default_image

अन्तर्राष्ट्रिय

Messi

October 11, 2017

मेस्सीको ह्याट्रिकसँगै अर्जेन्टिनालाई विश्वकपमा स्थान

इक्वेडर (एजेन्सी) – अर्जेन्टिना तथा बार्सिलोनाका फरवार्ड लियोनल मेस्सीले ह्याट्रिक गरेपछि इक्वेडरलाई ३-१ ले पराजित गरेको अर्जेन्टिनाले रुस विश्व कपमा स्थान पक्का गरेको छ ।  अन्तिम खेलमा अनुकुल नतिजा निकाल्दै अन्य खेलहरु पनि आफ्नो पक्ष्यमा नतिजा आएपछि छनोट चरण तेस्रो स्थानमा अन्त्य गरेको मेस्सीको अर्जेन्टिनी टोलीले विश्वकपमा स्वतः स्थान बनाएको हो । अर्जेन्टिनाले जितसँगै २८ अंक बनायो भने […]

Portugal

October 11, 2017

समूह विजेता बन्दै पोर्चुगल विश्वकपलाई छनोट

लिस्वन (एजेन्सी) – युरोकप विजेता पोर्चुगलले समूह ‘बी’ को विजेता बन्दै अर्काे वर्ष रसियामा आयोजना हुने विश्वकप फुटबलमा स्थान बनाएको छ । युरोपियन छनोटको समूह ‘बी’ छनोटको अन्तिम खेलमा शीर्ष स्थानमा रहेको स्वीट्जरल्याण्डलाई २–० ले पराजित गर्दै पोर्चुगलले समूह विजेताको रुपमा विश्वकपमा स्थान पक्का गरेको हो । पोर्चुगलसँग पराजित भएपनि स्वीट्जरल्याण्डले प्लेअफमा स्थान बनाएको छ […]

Jason

October 10, 2017

अस्ट्रेलियाको जितसँगै शृंखला बराबरी

गुवाहाटी (एजेन्सी) – भारतविरुद्ध दोस्रो टी-२० खेलमा ८ विकेटको जित निकाल्दै अस्ट्रेलियाले तीन खेलको शृंखला बराबरी गरेको छ । अस्ट्रेलियाको जितमा मोइसेस हेनरीक्वेजले अर्धशतक प्रहार गरे भने जेसन बेरेनड्रोफले ४ विकेट लिए । टस जितेर फिल्डिंग रोजेको अस्ट्रेलियाले भारतलाई १ सय १८ रनमा अल आउट गरेको थियो । भारतका शीर्ष क्रमका ब्याट्सम्यान सस्तैमा आउट भएपछि कुलदिप […]

Australia

October 10, 2017

अष्ट्रेलिया विजयी, सिरियाको विश्वकप खेल्ने सपना अधुरो

सिड्नी (एजेन्सी) – युद्धग्रस्त मुलुक सिरियाको अर्काे वर्ष रुसमा आयोजना हुने विश्वकप फुटबल खेल्ने सपना अधुरो रहेको छ ।प्ले अफको दोस्रो लेगमा युद्धग्रस्त राष्ट्र सिरिया अष्ट्रेलियासँग २–१ ले तथा समग्रमा ३–२ को हार बेहोरेपछि सिरियाको पहिलोपटक विश्वकप खेल्ने सपना चक्नाचुर भएको छ । अष्ट्रेलियालाई जिताउन दुवै गोल टिम काहिलले गरे भने ओमार अल सोमाहले सिरियाका लागि […]

Crouch

October 10, 2017

स्टोकका स्ट्राइकर क्राउचको नाम गिनिज बुकमा

लन्डन (एजेन्सी) – स्टोक सिटीक स्ट्राइकर पिटर क्राउचको नाम २०१८ को ‘गिनिज बुक्स अफ वोर्ल्ड रेकर्ड’ मा समावेश हुने भएको छ । प्रिमियर लिगमा किर्तिमान गरेपछि ३६ वर्षीय इङ्लिस स्ट्राइकरको नाम गिनिज बुकमा राखिने भएको हो । लिभरपुल तथा टोटेनह्यामका पूर्व खेलाडी क्राउचले प्रिमियर लिगमा सबै भन्दा धेरै हेडर गोल गरेको किर्तिमान आफ्नो नाममा पारेपछि उनको नाम गिनिज […]

marquinos

October 10, 2017

चिलीविरुद्धको खेलको ब्राजिलको कप्तानी मार्किन्युसले गर्ने

साओपाउलो (एजेन्सी) – अर्काे वर्ष रुसमा आयोजना हुने विश्वकप फुटबलको छनोट चरण अन्र्तगतको दक्षिण अमेरिकी छनोटका अन्तिम खेलहरु बुधबार बिहान हुदैछ । बिश्वकपमा सोझै स्थान बनाइसकेको पाँच पटकको विश्व विजेता ब्राजिलले घरेलु मैदानमा चिलीको सामना गर्दैछ । यस खेलको कप्तानी फ्रेन्च लिग वान क्लब पिएसजीका डिफेन्डर मार्किन्युसले गर्ने भएको छ । ब्राजिलको मुख्य प्रशिक्षकमा टिटे आएपछि […]

Italy

October 10, 2017

इटाली प्लेअफलाई छानियो , विश्वकपमा छानिने सम्भावना कायमै

अल्वानिया (एजेन्सी) – चारपटको विश्व विजेता इटाली अर्काे वर्ष रुसमा हुने रसिया विश्वकपको प्ले अफको लागि छनोट भएको छ । कम्तीमा पनि प्ले अफमा स्थान बनाउन जित्नै पर्ने खेलमा अल्वानियालाई उसैको मैदानमा १–० ले पराजित गरेपछि इटालीले प्ले अफमा स्थान बनाएको हो । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, इटालीले […]

Wales

October 10, 2017

हारसँगै वेल्स विश्वकपमा छनोट हुन असफल

कार्डिफ (एजेन्सी) – वेल्स रसिया विश्वकपमा छनोट हुन असफल भएको छ । विश्वकप छनोट अन्र्तगत युरोपेली छनोटको समूहको ‘डी’ को अन्तिम खेलमा आयरल्याण्डसँग १–० ले पराजित भएसँगै वेल्सको विश्वकप यात्रा टुङ्गिएको हो । विश्वकपमा स्थान बनाउनको लागि जित्नैपर्ने खेलमा घरेलु मैदानमै पराजित भएपछि वेल्स विश्वकपमा स्थान बनाउन असफल भएको हो । वेल्स समूह ‘डी’ मा १७ […]

Salah

October 9, 2017

इजिप्टलाई २८ वर्षपछि विश्व कपमा स्थान

एलेक्सजानड्रिया (एजेन्सी) – लिभरपुलका विङ्गर मोहोम्मद सलाहको दुई गोलको मद्धतले कंगोमाथि २-१ को रोमाञ्चक जित हासिल गर्दै इजिप्टले रुस विश्व कपमा स्थान बनाएको छ । अघिल्लो पटक १९९० को विश्व कपमा सहभागी भएयता इजिप्टले फुटबलको महासंग्राममा भाग लिएको थिएन । इजिप्टलाई विश्व कपमा स्थान बनाउन जित्नै पर्ने हुँदा ९५ औं मिनेटमा पाएको पेनाल्टी मार्फत गोल गर्दै सलाहले जित दिलाएका […]

Poland

October 9, 2017

पोल्याण्डलाई विश्व कपमा स्थान

वार्स (एजेन्सी) – विश्वकप छनोट अन्र्तगत युरोपियन क्षेत्रको छनोटको समूह ‘ई’ को अन्तिम चरणको खेलमा विजयी हुँदै पोल्याण्डले रुस विश्व कपमा सोझै स्थान बनाएको छ ।  समूह ‘ई’ को अन्तिम खेलमा पोल्याण्डले मोन्टेनेग्रोमाथि ४–२ को सहज जित निकाल्यो । पोल्याण्डको वार्सास्थित नेशनल स्टेडियममा आइतबार राति खेलिएको खेलमा घरेलु टोलीलाई जिताउन क्रिजिस्टफ माकज्यान्स्कीले २ रोवर्ट लेवान्डोस्कीले १ गोल गरे । […]

Success

Thank you for your time.