June 10, 2018
मस्को (एजेन्सी) – गए राति खेलिएको मैत्रीपूर्ण खेलमा २०१० को विश्वकप विजेता स्पेनले टुनिसियालाई १-० ले हराएको छ । स्पेनका लागि निर्णायक गोल इयागो आस्पासले गरेका हुन् । स्पेनले अधिकांश खेलाडी आफ्नो पहिलो रोजाईकै खेलाएको थियो भने टुनिसियाले आफ्ना केहि खेलाडीहरुलाई विश्राम दिएको थियो । खेलभरी ७१ प्रतिशतको पोजेसन राखेको स्पेनले उही अनुरुप गोल भने […]
June 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विश्व खेलकुदमा सबैभन्दा चर्चित प्रतियोगिता, फुटबलको महाकुम्भ फुटबल विश्वकप २०१८ जुन १४ देखि रुसमा सुरु हुंदैछ । हाम्रो खेलकुदको ‘विश्वकपमा हेर्नलायक २० खेलाडी’ सुचीको नम्बर ६ मा रहेका छन् फ्रान्सका फरवार्ड एन्टोइन ग्रिजम्यान । यस विश्वकप २०१८ मा फ्रान्सलाई ब्राजिल, स्पेन, जर्मनी र अर्जेन्टिनासँग बलियो दाबेदारका रुपमा हेरिएको छ । तर, […]
June 9, 2018
मस्को (एजेन्सी) – गए रातिको विश्वकप मैत्रीपूर्ण खेलमा क्रोएसिया, स्विट्जरल्यान्ड र इरानले जित हांसिल गरेको छ भने पोल्यान्ड बराबरीमा रोकिएको छ । स्विट्जरल्यान्डले जापानलाई २-० ले हराउन सफल भएको हो । स्विट्जरल्यान्डका लागि रिकार्डो रोड्रिगेज र हारिस स्फेरोभिचले गोल गरेका थिए । स्विट्जरल्यान्ड विश्वकप समूह ‘ई”मा ब्राजिल, कोस्टा रिका र सर्बियासँग रहेको छ भने जापान […]
June 9, 2018
म्युनिख (एजेन्सी) – गए राति खेलिएको विश्वकप मैत्रीपूर्ण खेल अन्तर्गत साविक विजेता जर्मनीले अर्को विश्वकप टोली साउदी अरेबियालाई २-१ ले हराएको छ । जर्मनीका लागि स्ट्राइकर टिमो वेर्नरले आठौं मिनेटमा टोलीका लागि खाता खोलेका थिए । त्यस्तै ४३ औं मिनेटमा साउदी अरेबियाको आत्मघाती गोलद्वारा जर्मनीले आफ्नो अग्रता दोब्बर बनाएको थियो । दोस्रो हाफको ८४ औं […]
June 8, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विश्व खेलकुदको सर्वाधिक लोकप्रिय प्रतियोगिता, विश्वकप फुटबल २०१४ जुन १४ देखि रुसमा सुरु हुंदैछ । हाम्रो खेलकुद डटकमको ‘विश्वकपमा हेर्नलायक २० खेलाडी’ को सातौं स्थानमा रहेका छन् इंग्ल्यान्डका स्ट्राइकर ह्यारी केन । इंग्ल्यान्ड सधै ठूला प्रतियोगिता अघि निकै आकर्षक देखिने गर्छ । तर, तालमेल र सही संयोजनाको कमिका कारण इंग्ल्यान्डका समर्थक […]
June 8, 2018
मस्को (एजेन्सी) – विश्वकप २०१८ सुरु हुन अब एक हप्ता बाकीं हुँदा अर्जेन्टिनालाई ठूलो धक्का परेको छ । २०१४ को उपविजेता टोली अर्जेन्टिनाले अहिले भर्खरै आफ्ना स्टार मिडफिल्डर गुमाएको छ । अर्जेन्टिनाका मिडफिल्डर म्यानुयल लान्जिनी घुंडाका चोटका कारण विश्वकपमा भाग नलिने भएका छन् । लान्जिनी प्रिमियर लिगको टोली वेस्ट ह्यामका लागि खेल्ने गर्छन् । केही […]
June 8, 2018
बार्सिलोना (एजेन्सी)– यो सिजन ला लिगामा खराब प्रदर्शनका कारण रियल म्याड्रिडका तत्कालिन प्रशिक्षक जिनेदिन जिदानमाथि दबाब थियो । सिजनको अन्त्यमा बर्खास्तमा पर्न सक्ने आकलन पनि गरिएको थियो । तर, यहि सिजन च्याम्पियन्स लिग उपाधि टोलीलाई दिलाएपनि उनीमाथिको दबाब कम भएको थियो । उनले प्रशिक्षकका रुपमा रियललाई लगातार तेस्रो पटक च्याम्पियन्स लिग उपाधि दिलाएका थिए । […]
June 8, 2018
लन्डन (एजेन्सी) – गए राति विश्वकप मैत्रीपूर्ण खेल अन्तर्गत इंग्ल्यान्डले अर्को विश्वकप टोली कोस्टा रिकालाई २-० ले हराएको छ । इंग्ल्यान्डको जितमा मार्कोस रासफोर्ड र ड्यानी वेल्बेकले गोल गर्न सफल रहे । इंग्ल्यान्डले आफ्नो सुरुवाती ११ मा अधिकांश दोस्रो रोजाईका खेलाडी राखेको थियो । इंग्ल्यान्डलाई रासफोर्डले १३ औं मिनेटमा अग्रता दिलाउन सफल भए । त्यस्तै […]
June 8, 2018
मस्को (एजेन्सी) – फुटबलको महाकुम्भ मानिने विश्वकप सुरु हुन अब केवल ६ दिन बाकीं रहेको छ । यस विश्वकपमा ब्राजिललाई सबैभन्दा बलियो दाबेदारका रुपमा हेरिएको छ । ब्राजिलियन टोलीमा अग्रपंक्तिमा नेयमार, ग्याब्रियल जेसस, फिलिप कौटिन्हो, विलियन र रोबर्टो फिर्मिनो जस्ता ठूला नामहरु रहेका छन् भने डिफेन्समा थियागो सिल्भा र मार्सेलोको अनुभवले ब्राजिललाई थप बलियो बनाएको […]
June 8, 2018
लिस्बोन (एजेन्सी) – गए राति खेलिएको मैत्रीपूर्ण खेलमा पोर्चुगलले अल्जेरियाविरुद्ध ३-० को सहज जित हात पारेको छ । पोर्चुगलका लागि उसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो सुरुवाती ११ मा पनि परेका थिए । खेलको १७ औं मिनेटमा स्ट्राइकर गोन्सालो गुएडेसले बर्नार्डो सिल्भाको पासमा पोर्चुगललाई अग्रता दिलाए । त्यस्तै रोनाल्डोको पासमा ब्रुनो फर्नान्डेसले ३७ औं मिनेटमा गोल […]