default_image

अन्तर्राष्ट्रिय

April 27, 2017

प्रतिबन्धपछिको पहिलो खेलमा सारापोभा विजयी

एजेन्सी (स्टुगार्ड)- १५ महिनाको प्रतिबन्धपछि पहिलो खेल खेलेको रसियन टेनिस सुन्दरी मारिया सारापोभाले जित निकालेको छ । स्टुगार्ड ओपन अन्र्तगत बुधबार राति भएको प्रि–क्वार्टरफाइनलको खेलमा रसियन टेनिस सुन्दरी मारिया सारापोभाले रोबर्टा भिन्चीलाई ७–५ र ६–३ को सेटमा पराजित गरेकी हुन् । शक्तिबर्धक औषधी प्रयोग गरेको भन्दै एन्टि डोपिङ (वाडा) ले उनलाई २२ महिनाको प्रतिबन्ध सुनाइएको […]

April 27, 2017

जितसंगै कोलकाता शीर्षस्थानमा

पुने (एजेन्सी) – कप्तान गौतम गम्भीर र रोबिन उथाप्पाले उत्कृष्ट ब्याटिङ मद्दतले कोलकाता नाइट राइडर्सले घरेलु टोली राइजिङ्ग पुने सुपरजाएन्टसलाई ७ विकेटले पराजित गरेको छ। टस जितेर फिल्डीङ रोजेको कोलकाताले पहिलो इनिङमा पुनेलाई २० ओभरमा ५ विकेट गुमाउदै १८२ रनमा रोकेको थियो। ओपनरद्वय अजिंक्य रहाने र राहुल त्रिपाठीले आफ्नो राम्रो फर्मलाई जारी राख्दै पुनलाई राम्रो […]

April 27, 2017

बायर्न कपबाट बाहिरियो

म्युनिख (एजेन्सी) – सेमिफाइनलमा बोरुसिया डर्टमुण्डसंग ३-२ले पराजित भएपछि जर्मन लिग च्याम्पियन बायर्न म्युनिख जर्मन कपबाट बाहिरिएको छ। बुधबार राती भएको प्रतियोगिताको दोश्रो सेमिफाइनल खेलमा डर्टमुण्डले मारको रीउसको गोलमा अग्रता लिएको थियो। उनले १९औं मिनेटमा अग्रता दिलेपानी दिलाएपनि हाभिएर मार्टीनेजले त्यसको ९ मिनेटमै खेललाई बराबरीमा ल्याएका थिए। ४१औं मिनेटमा फ्र्यांक रिबेरीको पासलाई सदुपयोग गर्दै म्याट्स […]

April 27, 2017

रियलको शानदार जित

स्पेन (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत बुधबार राती भएको खेलमा रियल म्याड्रिडले घरेलु टोली डेपोर्टिभो ला कोरुनालाई ६-२ले पराजित गरेको छ। रोनाल्डो, बेल, बेन्जेमा, मोड्रीच लगायतका स्टार खेलाडीलाई विश्राम दिइएको खेलमा म्याड्रिडका युवा खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरे। खेलको पहिलो मिनेटमै अल्भारो मोराटाले इस्कोको पासलाई सदुपयोग गर्दै रियललाई खेलमा अगाडी बढाएका थिए। हामेस रोड्रीग्वेजले १४औं […]

April 27, 2017

ओससुनामाथि बार्सिलोनाको ७ गोल

बार्सिलोना (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत बुधबार राती भएको खेलमा बार्सिलोनाले आफ्नो घरेलु मैदान क्याम्प नोउमा ओससुनालाई ७-१ले पराजित गरेको छ। बार्सिलोनाको जितमा लियोनेल मेस्सी, आन्द्रे गोमेस र फ्रान्सिस्को अल्कासेरले २/२ गोल गरेका थिए भने हाभिएर मासेरानोले पनि १ गोल गरे। खेलको १२औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सालाई अग्रता दिलाएका थिए भने आन्द्रे गोमेसले […]

April 27, 2017

टोटेनहम र आर्सनल विजयी

लण्डन (एजेन्सी) – इङलिस प्रिमिएर लिग अन्तर्गत बुधबार राती भएका खेलमा टोटेनहम हट्सपर र आर्सनलले जित दर्ता गरेका छन्। प्रिमिएर लिगको शीर्षस्थानमा रहेको चेल्सीमाथि दबाब कायम राख्ने अठोट लिएको टोटेनहमले क्रिस्टल प्यालेसको घरेलु मैदानमा १-०को जित दर्ता गर्यो। खेलको अधिकाँश समय घरेलु टोलीमाथि आक्रमण बुनेको टोटेनहमका लागि क्रिस्टियन एरिक्सनले गोल गरेका थिए। उनले ८२औं मिनेटमा […]

April 26, 2017

रोनाल्डो डेपोर्टिभोविरुद्ध नखेल्ने

म्याड्रिड (एजेन्सी) – स्पेनिस ला लिगा अन्र्तगत डिर्पाेटिभो ला कोरुनाविरुद्ध बुधबार हुने खेलमा रियल म्याड्रिडका स्टार फरवार्ड क्रिष्टियानो रोनाल्डो नखेल्ने भएका छन् । खेल बुधबार राति डिर्पाेटिभोको घरेलु मैदानमा हुदैछ । क्लबले घोषणा गरेको १९ सदस्यीय टिममा ३२ वर्षीय रोनाल्डो छैनन् । रोनाल्डोलाई शनिबार भ्यालेन्सियाविरुद्धको खेल र एट्लेटिको म्याड्रिडविरुद्धको च्याम्पियन्स लिगको सेमिफाइनल खेलका लागि विश्राम […]

April 26, 2017

एल क्लासिकोमा हारपछि रोनाल्डोको रियलकै खेलाडीसंग भनाभन

म्याड्रिड (एजेन्सी) – गत साता सम्पन्न एल क्लासिकोमा लियोनेल मेस्सीको अन्तिम मिनेटको गोलसंगै बार्सिलोनाले रियल म्याड्रिडलाई ३-२ले पराजित गर्दै लिग तालिकाको शीर्षस्थानमा पुगेको थियो। मेस्सीले खेलको दोश्रो हाफको इन्ज्युरी समयको अन्तिम मिनेटमा गरेको गोल सर्जी रोबर्टोले मिडफिल्डबाट उत्कृष्ट ढंगले बल अघि बढाएपछि सम्भव भएको थियो। रोबर्टोले बल छलाएर लाग्दा म्याड्रिडका डिफेन्डर मार्सेलो र मिडफिल्डर लुका […]

April 26, 2017

बार्सिलोना ओसासुनासंग भिड्दै

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत बुधबार राती हुने खेलमा बार्सिलोनाले आफ्नो घरेलु मैदानमा ओसासुनासंग भिड्दैछ। आइतबार भएको एल क्लासिकोमा जित हात पारेर शीर्षस्थान कब्जा गरेको बार्सिलोना यस खेलमा जित हात पारेर म्याड्रिडमाथि दबाब कायम गर्ने सुरमा हुनेछ। ७५ अंक बोकेको बार्सिलोना गोलअन्तरको आधारमा शीर्षस्थानमा रहेको छ। बराबरी अंक बोकेपनि रियल म्याड्रिडलले बार्सिलोनाको तुलनामा १ […]

April 26, 2017

रियलले डिपोर्टिभोको सामना गर्दै

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत बुधबार राती हुने खेलमा रियल म्याड्रिडले घरेलु टोली डेपोर्टिभो ल कोरुनाको सामना गर्दैछ। एल-क्लासिकोमा भोगेको पराजयसंगै लिगको दोश्रो स्थानमा पुगेको म्याड्रिड जित दर्ता गरेर बार्सिलोनामाथि दबाब सिर्जना गर्ने धुनमा हुनेछ। बार्सिलोनाको तुलनामा १ खेल कम खेलेको रियल समान अंक बोकेर अंक तालिकाको दोश्रो स्थानमा रहेको छ। एल-क्लासिकोमा रातो कार्ड […]

Success

Thank you for your time.