default_image

अन्तर्राष्ट्रिय

May 9, 2018

‘युनाइटेडलाई कप्तानीको गर्दा गर्व लागेको छ’– पोग्बा

म्यानचेष्टर (एजेन्सी)– म्याचेस्टर युनाइटेडका मिडफिल्डर पोउल पोग्बाले केहि खेलमा कप्तानको आर्मब्यान्ड लाउन पाउँदा गर्व लागेको बताएका छन् । ‘कप्तानको आर्मब्यान्ड लगाउन पाउँदा गर्व महसुस गरे । त्यस्तै क्लबको जर्सी र ओल्र्ड ट्राफोर्डमा खेल्न पाउँदा त्यस्तै अनुभव हुन्छ,’ पोग्बाले भने, ‘म यहाँ एकेडेमीमा आएको थिए । युनाइटेडको पहिलो रोजाइको टोलीबाट खेल्ने सपना थियो । त्यो पुरा […]

May 9, 2018

पिएसजी कप्तानले पराजित टोलीका कप्तानलाई उपाधि उचाल्न निम्त्याए

पेरिस (एजेन्सी) – फ्रान्स फुटबल लिगको तेस्रो डिभिजन क्लब लेस हर्बियर्सलाई २-० ले पराजित गर्दै पेरिस सेन्ट जर्मेन (पिएसजी) ले मंगलबार फ्रेन्च कपको उपाधि उचाल्यो । यसक्रममा उपाधि उचाल्ने बेलामा पिएसजीका कप्तान थियागो सिल्भाले विपक्षी कप्तानलाई पनि उपाधि उचाल्ने निम्तो दिए । स्टार फरवार्ड नेयमारको अनुपस्थितिमा उत्रिएको फ्रान्सेली लिग च्याम्पियन टोलीले पुरै समय खेल अाफ्नो […]

May 9, 2018

रोनाल्डोले बार्सिलोनाविरुद्धको खेलमा किन खुसियाली मनाएनन् ?

म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका सुपर स्टार क्रिस्टियानो रोनाल्डोले यहि साता बार्सिलोनाविरुद्धको एल क्लासिकोमा महत्वपूर्ण गोल गरेपनि त्यसमा उनले खुसीयाली मनाएनन् । २–२ को बराबरीमा सकिएको खेलमा रोनाल्डोले बार्सिलोनाविरुद्ध पहिलो गोल गरेका थिए । उनले गोलको खुसियाली नमनाउँदा धेरैले आश्चार्य पनि मानेका थिए । बार्सिलोनाका रक्षक जेरार्ड पिकेले पटक पटक ट्याकल गर्दा चोटग्रस्त बनेका रोनाल्डोले त्यहि […]

May 9, 2018

पिएसजी लगातार चौथोपटक फ्रेन्च कप च्याम्पियन

पेरिस (एजेन्सी)– फ्रेन्च लिग वान उपाधि जितिसकेको पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च कप फुटबलमा लगातार चौथोपटक च्याम्पियन बनेको छ । मंगलबार राति भएको फाइनलमा तेस्रो डिभिजनको लेस हेर्बीएर्सलाई २–० ले पराजित गर्दै पिएसजीले सिजनको दोस्रो उपाधि जितेको हो । पिएसजी सन् २०१५ देखि फ्रेन्च कपमा लगातार च्याम्पियन बनिरहेको छ । पिएसजीले फ्रेन्च कप जितेको यो […]

May 8, 2018

आइपिएलमा पञ्जाबमाथि राजस्थानको जित

जयपुर (एजेन्सी)– राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा मंगलबार तेस्रो स्थानको किङ्स ११ पञ्जाबलाई १५ रनले हराएको छ । जितसँगै राजस्थान अंकतालिकाको पुछारबाट छैटौं स्थानमा उक्लेको छ । राजस्थानको ८ अंक पुगेको छ भने पञ्जाबको १२ अंक छ । शीर्षस्थानको सनराइजर्स हैदराबादको १६ र दोस्रो स्थानको चेन्नई सुपर किङ्सको १४ अंक छ । १ […]

May 8, 2018

‘रोनाल्डो हुँदा असम्भव केहि छैन’ – माउरिन्हो

म्यानेचस्टर (एजेन्सी)– म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोसे माउरिन्होले क्रिस्टियानो रोनाल्डो भएको टोलीका लागि असंम्भव भन्ने केहि नरहेको बताएका छन् । विश्व कप जित्ने पोर्चुगलको सम्भावनाका विषयमा बोल्दै उनले रोनाल्डो सम्मिलित टोलीबाट जेपनि सम्भव भएको बताएका छन् । आफ्नो देशका राष्ट्रिय टोलीलाई कहिल्यै प्रशिक्षण नदिएका माउरिन्होको नजरमा ब्राजिल र स्पेन विश्व कपका सबैभन्दा मुख्य दाबेदार हुन् । […]

May 8, 2018

बार्सिलोनाका अध्यक्ष र ग्रिज्मनको एजेन्टबीच भेटघाट

बार्सिलोना (एजेन्सी) – बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले यसै सिजन एटलेटिको म्याड्रिडका फरवार्ड एन्टोइन ग्रिज्मनको एजेन्टलाई भेटेको स्वीकारेका छन् । यद्यपी उनले ग्रिज्मनको बार्सिलोनामा भविष्य रहेको वा नरहेको बारे केहि खुलाउन चाहेनन् । यहि जनवरीमा बार्सिलोनाले २७ वर्षीय फ्रान्सेली फरवार्ड ग्रिज्मनसँग कुनै सम्झौता नभएको भन्दैविज्ञप्ति जारी गरेको थियो । डिसेम्बरमा एटलेटिको म्याड्रिडले फिफामा बार्सिलोनाले अवैध तरिकाले […]

May 8, 2018

‘नेयमार केहि बर्षमा विश्वकै उत्कृष्ट खेलाडी बन्नेछन्’

पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) का मार्को भेराट्टीले टोलीका स्टार नेयमारको तारिफ गर्दै उनी केहि वर्षमा विश्वकै उत्कृष्ट खेलाडी हुने विश्वास व्यक्त गरेका छन् ।   लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोको बालोन डी ओरमा रहेको राजलाई नेयमारले तोड्नेमा भेराट्टी विश्वस्त छन् । सन् २००८ यता बालोन डी ओर मेस्सी र रोनाल्डोले नै जित्दै आएका […]

May 8, 2018

ओजिल विश्वकपका लागि फिट हुने

लन्डन (एजेन्सी) – जर्मन राष्ट्रिय टोली एवं आर्सनल मिडफिल्डर मेसुट ओजिल हाल घाइते भएपनि विश्वकपका लागि फिट हुने खेलाडी आफैंले बताएका छन्  । ढाडको समस्याले प्रिमियर लिगका बाँकी खेलमा उपस्थित नहुने पक्का भएपछि ओजिल्ले आफु विश्वकपका लागि भने तयार रहने बताएका हुन् । ओजिलले आइतबार भएको बर्नलीविरुद्धको प्रिमियर लिग खेल गुमाएका थिए । उक्त खेलपश्चात […]

May 8, 2018

शीर्षस्थानको हैदराबादसँग बैंगलोर पराजित

हैदराबाद (एजेन्सी)– शीर्षस्थानको सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ रनले हराएको छ । १ सय ४७ रनको विजय लक्ष्य पछ्याएको बैंगलोरले ६ विकेटको क्षतिमा १ सय ४१ रन बनाएको थियो । हारपछि बैंगलोरको शीर्ष ४ मा पर्ने सम्भावना कमजोर भएको छ । १० खेलमा ८ खेल जितेको हैदराबादको १६ […]

Success

Thank you for your time.