default_image

अन्तर्राष्ट्रिय

October 21, 2024

आसिफ प्लेयर अफ द म्याच

काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकाविरुद्धको तेस्रो टि ट्वान्टी खेलमा नेपाली ओपनर आसिफ शेख प्लेयर अफ द म्याच भएका छन् । डालसस्थित ग्राण्ड प्रेरीमा सोमवार भएको खेलमा अमेरिकाविरुद्ध अर्धशतक बनाएका आसिफ प्लेयर अफ द म्याच भएका हुन् । आसिफले ३७ बलमा आफ्नो करियरको छैठौं अर्धशतक पूरा गरेका थिए । आसिफले आफ्नो टि ट्वान्टी करियरमा तेस्रो पटक […]

October 21, 2024

चेल्सीलाई हराउँदै लिभरपुल शीर्षस्थानमा

एजेन्सी – लिभरपुलले इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लेको छ । चेल्सीलाई आइतवार २–१ ले हराउँदै लिभरपुलले शीर्षस्थानमा पपन्छाउँदै फेरि शीर्ष स्थानमा उक्लेको छ । मोहमद सलाह र कर्टिस जोन्सको गोलमा लिभरपुल विजयी भएको हो । चेल्सीका लागि निकोलस ज्याक्सनले गोल गरेका थिए । सलाहले २९ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै टोलीलाई अघि बढाएका थिए । […]

October 21, 2024

अमेरिकाविरुद्धको सिरिजमा नेपालको क्लिन स्विप

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले अमेरिकाविरुद्धको ३ खेलको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । तेस्रो टि ट्वान्टी खेलमा सोमवार ८ विकेटको जित हात पार्दै नेपालले सिरिज क्लिन स्विप गरेको हो । नेपालले टि ट्वान्टी आईमा दोस्रो पटक सिरिज क्लिन स्विप गरेको हो । यसअघि सन् २०१९ मा नेपालले मलेसियामा घरेलु टोलीविरुद्धको २ खेलको टि […]

October 21, 2024

बार्सिलोनाको सहज जित

एजेन्सी – बार्सिलोनाले स्पेनिस ला लिगामा आइतबार सहज जित निकालेको छ । बार्सिलोनाले सेभिल्लामाथि ५–१ गोलको जित हासिल गरेको हो । बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्की र पाब्लो टोरेले समान २ तथा पेड्रीले १ गोल गरे । लेवान्डोस्कीले २४ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई सुरूवाती अग्रता दिलाएका थिए । २८ औं मिनेटमा पेड्रीले गोल गरेपछि […]

October 21, 2024

आसिफको अर्धशतक पूरा

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली टोलीका ओपनर आसिफ शेखले अमेरिकाविरुद्धको तेस्रो टि ट्वान्टी आईमा अर्धशतक पूरा गरेका छन् । ३ खेलको टि ट्वान्टी सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपाली ओपनर आसिफले अर्धशतक पूरा गरेका हुन् । करियरको छैटौं अर्धशतक शेखले ३८ बलमा पूरा गरेका थिए । यसअघि आसिफले युएईसँग २ तथा कतार, नेदरल्यान्ड्स र मलेसियासँग समान […]

October 20, 2024

अमेरिकाविरुद्धको सिरिज क्लिन स्विप गर्ने लक्ष्यमा नेपाल

काठमाडौं(हाम्रो खेलकुद) – तेस्रो तथा अन्तिम टि ट्वान्टी आईमा नेपाल घरेलु टोली अमेरिकासँग सोमवार बिहान खेल्दैछ । अमेरिकाको डालसमा रहेको ग्राण्ड प्रेरीमा अन्तिम टि ट्वान्टी आईमा घरेलु टोली र नेपालबीचको खेल नेपाली समय अनुसार सोमवार बिहान ५ः४५ बजे सुरु हुनेछ । अन्तिम टि ट्वान्टी आईमा अमेरिकालाई पराजित गरि नेपाल दोस्रो पटक सिरिज क्लिन स्विप गर्ने […]

October 20, 2024

‘डालसमा खेल्दा टियुमा खेलेको जस्तो फिल भयो’ – कुशल

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका ब्याटर कुशल भुर्तेलले डालसको ग्राण्ड प्रेरीमा खेल्दा टियुमा खेलेको फिल भएको बताएका छन् । अमेरिकासँगको दोस्रो टि ट्वान्टीआईमा जित पश्चात आइतवार हाम्रो खेलकुदसँग कुरा गर्दै कुशलले यहाँ नेपाली टिमको समर्थन देख्दा टियु मै खेलिरहेको जस्तो अनुभव भएको बताएका छन् । ‘लास्ट टाईम वल्डकपको समयमा एउटा वार्मअप सहित दुई खेल […]

October 20, 2024

युनाइटेडको तेस्रो जित

एजेन्सी – इंग्लिस प्रिमियर लिग( इपिएल) मा म्यानचेस्टर युनाइटेडले सिजनको तेस्रो जित हासिल गरेको छ । आठौं खेलमा तेस्रो जित हात पार्ने क्रममा युनाइटेडले शनिवार ब्रेन्टफर्डलाई २-१ ले हरायो । शनिवार घरेलु मैदान ओल्ड ट्राफर्डमा युनाइटेडलाई जित दिलाउन अलेजान्द्रो गार्नाचो र रास्मस होएलन्डले गोल गरे । भ्रमणकारी टोलीका लागि इथन पिनोकले गोल गरे । खेलमा […]

October 19, 2024

ग्वेंगाम्पको पहिलो जितमा साम्बाको गोल

काठमाडौं (हाम्रो खेलकुद )- सावित्रा भण्डारी साम्बा सम्मिलित एन अभान्ट ग्वेंगाम्पले फ्रान्सेली लिगमा सिजनको पहिलो जित हासिल गरेको छ। सिजनको आफ्नो पाँचौं खेलमा पहिलो जित हासिल गर्ने क्रममा श‌निवार ग्वेंगाम्पले स्ट्रासबर्गलाई ३-२ ले हराएको छ। साम्बाको गोलबाट ५८ औं मिनेटमा ग्वेंगाम्पलेले खेलमा अग्रता लिएको थियो। ६३ औं मिनेटमा लोरेना अजारोले पेनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा […]

October 19, 2024

एक खेलअघि नै सिरिज जित्ने लक्ष्यमा नेपाल

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल अमेरिकाविरुद्धको टि ट्वान्टी आई सिरिज एक खेल अगावै आफ्नो पक्षमा पार्ने लक्ष्यका साथ घरेलु टोलीविरुद्ध मैदान उत्रदै छ । अमेरिकाको डालसमा रहेको ग्रान्ड प्रेरी स्टेडिममा हुने दोस्रो खेल नेपाली समय अनुसार आइतवार बिहान ५ः४५ बजे सुरु हुनेछ । जितको लयलाई निरन्तरता दिदै सिरिज एक खेल अगावै जित्ने लक्ष्यमा नेपाल रहनेछ । […]

Success

Thank you for your time.