September 26, 2018
म्याड्रिड (एजेन्सी) – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर इस्को एपेन्डिक्सको शल्यक्रिया गर्नुपर्ने भएपछि कम्तिमा एक महिना मैदानबाहिर रहने भएका छन् । स्वास्थ्य अवस्था केहि कमजोर रहेका उनले यसै साता शल्यक्रिया गर्ने भएका हुन् । गत साता च्याम्पियन्स लिगको पहिलो खेलमा रोमाविरुद्ध सुरुआती गोल गरेका इस्कोले जारी सिजन ६ खेलमा सहभागिता जनाइसकेका छन् । तर बुधबार […]
September 26, 2018
ब्युनर्स आयर्स (एजेन्सी)– लियोन मेसी अझै अर्जेन्टिनी फुटबल टोलीमा नफर्कने भएका छन् । अर्जेन्टिना फुटबल टोलीका कार्यवहाक प्रशिक्षक लियोनल स्कोलानीले मेस्सीले अर्को महिना खेलिने मैत्रीपूर्ण खेलमा भाग नलिने बताएका छन् । यो निर्णयसँगै मेस्सीको राष्ट्रिय टोलीको भविष्यमा थप शंका उब्जेको छ । यहि महिनाको सुरुवातमा ग्वाटेमाला र कोलम्बियाबीच भएको मैत्रीपूर्ण खेलमा ३१ वर्षे मेस्सी टोलीमा […]
September 25, 2018
युएई (एजेन्सी)- ओपनर मोहम्मद शहजादले उत्कृष्ट शतक प्रहार गरेपछि युएईमा जारी एसिया कप क्रिकेटको सुपर फोर खेलमा अफगानिस्तानले भारतलाई २ सय ५३ रनको लक्ष्य दिएको छ । दुबईमा टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्ताने निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ५२ रन बनाउन सक्यो । अफगानिस्तानका लागि ओपनर सहजाद र जावेद अहमदीले उत्कृष्ट सुरुवात […]
September 25, 2018
लण्डन (एजेन्सी) – यसै साता प्रिमियर लिगका दुई ठूला टोली चेल्सी र लिभरपुल दुई भिन्नै खेलमा भिड्दै छन्। काराबाओ कप र इंगलिस प्रिमियर लिगमा एकै साता दुई पटक आमने सामने हुँदैछन्। काराबाओ कप अन्तर्गत तेस्रो चरणमा लिभरपुलको घरेलु मैदान एनफिल्डमा यहि बुधवार पहिलो खेल हुनेछ भने इंगलिस प्रिमियर लिग अन्तर्गत शनिबार चेल्सीको घरेलु मैदानमा लिभरपुलले […]
September 25, 2018
एजेन्सी – युएईमा जारी सुपर फोरको पाँचौ खेलमा उपाधिको प्रमुख दाबेदार भारत र अफगानिस्तान भिड्दै छन् । खेल प्रतिष्ठाको लडाइ मात्र हुने छ । भारत फाइनल प्रवेश गरि सकेको छ भने अफगानिस्तान सुपर फोरबाटै बाहिरि सकेको छ । खेल नेपाली समय अनुसार बेलुका ५ : १५ बाट युएईको दुबईमा सुरु हुने छ । अफगानिस्तान सुपर […]
September 25, 2018
एजेन्सी – फिफाले वर्षेनी विभिन्न विधामा उत्कृष्ट रहने गरेका खेलाडी, प्रशिक्षक तथा व्यक्तित्वलाई फिफा ‘द बेस्ट’ अवार्डबाट सम्मानित गरेको छ । च्याम्पियन्स लिगको उपाधि तथा फिफा विश्वकपमा उपविजेता स्थान हांसिल गरेका लुका मोड्रिचले झन्डै ३० प्रतिशत मत प्राप्त गर्दै उत्कृष्ट खेलाडीको उपाधी जिते । विश्वकपका उत्कृष्ट खेलाडी पनि घोषित भएका उनले १० वर्षे लामो लियोनल […]
September 25, 2018
एजेन्सी – निकै चर्चामा रहँदै अाएका नेपाली क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने टी–१० क्रिकेट लिग २०१८ मा छनोट भएका छन् । युनाइटेड अरब इमिरेट्स (युएई ) मा नोभेम्बर २३ देखि डिसेम्बर २ सम्म आयोजना हुने १०–१० ओभर फर्म्याटको खेलमा सन्दीपलाई इङ्ल्यान्डका वान डे र टी–२० क्रिकेटका कप्तान अोइन मोर्गन आइकन खेलाडी र कप्तान रहेको […]
September 25, 2018
एजेन्सी – फिफाले वर्षेनी विभिन्न विधामा उत्कृष्ट रहने गरेका खेलाडी, प्रशिक्षक तथा व्यक्तित्वलाई फिफा ‘द बेस्ट’ अवार्डबाट सम्मानित गर्ने गरेको छ । गएराती लन्डनमा आयोजित एक समारोहमा फिफाले उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई सम्मान गर्यो । कसले के उपाधि जिते त? मोड्रीचलाई फिफाको ‘द बेस्ट’ उपाधि, रोनाल्डो र सलाह पछि परे फिफा ‘द बेस्ट’ अवार्ड रियल […]
September 25, 2018
एजेन्सी – फिफा द बेस्ट अवार्ड अन्तर्गत ब्राजिलियन खेलाडी मार्टाले उत्कृष्ट महिला खेलाडीको अवार्ड जितेकी छिन् । फ्रान्सेली टोली लियोनका पेड्रोसले प्रशिक्षकको उपाधि हात पारे । मार्टाले जितिन् महिला उत्कृष्ट खेलाडीको उपाधि ब्राजिलियन राष्ट्रिय टोली तथा ओर्लान्डो प्राइडकी खेलाडी मार्टाले उत्कृष्ट महिला खेलाडीको उपाधि जितिन् । उनले यसक्रममा लियोनबाट खेल्दै आएका अद हेगरबर्ग र जेनिफर […]
September 25, 2018
एजेन्सी – लिभरपुलका मोहमद सलाहले फिफा अवार्डको सुरुआतमा उत्कृष्ट गोल गरेवापत फिफा पुस्कास अवार्डको उपाधि हात पारेका थिए । उनी मुख्य ‘द बेस्ट’ अवार्डको शीर्ष तीन खेलाडीमा पर्दै उपाधि दावेदारका रुपमा पनि रहेका थिए । तर फिफाले सार्वजनिक गरेको उत्कृष्ट ११ खेलाडी सम्मिलित फिफा फिफप्रो ११ टोलीमा भने सलाह समावेश रहेका छैनन् । यद्यपी उक्त […]