default_image

अन्तर्राष्ट्रिय

October 31, 2017

बार्सिलोना च्याम्पियन्स लिगमा ओलम्पियाकोससँग भिड्दै

पिराएस (एजेन्सी) – च्याम्पियन्स लिगको समूह ‘डि’ अन्तर्गत आज स्पेनिश क्लब बार्सिलोना ग्रीसको ओलम्पियाकोसको सामना गर्दै छ । ओलम्पियाकोसको घरेलु मैदानमा खेलिने यस खेल नेपाली समय अनुसार रातिको १.३० बजे सुरु हुने छ । च्याम्पियन्स लिगमा ओलम्पिकोसविरुद्ध अघिल्लो खेलमा रातो कार्ड पाएका डिफेन्डर जेरार्ड पिके यस खेलमा प्रतिबन्धित छन् । जाभियर मासेरानो अस्वस्थ छन् भने […]

Ronaldo

October 31, 2017

रोनाल्डोलाई लक्षित गर्दै आईएसको अर्को चेतावनीपूर्ण संदेश

लन्डन (एजेन्सी) – विश्वकप फुटबललाई लक्षित गर्दै एक पछि अर्को चेतावनीपूर्ण संदेश सार्वजनिक गर्दै आएको आतङ्ककारी समूह इस्लामिक स्टेट (आईएस) ले यसपटक पोर्चुगेली स्टार क्रिस्टियानो रोनाल्डोको तस्विर सार्वजनिक गरेको छ । यसघि मेस्सी र नेयमारलाई लक्षित गरेर चेतावनी दिएको आईएसले यसपटक रोनाल्डोको फोटो सार्वजनिक गरेको हो । रुस विश्वकपलाई खल्बल्याउने लक्ष्यका साथ यो तस्बिर सार्वजनिक गरिएको […]

October 31, 2017

च्याम्पियन्स लिगमा पिएसजी एन्डरलेक्टको सामना गर्दै

पेरिस (एजेन्सी) – च्याम्पियन्स समूह ‘बि’ अन्तर्गत आज फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) बेल्जियमको एन्डरलेक्टसँग भिड्दै छ । पिएसजीको घरेलु मैदानमा खेलिने यस खेल आज राति १.३० बजे सुरु हुने छ । घरेलु लिगमा निसविरुद्ध प्रतिबन्धमा परेका नेयमार पिएसजीका लागि टोलीमा फर्कँदै छन् । उनले मार्सेविरुद्ध दोहोरो पहेंलो कार्ड पाएकाले एक खेल गुमाउनु परेको […]

October 30, 2017

नेयमार पुनरागमनको तयारीमा

पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लिग १ मा शुक्रबार नेयमारलाई ‘मिस’ गर्नु परेन । पिएसजीले निसलाई ३–० ले हराएपछि विश्वका सबै भन्दा महंगा खेलाडीको अभाव महसुस गर्नु नपरेको हो । उनी त्यो खेलमा प्रतिबन्धमा थिए । ब्राजिलियन स्ट्राइकर अब फेरि मैदान फर्कने तयारीमा छन् । च्याम्पियन्स लिगमा पिएसजीले मंगलबार बेल्जियन टोली एन्डरलेकको सामना […]

sad footballer keeper

October 30, 2017

स्कटल्यान्डको लिग २ मा अनौठो पेनाल्टी [भिडियो ]

फिफे , स्कटल्यान्ड (एजेन्सी)– स्कटल्यान्डको लिग २ मा काउडेनबेथका फरवार्ड जोर्डन गार्डेनले विचित्र रुपमा विपक्षीलाई पेनाल्टी हान्ने मौका दिएका थिए । बर्विक रेन्जर्ससँग १–० ले पराजित पराजयमा गार्डेनले अनौठो रुपमा हेड मार्फत डिफेन्ड गर्ने क्रममा विपक्षी खेलाडीलाई फल गरेका थिए । शनिबारको खेलमा मैदानमा रहेको बललाई लडेर हेड मार्फत ट्याकल गर्ने प्रयास गरेपछि गार्डेन विरुद्ध […]

default_image

October 30, 2017

‘डि मारिया अझै बढी खेल्न पाउन योग्य’– कप्तान सिल्भा

पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मन (पिएसजी) का कप्तान थिएगो सिल्भाले अर्जेन्टिनी स्टार एन्जल डि मारिया क्लबबाट अझै बढी खेल्न पाउन योग्य रहेको बताएका छन् । रियल म्याड्रिडका पूर्व स्टारले शुक्रबार लिग वानमा नेयमारको उपस्थिति विनाको खेलमा उच्च प्रदर्शन गरेको थियो । उक्त खेल पिएसजीले ३–० ले जितेको थियो । लिग वानको आधिकारिक वेभसाइटसँगको कुराकानीमा सिल्भाले […]

messi-neymar

October 30, 2017

नेयमार र मेस्सीलाई ज्यानको धम्की

लन्डन (एजेन्सी) – कुख्यात आतङ्ककारी समूह इस्लामिक स्टेट (आईएस) ले २०१८ को फुटबल विश्वकपलाई लक्षित बनाई विश्वप्रसिद्ध फुटबल स्टार लियोनल मेस्सी र नेयमारको खल्बल्याउने तस्बिर सार्वजनिक गरेको छ । प्रतियोगिताको सुरक्षासम्बन्धि प्रश्न उठिरहँदा सो तस्बिर सार्वजनिक भएको हो । सार्वजनिक गरिएको यस तस्बिरमा मेस्सी टाउको काटिएको र आईएसको झन्डा छेऊमा लडिरहेको देखाइएको छ भने नेयमार रुँदै घुंडामा […]

Neymar Cavani

October 30, 2017

अबको पेनाल्टी नेयमारले नै हान्ने छन् -सिल्भा

पेरिस (एजेन्सी)– फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) को अबको पेनाल्टी एडिन्सन काभानीले नभएर ब्राजिलियन स्टार नेयमारले प्रहार गर्ने टोलीका कप्तान थिएगो सिल्भाले बताएका छन् । सेप्टेम्बरमा लियोनसँगको खेलमा प्राप्त पेनाल्टी कसले प्रहार गर्ने भन्ने विषयमा दुई दक्षिण अमेरिकी खेलाडी विवाद भएको थियो । विवादकाबीच त्यो पेनाल्टी काभानीले प्रहार गरे, तर त्यो गोल हुन सकेन […]

October 29, 2017

जिरोनासँग रियल म्याड्रिड स्तब्ध

जिरोना (एजेन्सी) – स्पेनिश ला लिगामा साविक विजेता रियल म्याड्रिड जिरोनासँग २-१ ले पराजित भएको छ । १-० ले पछि परेको अवस्थालाई उल्ट्याउँदै जिरोनाले सो जित दर्ता गरेको हो । रियल म्याड्रिडले खेलमा राम्रो सुरुवात गर्दै बाह्रौँ मिनेटमा अग्रता लिन सफल भएको थियो । क्रिस्टियानो रोनाल्डोको प्रहार रिबाउन्डमा आएपछि सो अवसरको सदुपयोग गर्दै इस्कोले रियललाई […]

October 29, 2017

मिलरले टि ट्वान्टीमा सबैभन्दा छिटो शतक बनाउने कीर्तिमान रचे

पाचेस्ट्रुम/दक्षिण अफ्रिका (एजेन्सी)– दक्षिण अफ्रिकी मध्यक्रमका ब्याट्सम्यान डेभिड मिलरले आइतबार टि ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो ३५ बलमा शतक बनाउँदै कीर्तिमान राचेका छन् । बंगलादेशमाथि ८३ रनले खेल जितेसँगै दक्षिण अफ्रिकाले दुई टि ट्वान्टी २–० ले जितेको छ । बंगलादेशविरुद्धको दोस्रो तथा अन्तिम टि ट्वान्टीमा पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४ विकेटको क्षतिमा २ सय […]

Success

Thank you for your time.