default_image

अन्तर्राष्ट्रिय

August 6, 2017

पिएसजीको विजयी सुरुवात

पेरिस (एजेन्सी) – पेरिस सेन्ट जर्मेन (पिएसजी)ले फ्रान्सको शीर्ष श्रेणीको लिग अन्तर्गत पहिलो खेलमा अमिएन्सलाई २-०ले पराजित गरेको छ। भर्खरै विश्व कीर्तिमानी रकममा अनुबन्धित भएका नेयमारबिना मैदानमा उत्रिएको पिएसजीले दुवै हाफमा १/१ गोल गरेको थियो। पिएसजीका लागि एडिन्सन कभानीले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। उनले खेलको ४२औं मिनेटमा ड्यानी आल्भेसको क्रसमा गोल गर्दै घरेलु […]

August 5, 2017

पेरिसमा नेयमारको स्वागत फिल्मी शैलीमा

पेरिस (एजेन्सी) – बार्सिलोनाबाट विश्व कीर्तिमानी रकममा पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका ब्राजिलियन फरवार्ड नेयमारको घरेलु मैदान पार्क डे प्रिन्सेसमा भव्य स्वागत भएको छ। पहिलो खेलमा खेल्न नपाउने भएपछि क्लबले नेयमारलाई खेल सुरु हुनुअघी समर्थकमाझ प्रस्तुत गरेको थियो। पिएसजीका अध्यक्ष नासेर अल खलिफीसँग मन्चमा देखिएका नेयमारले समर्थकहरु सामु बोल्दै एकदम खुशी लागेको बताए। ‘म निकै […]

August 5, 2017

नेयमारले बोनस नलिई बार्सिलोना छाडेको खुलासा

बार्सिलोना (एजेन्सी) – विश्व कीर्तिमानी रकममा फ्रान्सेली टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका ब्राजिलियन फरवार्ड नेयमारले २५ मिलियन युरो बोनस नलिई बार्सिलोना छाडेको खुलासा भएको छ। नेयमारको सम्झौतामा उल्लेख भए बमोजिम सम्पूर्ण सर्त पुरा नभएकाले उक्त रकममा सहमति नमिलेको हो। सन् २०१३मा बार्सिलोना आइपुगेका नेयमारले बार्सिलोनामा ४ वर्ष बिताएको खण्डमा उनका पिता नयमार सिनियरको कम्पनीले […]

August 5, 2017

युभेन्टस र टोटेनहम भिड्दै

लण्डन (एजेन्सी) – अर्को साताबाट हुने सुरु हुने इङ्गलिस प्रिमियर लिगको तयारीको अन्तिम चरणमा रहेको टोटेनहम हट्सपरले नयाँ घरेलु मैदान वेम्बली रंगशालामा इटालीको च्याम्पियन युभेन्टससँग खेल्दैछ। शनिबार हुने मैत्रीपूर्ण खेलमा दुवै टोलीले आफ्नो पहिलो रोजाईको टोली उतार्ने तयारी गरिरहेका छन्। विगतका सिजनमा वेम्बली रंगशालामा राम्रो नतिजा ल्याउन नसकेको टोटेनहमले यस सिजन आफ्नो सम्पूर्ण घरेलु मैदानमा […]

August 5, 2017

बार्सिलोना दोश्रो श्रेणीको टोलीसँग बराबरीमा रोकियो

स्पेन (एजेन्सी) – स्पेनको दोश्रो श्रेणीमा खेल्ने क्लब जिम्नास्टिकसँगको मैत्रीपूर्ण खेलमा बार्सिलोनाले १-१को बराबरी खेलेको छ। खेलमा पछाडी परेको बार्सिलोनालाई फरवार्ड पाको अल्कासेरको गोलको मद्दतले बराबरीमा ल्याएको थियो। प्रिसिजनका अघिल्ला ३ खेलमा युभेन्टस, म्यानचेस्टर युनाइटेड र रियल म्याड्रिडलाई पराजित गरेको बार्सिलोनाले यस खेलमा आफ्नो स्टार खेलाडीहरुलाई विश्राम दिएको थियो। नेयमार पिएसजी गएपछिको पहिलो खेलमा बार्सिलोना […]

August 5, 2017

च्याम्पियन्स लिग प्लेअफमा लिभरपुल र होफनहाइम भिड्ने

लिभरपुल (एजेन्सी) – गत सिजन इङ्गलिस प्रिमियर लिगको चौथो स्थानमा रहेको लिभरपुलले च्याम्पियन्स लिग प्लेअफको लागि जर्मनीको होफनहाइमलाई  आफ्नो प्रतिद्वन्द्वीको रुपमा पाएको छ। होफनहाइम पनि गत सिजन बुन्डेसलिगाको चौथो स्थानमा रहेको थियो। लिभरपुल यस खेलमा जित हात पार्दै छनोट भएमा यस पटक इङ्गल्याण्डबाट ५ टोलीले च्याम्पियन्स लिगमा सहभागिता जनाउने छन्। यसअघि नै उपाधि विजेता चेल्सी, […]

August 5, 2017

रोनाल्डोद्वारा इङ्गल्याण्ड फर्कन चाहेको खुलासा

म्याड्रिड (एजेन्सी) – स्पेनिस च्याम्पियन रियल म्याड्रिडका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले आफु इङ्गल्याण्ड फर्कने चाहेको मनसाय राखेका छन्। ३२ वर्षीय फरवार्ड रोनाल्डोले साताको सुरुवातमा अदालतमा बयान दिंदा यस्तो खुलासा गरेका हुन्। अहिले कर छलीको आरोप खेपिरहेका रोनाल्डोले इङ्गल्याण्डमा यस्तो समस्या कहिल्यै नआएको र आफुले अब निकट भविष्यमा उतै फर्कने सोच बनाएको बताए। ‘मलाई इङ्गल्याण्डमा रहँदा […]

August 5, 2017

मोनाकोको जितमा बाप्पे घाइते

मोनाको (एजेन्सी) – शुक्रबारदेखि सुरु भएको फ्रेन्च लिगको पहिलो खेलमा साविक विजेता एएस मोनाकोली टुलुजलाई ३-२ले पराजित गरेको छ। खेलमा २ पटक अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा टुलुजले पराजयको सामना गर्नुपर्यो। १८ वर्षे फरवार्ड किलियन बाप्पेले खेलमा आशातित प्रदर्शन गर्न सकेनन र ७५औं मिनेटमा घाइते भएपछि उनलाई प्रशिक्षकले मैदानमा पुन: प्रवेश गराएनन्। बाप्पेलाई घुँडाको चोट […]

August 5, 2017

ला लिगाको गल्तिका कारण नेयमारले पहिलो खेल गुमाउने

पेरिस (एजेन्सी) – पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका ब्राजिलियन फरवार्ड नेयमारले पिएसजीको शनिबार हुने पहिलो लिग खेल गुमाउने भएका छन्। ला लिगाले पठाउनु पर्ने अत्यावश्यक कागजपत्र पठाउन ढिलाई गरेको कारण यस्तो समस्या आएको हो। नेयमारको अन्तर्राष्ट्रिय ट्रान्सफर प्रमाण पत्र (आइटिसी) खेल हुने एक दिन अगावै आउनुपर्ने मा त्यसो नभएकाले उनले अमिएन्स विरुद्ध शनिबार हुने लिग […]

August 4, 2017

यस सिजनको शीर्ष ५ महँगा ट्रान्सफर

एजेन्सी – २०१७/१८को युरोपियन सिजन सुरु हुन अब केहि सातामात्र बाँकी छ। युरोपका क्लबहरु अहिले सिजनको तयारीका लागि प्रि-सिजनका खेल एवं अभ्यास सत्रमा व्यस्त रहेका छन्। नयाँ सिजनका लागि तयारीसँगै क्लबहरुले आफ्नो टोलीलाई बलियो पार्न नयाँ खेलाडीहरुलाई अनुबन्धन गर्ने क्रम पनि जारी छ। केहि क्लबले मोटो रकम तिरेर आफ्नो क्लबमा नयाँ खेलाडी ल्याएका छन् भने […]

Success

Thank you for your time.