October 13, 2017
दिल्ली (एजेन्सी) – भारतीय भेट्रान क्रिकेटर आशिष नेहेराले नोभेम्वरमा न्युजिल्याण्डसँगको पहिलो टी–२० खेलपछि सबै खाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने भएका छन् । चोटसँग लामो समय जुधका ३८ वर्षीय बायाँ हाते फास्ट बलर नेहेराले न्युजिल्याण्डसँगको पहिलो टि–२० प्रतियोगितासँगै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने भएका हुन् । भारतले नोभेम्वरमा न्युजिल्यान्डसँग तीन एकदिवसीय र ३ खेलको टि–ट्वान्टी सिरिज खेल्नेछन् […]
October 13, 2017
काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङ विरुद्धको पहिलो खेलमा टस जितेर फिल्डिंग रोजेको नेपाली टोलीले १ सय ९५ रनको लक्ष्य पाएको छ । इनिङ्सको अन्तिम बलमा सबै विकेट गुमाएको हङकङले १ सय ९४ रन जोडेको हो । लक्ष्य पछ्याउन सुरु गर्दै नेपाल तस्बिर: सुशिल आचार्य
October 13, 2017
काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङ विरुद्धको पहिलो खेलमा टस जितेर फिल्डिंग रोजेको नेपाली टोलीले १ सय ९५ रनको लक्ष्य पाएको छ । इनिङ्सको अन्तिम बलमा सबै विकेट गुमाएको हङकङले १ सय ९४ रन जोडेको हो । ओपनर जेमी एटकिन्सनले हङकङका लागि सर्वाधिक ७६ रन बनाएका थिए । उनले १ सय १७ बलको सामना गर्दै ९ […]
October 12, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली टोलीका महत्वपूर्ण ब्याट्सम्यान शरद भेषावकरले विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङ विरुद्ध शुक्रबार र आइतबारका दुवै खेल गुमाउने पक्का भएको छ । अस्वस्थताका कारण शरदले खेल गुमाउने जानकारी नेपाली क्रिकेट टोलीका टेक्निकल एनेलिस्ट रमण शिवाकोटीले जानकारी दिएका छन् । यसअघिको इकान्तिपुरको जानकारी अनुसार शरदलाई अत्याधिक ज्वरो आएको छ । हाल हङकङमा अन्य टोलीका सदस्यसँगै रहेका शरदलाई १ सय १ […]
October 12, 2017
मस्को (एजेन्सी) – अर्को वर्ष रुसमा हुने विश्वकपमा अहिलेसम्म आयोजक रुसबाहेक २२ राष्ट्रले स्थान बनाइसकेका छन् । २०९ राष्ट्रले भाग लिएको छनोटमा २२ राष्ट्रले स्थान बनाइसक्दा अझ ९ स्थान पक्का हुन् बाँकी छ । अहिलेसम्म स्थान बनाएका देशहरु यस प्रकार छन् । यूरोप : रुस , इङ्ल्यान्ड, बेल्जियम , जर्मनी , स्पेन , पोल्याण्ड , सर्बिया , […]
October 11, 2017
स्पेन (एजेन्सी) –इङ्लिस क्लब म्यानचेष्टर सिटीले स्पेनिस क्लब बार्सिलोना तथा अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेस्सीलाई क्लबमा अनुबन्ध गर्न मोटो रकम खर्चन तयार भएको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् । बार्सिलोनामा मेस्सीको सम्झौता यसै सिजनमा सकिदैछ । क्लबले मेस्सी सन् २०२१ सम्म बार्सिलोनामा बस्ने बताइरहँदा मेस्सीले भने नयाँ सम्झौतामा हस्ताक्षर गरेका छैनन् । म्याड्रिडको ‘एस पत्रिका’का अनुसार सिटीले […]
October 11, 2017
काठमाडौ (हाम्रोखेलकुद)- आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको छैटौं चरण अन्तर्गत हङकङविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय टोली आज हङकङ पुगेको छ। टोली हङकङको स्थानीय समय बिहानको ६:३० बजे अवतरण गरेको थियो। नेपालले छैठौ चरणको खेल अन्तर्गतहङकङसँग आगामी शुक्रबार र आइतबार प्रतिस्पर्धा गर्दैछ च्याम्पियनसिपमा नेपाल छैटौ स्थानमा रहेको छ । नेपालले १० खेलबाट ४ खेलमा जित र ६ खेलमा पराजित हुदै ८ अंक जोडेको छ । नेपाल अन्तिम ४ मा पर्दै विश्वकप छनोटमा स्थान बनाउनका लागि हङकङलाई दुवै खेलमा पराजित गर्नैपर्ने हुन्छ । त्यसपछि नेपालले हङकङपछि आफ्नो अन्तिम खेल युएईलाई समेत हराउनुपर्ने हुन्छ । च्याम्पियनसिपमा हङकङ पाँचौ स्थानमा रहेको छ । हङकङको १० खेलबाट ११ अंक रहेको छ । च्याम्पियनसिपको शीर्ष स्थानमा नेदरल्याण्ड, दोस्रोमा पपुवा न्युगिनी र तेस्रो स्थानमा स्कटल्याण्ड र चौथोमा केन्या रहेका छन् हङकङसँगको खेलको लागि नेपाली टिमले भारतको चेन्नईमा अन्तिम तयारी गरेको थियो । हङकङसँगको खेलका लागि कप्तान पारस खड्कासँगै उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, बसन्त रेग्मी, सागरपुन, विनोद भण्डारी, करण केसी र सोमपाल कामी रहेका छन् त्यस्तै शुशिल कंडेल, कुशल भुर्तेल, सुसन भारी, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी र सन्दिप लामिछाने पनि टोलीमा अटाएका छन् । नेपाली टोलीको वैकल्पिकमा कुशल भुर्तेल, नरेश बुढाएर, जितेन्द्र मुखिया र महेबुब आलम टिममा रहेका छन् ।
October 11, 2017
आर्मस्टडम (एजेन्सी) – डच फुटबलका आइकन खेलाडी आर्जेन रोबेनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । सन्यासको घोषणा सँगै विङ्गर रोवेनले सन्यासको यो उपयुक्त समय रहेको बताएका छन् । ‘यो सन्यास लिने उपयुक्त समय हो । मलाई थाहा थियो यो मेरो अन्तिम खेल हो तर, यो त्यति सहज थिएन ।’ सन्यासपछि रावेनले भने, ‘नयाँ पुस्तालाई हस्तान्तरण […]
October 11, 2017
पेरिस (एजेन्सी) – विश्वकप छनोट अन्र्तगतको युरोपियन छनोटको अन्तिम खेलमा फ्रान्स विजयी भएको छ । युरोेपियन छनोट अन्र्तगतको समूह ‘ए’ बाट यसअघि नै विश्वकपमा स्थान बनाइसकेको फ्रान्सले बेलारुसलाई २–१ ले पराजित गरेको हो । तीनै गोल पहिलो हाफमा सम्भव भएको थियो । घरेलु टोलीलाई जिताउन एन्टेनियो ग्रिजम्यान र ओलिभर जिरउडले गोल गरे । पराजित टिमका लागि […]
October 11, 2017
साओपाउलो (एजेन्सी) – विश्व कप छनोट अन्तर्गत अन्तिम खेलमा ब्राजिलसँग ३-० ले पराजित चिलीको सम्भावना रोकिएको छ । लगातार दुई पटकको कोपा अमेरिका विजेता चिलीले रुस विश्व कपमा स्थान पाएन । ब्राजिलसँग ३-० ले पराजित चिलीले पेरुसँग गोलअन्तरमा पछि परेपछि प्ले अफको मौका गुमाएको छ । शिर्ष स्थानको ब्राजिल , दोस्रो स्थानको उरुग्वे , तेस्रो स्थानको […]