default_image

अन्तर्राष्ट्रिय

August 7, 2017

स्नाइडर र बालोटेली एउटै क्लबबाट खेल्ने

फ्रान्स (एजेन्सी) – रियल म्याड्रिडका पूर्व खेलाडी एवं फिफा विश्वकप २०१०का फाइनलिस्ट डच खेलाडी वेस्ली स्नाइडरले फ्रेन्च लिगको क्लब ओजिसी निसबाट खेल्ने भएका छन्। गालाटासरेबाट गत महिना रिलिज भएका स्नाइडरले फ्रान्सेली क्लबसँग १ वर्षे सम्झौता गरेका हुन्। टर्कीमा ४ सिजन खेलेका स्नाइडरले त्यहाँ रहेर २ पटक घरेलु लिगको उपाधि पनि जितेका थिए। राष्ट्रिय टोलीका लागि […]

August 7, 2017

रियलले नेयमारको प्रस्ताव नकारेको खुलासा

म्याड्रिड (एजेन्सी) – बार्सिलोनाबाट विश्व कीर्तिमानी रकममा पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका ब्रजिलियन फरवार्ड नेयमारले गत सिजन रियल म्याड्रिड आउने चाहना देखाएको खुलासा भएको छ। नेयमारका एजेन्ट वाग्नर रिबिएरोले पछिल्लो सिजन रियललाई नेयमार भित्र्याउने प्रस्ताव राखेेका थिए। तर, रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले क्लबसँग आर्थिक रुपमा उक्त प्रस्तावको लागि पैसा हुँदाहुँदै पनि नेयमारलाई नल्याउने बताएका […]

Coutinho

August 7, 2017

कौटिन्हो यसै साता बार्सिलोना जाने

बार्सिलोना (एजेन्सी) – बार्सिलोनाले लिभरपुलका मिडफिल्डर फिलिप कौटिन्होलाई यसै साता क्लबमा भित्र्याउने भएको छ। विश्व कीर्तिमानी रकममा अर्का ब्राजिलियन नेयमार पेरिस सेन्ड जर्मेन (पिएसजी) गएपछि बार्सिलोनाले कौटिन्होलाई विकल्पको रुपमा हेर्दै आएको छ। नेयमारको ट्रान्सफरबाट २ सय २२ मिलियन युरो प्राप्त गरेको बार्सिलोनाले कौटिन्होलाई क्लबमा ल्याउन १ सय मिलियन युरो भन्दा माथि खरिचन लागेको बुझिएको छ। […]

August 6, 2017

डीबालाको बार्सिलोना भविष्य उनकै हातमा

टुरिन (एजेन्सी) – नेयमारको प्रस्थानसँगै बार्सिलोनामा रिक्त रहेको फरवार्डको भूमिकामा पदपूर्ति गर्ने आशा गरिएका युभेन्टसका पाउलो डिबालालाई क्लबले आफ्नो भविष्यबारे सोच्न भनेको छ। बार्सिलोनाले डिबालालाई भित्र्याउन ठुलो रकमको प्रस्ताव गर्ने तयारी गरिरहँदा युभेन्टसले यस्तो निर्णय लिएको हो। युभेन्टसले आफैंले उनलाई बेच्न नचाहेपनि खेलाडीको निर्णयलाई नै अन्तिम निर्णय मान्ने बुझिएको छ। यसअघि पल पोग्बाको ट्रान्सफरमा पनि […]

August 6, 2017

चेल्सी र आर्सनल कम्युनिटी सिल्डका लागि खेल्दै

लन्डन (एजेन्सी) – इङ्गलिस सिजनको सुरुवाती खेलका रुपमा चर्चित रहँदै आएको एफ.ए. कम्युनिटी सिल्डअ अन्तर्गत आइतबार हुने खेलमा लन्डनका दुइ चर्चित क्लब आर्सनल र चेल्सी भिड्दैछन्। चेल्सी लिग विजेताको नाताले छनोट भएको हो भने आर्सनलले गत सिजनको एफए कप जितेको थियो। पछिल्लोपटक सन् २००९मा कम्युनिटी सिल्डको उपाधि जितेको चेल्सी यस वर्ष पाँचौपटक उक्त उपाधि हत्याउने […]

August 6, 2017

बायर्नलाई सुपर कप उपाधि

डर्टमुण्ड (एजेन्सी) – चिर परिचित प्रतिद्वन्द्वी बोरुसिया डर्टमुण्डलाई  पराजित गर्दै जर्मन बुन्डेसलिगाको साविक विजेता बायर्न म्युनिखले जर्मन सुपर कपको उपाधि जितेको छ। डर्टमुण्डको घरेलु मैदान सिग्नाल इडुना पार्कमा भएको खेलमा बायर्नले पेनाल्टीमा ५-४ले जित हात पारेको हो। निर्धारित ९० मिनेट समयको खेल २-२को बराबरीमा टुंगिएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट लिनु परेको थियो। खेलको १२औं मिनेटमा […]

August 6, 2017

युभेन्टसमाथि टोटेनहमको सहज जित

लण्डन (एजेन्सी) – प्रि-सिजनको अन्तिम तयारी अन्तर्गत वेम्बली रंगशालामा खेलिएको मैत्रीपूर्ण खेलमा इङ्गलिस् टोली टोटेनहम हट्स्परले इटालियन च्याम्पियन युभेन्टसलाई २-०ले पराजित गरेको छ। टोटेनहमका लागि फरवार्ड ह्यारी केनले हेडरमार्फत गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। खेलको ११औं मिनेटमा किरन ट्रीपिएरको क्रसमा केनले उत्कृष्ट हेडीङ गरेका थिए। टोटेनहमका लागि दोश्रो हाफको सुरुवातमै क्रिस्टियन एरिक्सनले गोल गर्दै […]

August 6, 2017

पिएसजीको विजयी सुरुवात

पेरिस (एजेन्सी) – पेरिस सेन्ट जर्मेन (पिएसजी)ले फ्रान्सको शीर्ष श्रेणीको लिग अन्तर्गत पहिलो खेलमा अमिएन्सलाई २-०ले पराजित गरेको छ। भर्खरै विश्व कीर्तिमानी रकममा अनुबन्धित भएका नेयमारबिना मैदानमा उत्रिएको पिएसजीले दुवै हाफमा १/१ गोल गरेको थियो। पिएसजीका लागि एडिन्सन कभानीले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। उनले खेलको ४२औं मिनेटमा ड्यानी आल्भेसको क्रसमा गोल गर्दै घरेलु […]

August 5, 2017

पेरिसमा नेयमारको स्वागत फिल्मी शैलीमा

पेरिस (एजेन्सी) – बार्सिलोनाबाट विश्व कीर्तिमानी रकममा पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका ब्राजिलियन फरवार्ड नेयमारको घरेलु मैदान पार्क डे प्रिन्सेसमा भव्य स्वागत भएको छ। पहिलो खेलमा खेल्न नपाउने भएपछि क्लबले नेयमारलाई खेल सुरु हुनुअघी समर्थकमाझ प्रस्तुत गरेको थियो। पिएसजीका अध्यक्ष नासेर अल खलिफीसँग मन्चमा देखिएका नेयमारले समर्थकहरु सामु बोल्दै एकदम खुशी लागेको बताए। ‘म निकै […]

August 5, 2017

नेयमारले बोनस नलिई बार्सिलोना छाडेको खुलासा

बार्सिलोना (एजेन्सी) – विश्व कीर्तिमानी रकममा फ्रान्सेली टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका ब्राजिलियन फरवार्ड नेयमारले २५ मिलियन युरो बोनस नलिई बार्सिलोना छाडेको खुलासा भएको छ। नेयमारको सम्झौतामा उल्लेख भए बमोजिम सम्पूर्ण सर्त पुरा नभएकाले उक्त रकममा सहमति नमिलेको हो। सन् २०१३मा बार्सिलोना आइपुगेका नेयमारले बार्सिलोनामा ४ वर्ष बिताएको खण्डमा उनका पिता नयमार सिनियरको कम्पनीले […]

Success

Thank you for your time.