May 22, 2018
काठमाडौं (हाम्रो खेलकुद) –जुलाई १३, १९३० मा फुटबलमा नयाँ प्रतियोगिता सुरु गर्ने योजनाले पूर्ण रुप पायो । योसँगै विश्वकप फुटबलको जन्म भएको थियो । १९३० विश्वकप उरुग्वेमा आयोजना भएको थियो । आयोजक टोलीले नै पहिलो विश्वकपको उपाधि पनि जित्यो । अर्जेन्टिनालाई फाइनलमा ४–२ ले पराजित गर्दै उरुग्वेले पहिलो पटक विश्वकपको उपाधि जितेको थियो। पहिलो पटक […]
May 22, 2018
लण्डन (एजेन्सी) – बेलायतको चर्चित ‘बेटिङ’ वेबसाइट सन बेट्सका अनुसार यस वर्षको विश्वकप जित्ने ब्राजिल र जर्मनीको सम्भावना बढी रहेको छ । हिजो स्पेन र बेल्जियमले आफ्नो विश्वकप टोलीको घोषणा गरेसँगै बजारमा ठूलो हलचल भएको सन बेट्सले बताएको छ । स्पेनले आफ्नो टोलीमा सेस्क फ्याब्रिग्यास, मार्कोस अलोन्सो, एल्भारो मोराटा र हेक्टर बेल्लेरिनलाई सामेल गरेन । […]
May 22, 2018
बुनर्स आयर्स (एजेन्सी)– अर्जेन्टिनाका स्ट्राइकर सर्जियो अगुएरोले नजिकका साथी लियोन मेस्सीसँगै एउटै क्लबबाट खेल्ने सम्भावना नरहेको बताएका छन् । अगुएरोले आफु म्यानचेस्टर सिटीमै रहने र मेस्सीले बार्सिलोना कहिल्यै नछोड्ने भएकाले एकै क्लबबाट खेल्न असम्भव रहेको बताए । अगुएरो र मेस्सी रसिया विश्वकपमासँगै हुनेछन् । अर्जेन्टिना विश्व कपको दाबेदार मध्येको एक राष्ट्र हो । तर उनले […]
May 21, 2018
बार्सिलोना (एजेन्सी) – बार्सिलोनाका फरवार्ड लियोनल मेस्सीले ‘युरोपियन गोल्डेन शु’ को उपाधि जितेका छन्। युरोपका सबै लिगमा सर्वोकृष्ट गोलकर्ताको रुपमा मेस्सीले यस उपाधि जितेका हुन्। यसअघि मोहम्मद सलाह मेस्सीसँग प्रतिस्पर्धामा रहेपनि उनीभन्दा २ गोल धेरै गर्दै अघिल्लो सिजन पनि युरोपका सर्वोकृष्ट फरवार्ड मेस्सीले यस उपाधिको रक्षा गरेका हुन्। दोस्रो स्थानका सलाहले ३२ गोल गर्दा मेस्सीको नाममा ३४ गोल […]
May 21, 2018
बार्सिलोना (एजेन्सी)– आन्द्रे इनियेस्टाले बार्सिलोनाबाट अन्तिम खेलपछि क्लब र समर्थकको प्रशंसा गरेका छन् । २२ वर्ष बार्सिलोनामा बिताएपछि उनले क्लब छाड्ने निर्णय लिएका हुन् । रियल सोसिडाडसँगको आइतबारको खेल बार्सिलोनाबाट उनको अन्तिम खेल थियो । ला लिगा च्याम्पियन बनिसकेको बार्सिलोनाले सोसिडाडलाई १–० ले हराएको थियो । खेल सकिएपछि समर्थकलाई सम्बोधन गर्दै इनियेस्टाले भने,‘ तपाईहरु सबैलाई […]
May 21, 2018
बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका सुपर स्टार लियोनल मेस्सीले फ्रान्सेली एन्टोनी ग्रिजमानको प्रशंसा गर्ने क्रममा विश्वका उत्कृष्ट खेलाडी मध्येका एक भएको बताएका छन् । एट्लेटिको म्याड्रिडका फरवार्ड ग्रिजमान ला लिगाको प्रतिद्वन्द्वि क्लब बार्सिलोना जाने चर्चाका दौरान मेस्सीको यो भनाईले सरुवामा थप बल मिलेको छ । ‘उनी विश्व फुटबलमा उत्कृष्ट खेलाडी मध्ये एक हुन् । मलाई थाहा छैन […]
May 21, 2018
रोम (एजेन्सी) – जर्मन खेलाडी एलेक्सजान्डर भेरेभलाई फाइनलमा पराजित गर्दै राफेल नाडालले कीर्तिमानी आठौँ पटक इटालियन ओपनको उपाधि जितेका छन्। पहिलो सेट ६-१ ले आफ्नो पक्षमा पारेपनि दोस्रो सेट ६-१ ले पराजित नाडालले तेस्रो सेटमा ३-१ ले पछि परेको स्थितिलाई ६-१ ले उल्टाउँदै उपाधि जितेका हुन्। वर्षाले प्राविभित खेलमा जितसँगै नाडाल पुनः टेनिस वरियताको शिर्षस्थानमा पुगेका छन्। अघिल्लो […]
May 21, 2018
पुन (एजेन्सी) – इन्डियन प्रिमियर लिग (आइपिएल) मा गए राती चेन्नई सुपर किङ्सले किङ्स ११ पञ्जाबलाई ५ विकेटले हराएपछि राजस्थान रोयल्स प्ले अफमा पुगेको छ । प्ले अफको दाबेदार पञ्जाबले चेन्नईलाई फराकिलो अन्तरले हराउन सकेको भए राजस्थान बाहिरिने सम्भावना थियो । तर पञ्जाब आफै चेन्नाईसँग राजित भयो । चेन्नई, सनराइजर्स हैदाराबाद र कोलकाता नाइट राइजर्स […]
May 21, 2018
बार्सिलोना (एजेन्सी) – बार्सिलोनाको यो सिजन अन्तिम खेल आन्द्रे इनियेस्टाका लागि स्पेनिस क्लबबाट अन्तिम खेल थियो। आइतबार राती भएको खेलमा बार्सिलोनाले घरेलु मैदानमा रियल सोसिड्याडलाई १-० ले हराउँदै सिजनलाई अन्त्य दियो। बार्सिलोनाको जितमा भविष्यमा इनियेस्टाको भूमिका निर्वाह गर्ने आशा गरिएका लिभरपुलका पूर्व मिडफिल्डर फिलिप कौटिन्हो उत्कृष्ट गोल गर्दै निर्णायक साबित भए। खेलको पहिलो हाफमा भ्रमणकारी टोलीले बार्सिलोनालाई रोकेपपनि कौटिन्होले ५७ औं […]
May 20, 2018
दिल्ली (एजेन्सी) – भिभो आइपिएल २०१८ अन्तर्गत नेपाली युवा स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली डेयरडेभिल्सले मुम्बई इन्डियन्सलाई ११ रनले हराएको छ । यस हारसँगै मुम्बई प्रतियोगिताबाट बाहिरिएको पनि छ । अघिल्लो दुई खेलमा दुई विकेट लिएका सन्दीपले यस खेलमा ३ विकेट हात पारे । पहिलो इनिङ्समा दिल्लीका लागि आकर्षक लयमा रहेका रिशभ पन्तले सर्वाधिक ६४ […]