May 24, 2018
रियो (एजेन्सी) – आगामी जुन तेस्रो सातादेखि सुरु हुने फिफा विश्वकप २०१८ मा ब्राजिललाई उपाधिको प्रमुख दावेदार टोलीको रुपमा हेरिएको छ । त्यसो त ब्राजिल सधैं बलियो दावेदारको रुपमा विश्कपमा सहभागी हुने टोली हो । सर्वाधिक ५ पटक विश्वकप जितेको ब्राजिलले पछिल्लोपटक सन् २००२ मा उपाधि जितेको थियो । यस पटक उपाधिको दावेदार मानिएको ब्राजिलले […]
May 24, 2018
काठमाडौं (हाम्रो खेलकुद) – सबैभन्दा चर्चित तथा अपेक्षित प्रतियोगिता फिफा विश्वकपको २१ औं संस्करण जुन १४ देखि रुसमा सुरु हुँदैछ । हाम्रो खेलकुद डटकमको यस ‘विश्वकपमा हेर्नलायक २० खेलाडी’ सुचीको नम्बर २० मा रहेका छन् ब्राजिलका फरवार्ड ग्याब्रियल जेसस । ग्याब्रियल जेसस विश्वकपको बलियो दाबेदार मानिएको ब्राजिलियन टोलीको महत्त्वपूर्ण सदस्य हुन् । २०१४ मा ब्राजिलमा विश्वकप […]
May 23, 2018
काठमाडौं (हाम्रो खेलकुद)– एक दिवसिय अन्तर्राष्ट्रिय मान्यता पाएपछि नेपालले नेदरल्यान्ड्ससँग पहिलो एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने सम्भावना बढेको छ । नेपाली क्रिकेट टोलीका प्रशिक्षक जगत टमाट्टाका अनुसार नेपालले नेदरल्यान्ड्सलाई यसका लागि प्रस्ताव गरेको छ । इंग्ल्यान्डको लर्ड्स क्रिकेट मैदानमा जुलाई २९ मा नेपाल, नेदरल्यान्ड्स र मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) बीच एक दिने टि-ट्वान्टी त्रिकोणात्मक श्रृखंला […]
May 23, 2018
ब्यूनर्स आयर्स (एजेन्सी)– रसिया विश्व कपका लागि २३ खेलाडीको घोषणा भएयता अर्जेन्टिनी टोलीले पहिलो पटक सँगै अभ्यास गरेको छ । हाइटीसँग अर्को साता मैत्रीपूर्ण खेल खेल्ने तयारीमा रहेको अर्जेन्टिनाले मंगलबार अभ्यास गरेको हो । अभ्यासमा लियोनल मेस्सीसहित सबै सामेल भएका थिए । हाइटीसँगको खेलपछि अर्जेन्टिना टोली विश्व कप फुटबलको तयारीका लागि बार्सिलोना पुग्नेछ । टोलीका […]
May 23, 2018
जोहानसबर्ग (एजेन्सी) – पूर्व साउथ अफ्रिकी कप्तान एबी डि भिलियर्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट घोषणा लिएका छन् । ‘मिस्टर थ्री सिक्स्टी’ को उपनाम पाएका विश्वकै उत्कृष्ट ब्याट्सम्यान मध्येका डि भिलियर्सको यस निर्णयबाट क्रिकेट विश्व नै चकित भएको छ । उनले भिडियो मेसेजमार्फत आफ्नो सन्न्यासको घोषणा गर्दै भने, “तत्काल लागू हुनेगरी म क्रिकेटको सबै फर्म्याटबाट सन्न्यास लिंदै छु ।” […]
May 23, 2018
रियो (एजेन्सी) – ब्राजिलका सुपरस्टार फरवार्ड नेयमार विश्वकपको पहिलो खेलदेखि पुरै फिटनेसमा फर्कने सुरमा छन् । यसैक्रममा आफ्नो फिटनेसको अवस्था बुझ्न नेयमारले मंगलबार विभिन्न परिक्षणहरु लिएका छन् । फ्रान्सेली लिगमा पेरिस सेन्ट जर्मेनको लागि खेल्ने क्रममा खुट्टामा चोट बोकेका नेयमारले सिजनको दोस्रो भागमा सहभागिता जनाएनन् । २६ वर्षीय नेयमार क्लब फुटबलमा चोटपछि नखेलेपनि ब्राजिलका प्रशिक्षक […]
May 23, 2018
लण्डन (एजेन्सी) – पेरिस सेन्ट जर्मन (पिएसजी) का पूर्व प्रशिक्षक उनै एम्रि आर्सनल जाने लगभग पक्का भएको छ । लामो समयदेखि आर्सनलको प्रशिक्षकको भुमिकामा रहेका आर्सन वेंगरले सिजनको अन्त्यसँगै पद छोडेपछि सो पद खाली भएको थियो । केही दिन अघि आर्सनलका पूर्व कप्तान तथा म्यानचेस्टर सिटीका सहायक प्रशिक्षक मिकेल आर्टेटाले सो जिम्मेवारी लिने भनिएको थियो […]
May 23, 2018
ब्युनर्स आयर्स (एजेन्सी) – अर्जेन्टिनाका ३१ वर्षीय गोलकिपर सर्जियो रोमेरोले विश्वकप गुमाउने भएका छन् । अर्जेन्टिनाको २३ सदस्यीय टोलीमा परेका रोमेरोले घुंडामा चोट बोकेपछि विश्वकप गुमाउने अर्जेन्टिना फुटबल संघले जनाएको छ। विश्वकपका छनोट चरण खेलहरुमा पहिलो रोजाईको रुपमा अर्जेन्टिनाका पोस्ट सम्हालेका गोलरक्षक रोमेरोले यो सिजन सबै प्रतियोगितामा म्यानचेस्टर युनाइटेडबाट १० खेलमा मात्र अवसर पाएका थिए। प्रशिक्षक मौरिन्होले उनलाई डे […]
May 23, 2018
लन्डन (एजेन्सी)– रसियामा हुने विश्व कपका लागि टोटेनह्यामका स्ट्राइकर हेरि केन इङ्ल्यान्ड फुटबलको कप्तान नियुक्त भएका छन् । इङ्ल्यान्ड राष्ट्रिय टोलीका प्रशिक्षक गारेथ साउथगेटले सोमबार राती टोलीको बैठकमा केनलाई कप्तानका रुपमा घोषणा गरेका थिए । लिभरपुलका कप्तान जोर्डन हेन्डर्सन र टोटेनह्यामका मिडफिल्डर इरिक डेयरलाई पनि सम्भावित कप्तानका रुपमा हेरिएपनि साउथगेटले रसिया विश्वकपको नेतृत्व गर्ने जिम्मेवारी […]
May 22, 2018
मुम्बई (एजेन्सी)– चेन्नई सुपर किङ्स इन्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा पुगेको छ । क्वालिफायर्समा सनराइजर्स हैदराबादलाई मंगलबार २ विकेटले हराउँदै चेन्नईले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो । हैदराबादले प्रस्तुत गरेको १ सय ४० रनको लक्ष्य पछ्याएको चेन्नईले १९.१ ओभरमा ८ विकेट गुमाएर आवश्यक रन जोडेको थियो । टोलीका लागि फाफ डु प्लेसिसले अविजित […]