटक भने उनले रियलबाट खेल्न चाहेको संकेत गरेका छन् । रियलबाट खेल्न सक्ने सम्भावनाको बारेमा चर्चा […]