default_image

अन्तर्राष्ट्रिय

September 7, 2017

बाप्पेले नेयमारलाई बालेन डी’ओर जित्न सघाउने

पेरिस (एजेन्सी)- भर्खर सकिएको ट्रान्सफर सत्रको अन्तिम दिनमा मोनाकोबाट पिएसजी पुगेका बाप्पेले नेयमारलाई बालेन डी‘ओर  जित्न सघाउने इच्छा रहेको बताएका छन् । नेयमार पनि यसै ट्रान्सफर सत्रमा बार्सिलोनाबाट कीर्तिमानी रकममा पीएसजी आएका हुन ।  बुधबार मात्र पिएसजीमा अभ्यास सुरु गरेका बाप्पेले उनको बालेन डी‘ओर को आकांक्षा बारे सोधिएको प्रश्नमा नेयमारलाई उक्त उपाधि जित्न सघाउने इच्छा रहेको बताएका थिए । उनले भने,’ […]

Messi

September 7, 2017

मेस्सीले सेभिल्लासँगको खेल गुमाउन सक्ने

बार्सिलोना (एजेन्सी) – अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीले बार्सिलोनाबाट ला लिगामा नोभेम्बरमा सेभिल्लासँगको खेल गुमाउन सक्ने सम्भावना छ । विश्व कप छनोट चरणको अंक तालिकामा माथि उक्लन नसके अर्जेन्टिनाबाट खेल्नका लागि मेस्सीले बार्सिलोनाको खेल छोड्नु पर्ने हुन सक्नेछ । दक्षिण अमेरिका क्षेत्रबाट अंक तालिकाको शीर्ष चारमा पर्ने स्वतः विश्वकपमा छनोट हुनेछन् । पाँचौं स्थानमा रहेको टोलीले […]

September 7, 2017

फेडेरर युएस ओपनबाट बाहिरिए

न्यूयोर्क (एजेन्सी)- तेस्रो वरियताका स्वीस टेनिस खेलाडी रोजर फेडेरर वर्षको अन्तिम ग्राण्डस्लाम युएस ओपन टेनिसको क्वार्टरफाइनलबाट बाहिरिएका छन् । न्यूयोर्कमा बिहिबार बिहान भएको खेलमा तेस्रो वरियताकबा फेडेरर अर्जेन्टिनी हुवान मार्टिन डेल पोर्टाेसँग ३–१ को सेटमा पराजित हुदै युएस ओपनको क्वार्टरफाइनलबाटै बाहिरिएका हुन् । २४ औं वरियताका मार्टिनले फेडेररलाई पराजित गर्न करिव चार घण्टाको समय खर्चिए […]

Kohli

September 7, 2017

भारतको जितमा कोहलीको अर्को कीर्तिमान

कोलोम्बो (एजेन्सी) – भारतसँग टेस्ट र एक दिवसीय क्रिकेट श्रृखंलामा ‘ह्वाइटवास’ भएको श्रीलंका एक मात्र टि ट्वान्टी क्रिकेटमा पनि ७ विकेटले पराजित भएको छ । भारतको जितमा कप्तान विराट कोहली फेरी एक पटक नायक बनेका छन् । गए राती १ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले ओपनरद्वय रोहित शर्मा र केएल राहुललाई ४२ रनमा गुमाएको […]

September 7, 2017

नेयमार र बाप्पे पहिलो पटक एकसाथ अभ्यासमा

पेरिस (एजेन्सी)– यो सिजन दुई स्टारका लागि मात्र ३ सय ६४ मिलियन पाउन्ड खर्चेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले यसपटक सिजन च्याम्पियन्स लिगमा उच्च प्रदर्शनको अपेक्षा गरेको छ । हालै पिएसजीमा लोनमा आबद्ध भएका किलियन बाप्पे पहिलो पटक बुधबार नेयमारसहित अन्य टोलीसँग अभ्यास गरेका छन् । मोनाकोबाट १ सय ६६ मिलियन पाउन्डमा लोनमा पिएसजीमा आबद्ध […]

messi ronaldo kane

September 6, 2017

रोनाल्डो र मेस्सीको रेकर्डसँग तुलना गर्दै केन

लन्डन (एजेन्सी)– इङ्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटको भनाई मान्ने हो भने इङ्लिस स्ट्राइकर ह्यारी केन आफ्नो गोलको रेकर्ड लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोसँग तुनाला गर्छन् । प्रिमियर लिगमा लगातार २ सिजन गोल्डेन बुट आफ्नु नाममा गरेका टोटेनह्यामका स्ट्राइकर केन राष्ट्रिय टोलीका लागि लयमा छन् ।  उनले इङ्ल्यान्डका लागि २० खेलमा १० गोल गरिसकेका छन् । जस […]

Kohli and Bumrah

September 6, 2017

कोहलीले सचिनको कीर्तिमानसंग बराबरी गरे, बुम्राहको छलाङ

मुम्बई (एजेन्सी) – श्रीलंकाविरुद्धको पाँच एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट श्रृखंलामा उच्च प्रदर्शन गरेका भारतीय कप्तान विराट कोहलीले आफ्नै देशका पूर्व स्टार ब्याट्सम्यान सचिन तेन्दुलकरसँग एक दिवसीय वरियता अंकमा बराबरी गरेका छन् । श्रीलंकाविरुद्ध दुई शतक प्रहार गर्दै १ सय १० को औसत र १ सय ११.८६ को स्ट्राइक रेटमा ३ सय ३० रन बनाएका कोहलीले एक […]

Saudi Arabia

September 6, 2017

साउदी विश्व कपका लागि छनोट

जेदाह (एजेन्सी) – साउदी अरब अर्को वर्ष रुसमा हुने विश्व कपका लागि एसियाबाट छनोट भएको छ । छनोट अन्तर्गत समूह बीमा जापानमाथि १-० को जित हासिल गरेपछि साउदीले दोस्रो स्थानमा रहँदै छनोट चरण अन्त्य गरेपछि विश्व कपमा स्थान पक्का भएको हो । घरेलु मैदानमा भएको खेलमा साउदीले दोस्रो हाफमा फाहद अल मुवल्हदको गोलमा लिएको अग्रतालाई […]

spain

September 6, 2017

विश्वकप छनोटमा स्पेनको एकै खेलमा ८ गोल

भाडुज (एजेन्सी)– विश्व कप छनोट अन्तर्गत समूह ‘जी’को शीर्षस्थानमा रहेको स्पेनले लिचेस्टाइनमाथि ८–० को जित हासिल गरेको छ । स्पेनको ८ खेलमा ७ जित र १ बराबरीसँगै २२ अंक छ । लिचेस्टाइन ८ खेलपछि पनि अंक विहिन छ । अघिल्लो खेलमा इटालीलाई ३–० ले हराएको स्पेनले खेलको १६ मिनेटसम्म ३–० को अग्रता लिएको थियो । […]

Messi

September 6, 2017

अर्जेन्टिनाको भेनेजुएलासँग बराबरी , विश्वकपको आशा जीवितै तर कठिन

ब्युनिस आयर्स (एजेन्सी) – दुई पटकको विश्वकप विजेता अर्जेन्टिना विश्वकप छनोट खेलमा समूहको पुछारमा रहेको भेनेजुएलासँग १-१ को बराबरी खेलेको छ । अर्जेन्टिनाले पटक पटक छनोट हुने सम्भावना बलियो बनाउने अवसर गुमाएपपनि विश्वकपको आशा जीवितै छ । यसअघिको खेलमा उरुग्वेसँग अर्जेन्टिनाले गोल रहित बराबरी खेलेको थियो । खेलको ५१ औँ मिनेटमा जोन मुरिल्लोले घरेलु टोली भेनेजुएलालाई अग्रता दिलाएका […]

Success

Thank you for your time.