default_image

अन्तर्राष्ट्रिय

October 19, 2024

ग्वेंगाम्पको पहिलो जितमा साम्बाको गोल

काठमाडौं (हाम्रो खेलकुद )- सावित्रा भण्डारी साम्बा सम्मिलित एन अभान्ट ग्वेंगाम्पले फ्रान्सेली लिगमा सिजनको पहिलो जित हासिल गरेको छ। सिजनको आफ्नो पाँचौं खेलमा पहिलो जित हासिल गर्ने क्रममा श‌निवार ग्वेंगाम्पले स्ट्रासबर्गलाई ३-२ ले हराएको छ। साम्बाको गोलबाट ५८ औं मिनेटमा ग्वेंगाम्पलेले खेलमा अग्रता लिएको थियो। ६३ औं मिनेटमा लोरेना अजारोले पेनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा […]

October 19, 2024

एक खेलअघि नै सिरिज जित्ने लक्ष्यमा नेपाल

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल अमेरिकाविरुद्धको टि ट्वान्टी आई सिरिज एक खेल अगावै आफ्नो पक्षमा पार्ने लक्ष्यका साथ घरेलु टोलीविरुद्ध मैदान उत्रदै छ । अमेरिकाको डालसमा रहेको ग्रान्ड प्रेरी स्टेडिममा हुने दोस्रो खेल नेपाली समय अनुसार आइतवार बिहान ५ः४५ बजे सुरु हुनेछ । जितको लयलाई निरन्तरता दिदै सिरिज एक खेल अगावै जित्ने लक्ष्यमा नेपाल रहनेछ । […]

October 18, 2024

हिरा र दीपा चोटग्रस्त, बाँकी खेल गुमाउने संभावना

काठमाडौं (हाम्रो खेलकुद)- पाँच पटकको उपविजेता रहिसकेको नेपालका लागि साफ च्याम्पियनसिपको यस पटकको सुरुवात सुखद हुन सकेन। साफ इतिहासमा नै नेपालले पहिलो पटक बराबरी नतिजाको सामना गर्नुपर्यो। पहिलो पटक भुटानले नेपाललाई बराबरीमा रोक्यो। बराबरीको पीडासँगै नेपालका दुई महत्वपूर्ण खेलाडी हिरा कुमारी भुजेल र दीपा शाही चोटग्रस्त हुन पुगे। उनीहरूले साफको बाँकी खेल गुमाउने संभावना उच्च […]

October 17, 2024

साफ च्याम्पियनसिप – भारत र पाकिस्तान खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – महिला साफ च्याम्पियनसिप फुटबलको सातौं संस्करण आज सुरु हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साफ च्याम्पियनसिपको सर्वाधिक सफल टोली भारतले पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात हुनेछ। खेल साँझ ५ः३० बजे सुरु हुनेछ। सन् २०१० देखि सुरु भएको साफ च्याम्पियनसिपको ६ संस्करणमा ५ पटक विजेता बनेको‌ थियो। दुई वर्षअघि नेपालमा भएको पछिल्लो संस्करणमा भने भारत […]

October 16, 2024

साफ च्याम्पियनसिप – टिकट विक्रीको १६ लाख नेपाली टोलीलाई दिने घोषणा

काठमाडौं (हाम्रो खेलकुद)-  अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ महिला च्याम्पियनसिपको टिकट विक्रीको २० प्रतिशत रकम राष्ट्रिय महिला फुटबल टोलीलाई दिने घोषणा गरेको‌ छ। साफ सुरु हुनुअघि नै महिला टोलीले १६ लाख रुपैयाँ पाउने पक्का भएको हो। ८० लाख रुपैयाँमा एन्फाले माउन्टेन एभरेष्ट स्पोर्टस एन्ड इभेन्टस प्रालिलाई टिकट विक्रीको जिम्मेवारी दिनेको सम्झौता गरिसकेकोले टोलीले […]

October 16, 2024

दुई साताको तयारीमा साफ च्याम्पियनसिप खेल्न तयार नेपाली टोली

सरिता श्रेष्ठ, काठमाडौं साफ वुमन्स च्याम्पियनसिपमा आयोजक नेपाल यो पटक पनि दाबेदार‌ मध्ये एक टोली हो। दाबेदार हुँदाहुँदै पनि फाइनल खेल जित्न नसक्ने नेपाली टोलीको छवि बनेको। यसअघिका ६ संस्करणमा नेपालले एउटामा बाहेक सबै फाइनल खेलेको छ। बिडम्बना पाँचै पटक फाइनलमा हारेको तितो अनुभव नेपालसँग छ। त्यसो त ६ मध्ये ५ पटक फाइनलमा पुग्नु पनि […]

October 14, 2024

साफ च्याम्पियनसिपका लागि माल्दिभ्स टोली आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता सुरु हुने महिला साफ च्याम्पियनसिपमा भाग लिन माल्दिभ्स टोली सोमवार नेपाल‌ आइपुगेको छ। साफमा भाग लिन आइपुग्ने माल्दिभ्स दोस्रो टोली हो । पाकिस्तानी टोली आइतवार बिहान काठमाडौं आइपुगेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) प्रवक्ता सुरेश शाहलगायतले पाकिस्तानी टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। भारत, बंगालादेश र श्रीलंकाको […]

October 13, 2024

नेपाली युवा भलिबल टोली स्वदेश फर्कियो

काठमाडौं(हाम्रो खेलकुद) – श्रीलंकामा भएको काभा यु २० भलिबल च्याम्पियनसिपमा दोस्रो भएको नेपाली युवा टोली आइतवार स्वदेश फर्केको छ। नेपाल भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्द, महासचिव रोशन श्रेष्ठलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टोलीको स्वागत गरेका थिए। कोलम्बोमा शनिवार भएको च्याम्पियनसिप फाइनलमा उज्वेकिस्तानसँग पराजित हुँदै नेपाल दोस्रो भएको हो ।पहिलो सेट जितेको नेपाली टोलीले त्यसपछिका सेटमा कमजोर […]

October 13, 2024

बंगलादेशविरुद्धको टि ट्वान्टीमा पनि भारतको ‘क्लिन स्विप’

एजेन्सी – भारतले बंगलादेशविरुद्धको टि ट्वान्टीमा क्लिन स्विप गरेको छ। हैदरावादमा शनिवार भएको तेस्रो तथा अन्तिम टि ट्वान्टीमा भारतले बंगलादेशलाई १ सय ३३ रनले पराजित गर्याे । २ सय ९८ रनको लक्ष्य पछ्याएको बंगलोदशले ७ विकेट गुमाएर १ सय ६४ रन मात्रै बनायो । टोहिद ह्रिदोयले सर्वाधिक ६३ र लिटन दासले ४२ रन बनाए । […]

October 13, 2024

पाकिस्तानी फुटबल टोली आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता सुरु हुने महिला साफ च्याम्पियनसिपमा भाग लिन पाकिस्तानी टोली आइतवार बिहान काठमाडौं आइपुगेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का सह महासचिव अरुणमान जोशी, प्रवक्ता सुरेश शाहलगायतले पाकिस्तानी टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। दक्षिण एसियालीका ७ राष्ट्रका महिला टोलीको सहभागिता रहने साफ च्याम्पियनसिप बिहीवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा […]

Success

Thank you for your time.