default_image

अन्तर्राष्ट्रिय

August 13, 2017

सिटीको विजयी सुरुवात

ब्राइटन (एजेन्सी) – इङ्गलिस प्रिमियर लिग अन्तर्गत प्रिमियर लिगमा यसै सिजन बढुवा भएको ब्राइटन एण्ड होभ आल्बिएनलाई २-०ले पराजित गर्दै म्यानचेस्टर सिटीले लिगमा विजयी सुरुवात गरेको छ। पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि सिटीले दुवै गोल दोश्रो हाफमा गरेको थियो। ब्राइटनको घरेलु मैदान एमेक्स रंगशालामा खेलिएको खेलमा गोलरक्षक म्याट रायनले उत्कृष्ट बचाउ गर्दै टोलीलाई खेलमा जिवितै […]

August 13, 2017

रियल र बार्सिलोनाबीच सुपर कपको पहिलो लेग आज

म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडले आइतबार सुपर कपको पहिलो लेगमा चिर प्रतिद्वन्द्वि बार्सिलोनाको सामना गर्दैछ । आइतबार यी दुई टोलीबीच सिजनको पहिलो ‘एल क्लासिको’ हुँदैछ । सुपर कपको दोस्रो लेग बुधबार हुँनेछ । सन् २०१२ पछि यता पहिलो पटक यी दुई टोली सुपर कपमा भिड्दैछन् । शनिबार रियलले अभ्यास गर्दा क्रिस्टियानो रोनाल्डो पनि सामेल भएका थिए […]

August 12, 2017

रुनीको गोलमा एभर्टनको जित

एभर्टन (एजेन्स)– वायन रुनीले एभर्टन पुनरागमनमा सुखद सुरुआत गरेका छन् । उनका गोलमा इङ्लिस प्रिमियर लिगमा आज एभर्टनले स्टोक सिटीलाई १–० ले हराएको छ । प्रिमियर लिगमा रुनीको त्यो १ सय ९९ औं गोल हो । घरेलु मैदानमा एभर्टनले पहिलो हाफमा मात्र दुईवटा आक्रमण गरेको थियो । तर पहिलो हाफको इन्जुरी समयको पहिलो दोस्रो मिनेटमा […]

August 12, 2017

सिजनको पहिलो खेलमै चेल्सीको हार

लन्डन (एजेन्सी)– साविक विजेता चेल्सीले हारबाट इङ्लिस प्रिमियर लिगको नयाँ सिजनको सुरुआत गरेको छ । ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको चेल्सी घरलु मैदानमा शनिबार बर्नलीसँग ३–२ ले पराजित भएको छ । चेल्सीका कप्तान ग्यारी केहिल १४ औं मिनेटमा । रातो कार्ड खाँदै मैदान बाहिरिएपछि चेल्सी पहिलो हाफमै ३–० ले पछि परेको थियो । […]

August 12, 2017

चेल्सी पहिलो हाफमा ३-० ले पछाडी

लन्डन (एजेन्सी) – इङ्गलिस प्रिमियर लिगको साविक विजेता चेल्सी घरेलु मैदानमा बर्नलीविरुद्ध जारी खेलको पहिलो हाफमा ३-०ले पछाडी रहेको छ। चेल्सीका कप्तान ग्यारी केहिल रातो कार्ड खाँदै मैदान बाहिरीएपछि चेल्सीले पहिलो हाफमै ३ गोल खाएको हो। खेलको १४औं मिनेटमा कप्तना केहिलले बर्नलीका स्टेफन डेफोरलाई बल नहुँदा प्रहार गरेको ट्याकल लागेपछि रेफ्रीले रातो कार्ड देखाएका थिए। […]

August 12, 2017

लिभरपुल र वाटफर्डले अंक बाँडे

वाटफर्ड (एजेन्सी) – इङ्गलिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा लिभरपुल र वाटफर्डले ३-३को बराबरी खेलेका छन्। खेलमा अग्रता लिएपनि लिभरपुलले अन्तिम समयमा गोल खाएको थियो। खेलको आठौं मिनेटमा स्टेफानो ओकाकाले गोल गर्दै घरेलु टोली वाटफर्डलाई खेलमा सुरुवाती अग्रता दिलाएका थिए। उनले जोसे होलेबासको कर्नरमा प्रहार गरेको हेडर गोलरक्षक मिनोलेटले बचाउन खोज्दा असफल रहेका थिए। […]

August 12, 2017

पौलिन्हो बार्सिलोनामा अनुबन्धित

बार्यिलोना (एजेन्सी) – स्पेनिस क्लब बार्सिलोनाले चिनियाँ क्लब ग्वानझाउ एभरग्रान्डबाट ब्राजिलियन मिडफिल्डर पौलिन्होलाई अनुबन्धन गरेको छ। बार्साले ३६.५ मिलियन पाउण्ड खर्चेर पौलिन्होलाई क्लबमा भित्र्याएको हो। सन् २०१५मा इङ्गलिस क्लब टोटेनहम हट्सपरबाट १० मिलियन पाउण्डमा ग्वानझाउ पुगेका पौलिन्होले त्यहाँ रहेर दुई सिजन बिताएका थिए। २९ वर्षीय मिडफिल्डरले इङ्गल्याण्डमा रहेर ६७ खेलमा ११ गोल गरेका थिए। नयाँ […]

August 12, 2017

रुनीलाई इङ्ल्यान्ड टोलीमा पुनरागमनको मौका मिल्न सक्ने

लन्डन (एजेन्सी)– वायन रुनीले इङ्ल्यान्ड टोलीमा फर्कने मौका पाउने सम्भावना देखिएको छ । आउने दिनमा उनले उच्च प्रदर्शन गर्न सके अर्को बर्ष रसियामा आयोजना हुने विश्व कपमा टोलीमा समेटिने सम्भवना रहन सक्छ । टोलीका प्रशिक्षक गारेथ साउथगेटलाई प्रभावित गर्न सके उनको पुनरागमन हुन सक्नेछ । अहिले भने रुनी इङ्ल्यान्ड टोलीमा छैनन् । साउथगेट एभर्टनको बिहीबार […]

August 12, 2017

लिभरपुल छाड्न कौटिन्होको माग

लन्डन (एजेन्सी)– लिभरपुल मिडफिल्डर फिलिप कौटिन्होले सरुवाका लागि क्लबसँग लिखित रुपमा माग गरेका छन्। कौटिन्हो बिक्रीमा नरहेको प्रिमियर लिग क्लबले प्रेस विज्ञप्ती जारी गरेको एक घन्टा पछि नै शुक्रबार उनले क्लबसँग इमेलमार्फत सुरुवाको लागि अनुरोध गरेको स्काइ स्पोर्टसले जनाएको छ। तर क्लबले उनको अनुरोधलाई अस्वीकार गरेको बताइएको छ। ब्राजिलियन मिडफिल्डरका लागि बार्सिलोनाले राखेको एक सय […]

August 12, 2017

आर्सनलको रोमाञ्चक जित : पहिलो खेलमै ७ गोल

लण्डन (एजेन्सी) – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको पहिलो खेलमा आर्सनलले लेस्टरलाई ४-३ले पराजित गरेको छ। २ पटक पछाडी परेको स्थितिलाई उल्टाउँदै आर्सनलले ३ महत्त्वपूर्ण अंक जोडेको हो। एमिरेट्स स्टेडियममा भएको खेलमा सुरुवाती अग्रता घरेलु टोली आर्सनलले लिएको थियो। यसै ट्रान्सफर विन्डोमा क्लब आएका फ्रान्सेली फरवार्ड एलेक्जेन्डर लाकाजेटले दोश्रो मिनेटमा गोल गर्दै अग्रता दिलाएका […]

Success

Thank you for your time.