default_image

अन्तर्राष्ट्रिय

January 27, 2018

नेयमारको रियल जाने रहरमा पीएसजीको एक शर्त

पेरिस (एजेन्सी) – ब्राजिलका स्टार फरवार्ड नेयमार यसै सिजनमात्र बार्सिलोना छाडेर पेरिस सेन्ट जर्मेन (पीएसजी) पुगेका हुन् । तर, विभिन्न स्रोतका अनुसार उनी त्यहाँ खुसी देखिएका छैनन् ‌। नेयमार सान्तोस हुँदा स्पेनका दुवै ठूला क्लब रियल म्याड्रिड र बार्सिलोनाले उनलाई पछ्याएका थिए । त्यस समय बार्सिलोना रोजेका नेयमारले क्लबमा रहेर थुप्रै उपाधि दिलाउन महत्वपूर्ण भूमिका […]

January 27, 2018

म्यानचेस्टर युनाइटेडको सहज जित

म्यानचेस्टर (एजेन्सी)- इंग्लिस एफए कप अन्तर्गत शुक्रबार म्यानचेस्टर युनाइटेडले योभिल टाउनलाई सहजै पराजित गरेको छ । तल्लो श्रेणीको क्लब योभिलको घरेलु मैदानमा युनाइटेड ४-० ले विजयी रह्यो । खेलको ४१ अौं मिनेटमा मार्कस रासफर्डको गोलमा अग्रता लिएको युनाइटेडले दोस्रो हाफमा तीन गोल थप्यो । अार्सनलबाट म्यानचेस्टर युनाइटेड अाएका एलेक्सीस स्यान्चेजले डेब्यु गरेको खेलमा असिस्ट पनि […]

January 27, 2018

च्याम्पियन्स लिग जित्न सके राहत मिल्ने रोनाल्डोको भनाई

म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोले लगातार तेस्रो पटक च्याम्पियन्स लिग जित्न सके कमजोर प्रदर्शन गरिरहेको टोलीलाई राहत हुने बताएका छन् । गत वर्ष ला लिगा र च्याम्पियन्स लिग जितेको रियलको नयाँ सिजनको प्रदर्शन भने निकै कमजोर रहेको छ । २० खेलको समाप्तीमा शीर्षस्थानको बार्सिलोना भन्दा रियल १९ अंकले पछाडि छ । रियल लेगानेससँग […]

January 26, 2018

अाइपिएल अक्सन भोलीदेखी, नेपाली समर्थकको नजर सन्दिपतिर

काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेटमा बेग्लै परिचय बनाउन सफल इन्डियन प्रिमियर लिग (आईपीएल) को भोलिको अक्सनमा यसपटक नेपाली क्रिकेट प्रेमिहरुको बेग्लै चासो रहने छ । कारण यसपटक अक्सनमा राष्ट्रिय क्रिकेट टोलीका युवा बलर सन्दिप लामिछाने पनि परेका छन् । भारतका आठ फ्रेन्चाइजले सहभागिता जनाउने यस ट्वान्टी-२० लिगमा सहभागिता जनाउन विश्वका उत्कृष्ट खेलाडीहरुको चाहना हुन्छ […]

January 26, 2018

कोपा डेल रेको सेमिफाइनल ड्र शुक्रबार

म्याड्रिड (एजेन्सी) – स्पेनिस कोपा डेल रेको सेमिफाइनल चरणको ड्र शुक्रबार हुने भएको छ । सेमिफाइनल पुगेका चारै टोलीको टुंगो लागिसकेको छ । सेमिफाइनलमा बार्सिलोना, लेगानेस, सेभिल्ला र भ्यालेन्सिया पुगेका छन् । रियल म्याड्रिड लेगानेससँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । एट्लेटिको म्याड्रिडलाई भने सेभिल्लाले हराएको हो । भ्यालेन्सियाले अलाभेसलाई हराउन पेनाल्टी को साथ लिनुपरेको […]

January 26, 2018

बार्सिलोनाबाट कौटिन्होको डेब्यु

बार्सिलोना (एजेन्सी) – लिभरपुलबाट यसै ट्रान्सफर विन्डोमा बार्सिलोना पुगेका स्टार मिडफिल्डर फिलिप कौटिन्होले नयाँ क्लबबाट डेब्यु गरेका छन् ।   बिहीबार एस्पान्योलसँग २-० को जित रच्दा कौटिन्हो दोस्रो हाफमा अान्द्रेस इनिएस्टाको स्थानमा मैदान प्रवेश गरेका थिए । ६८ हौं मिनेटमा मैदान पुगेका कौटिन्होले पहिलो टच लियोनेल मेसीको पासमा लिएका थिए । त्यसपछि केही समयमै उनलाई […]

January 26, 2018

इस्पानियोलविरुद्ध जितसँगै बार्सिलोना सेमिफाइनलमा

बार्सिलोना (एजेन्सी) – गए राति स्पेनिस कपको सेमिफाइनलमा बार्सिलोनाले इस्पानियोललाई २-० ले हराएको छ । बार्सिलोनाको जितमा लियोनल मेस्सी र लुइस स्वारेजले गोल गरे भने नव खेलाडि फिलिप कौटिन्होले बार्सिलोनाको जर्सीमा आफ्नो पहिलो खेल पनि खेले ।   बार्सिलोनाले खेलको सुरुवाततिरै दुई गोल गर्न सफल भएको थियो । खेलको नवौं मिनेटमा स्वारेजले टोलीलाई अग्रता दिलाएका […]

January 25, 2018

कोहलीलाई पछि पार्दै क्षेत्रीले जिते मोस्ट स्टाइलिस अवार्ड

मुम्बई (एजेन्सी)– भारतीय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले इन्डियन मोस्ट स्टाइलिस स्पोर्टस अवार्ड जितेका छन् । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीलाई पछि पार्दै सुनिलले हिन्दुस्तान टाइम्स मोस्ट स्टाइलिस अवार्ड २०१८ जितेका हुन् । बेंगालुरुका स्टार सुनिल सन् २०१७ भर मैदान भित्र र बाहिर छाइरहे । उनको प्रेरणदायी प्रदर्शनबाट भारतीय फुटबल टोली झन्डै दुई दशक […]

January 25, 2018

कौटिन्होले बार्सिलोनाबाट १४ नम्बर जर्सी लगाउने

बार्सिलोना (एजेन्सी)– फिलिप कौटिन्होले नयाँ क्लब बार्सिलोनामा १४ नम्बरको जर्सी लगाउने निश्चित भएको छ । हालै लिभरपुलबाट १ सय ४५ मिलियन पाउन्डमा बार्सिलोना पुगेका कौटिन्होले पूर्व स्टार जोर्डी क्रुफ र थेएरी हेनरीले लगाउने जर्सी नम्बर प्रयोग गर्ने भएका छन् । पछिल्लो समयमा भने १४ नम्बरको जर्सी जाभियर मासेरानोले लगाउँदै आएका थिए । मसेरानोले क्लब छाडेपछि […]

January 25, 2018

सिटी र आर्सनल लिग कपको फाइनलमा

लण्डन (एजेन्सी) – इङ्ग्लिस लिग कप (काराबाओ कप) मा आर्सनलले चेल्सीलाई सेमिफाइनलको दोस्रो लेगमा २-१ ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ । पहिलो लेगमा आर्सनलले चेल्सीलाई उसको घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा गोलरहित बराबरीमा रोकेको थियो । गए रातिको २-१ को जितसँगै आर्सनलले एग्रिगेटमा २-१ को जित हांसिल गर्दै फाइनल प्रवेश गरेको हो । […]

Success

Thank you for your time.