default_image

अन्तर्राष्ट्रिय

October 4, 2018

अन्तिम मिनेटमा नेपोलीले लिभरपुललाई हरायो

नेपल्स (एजेन्सी) – युरोपेली च्याम्पियन्स लिग इटालियन क्लब अन्तर्गत बुधबार राती नेपोलीले घरेलु मैदानमा लिभरपुललाई पराजित गरेको छ । नेपोलीको जितमा लोरेन्जो इन्सिनेले अन्तिम मिनेटमा गोल गरेका थिए । हारपछि लिभरपुल प्रशिक्षक योर्गेन क्लोपले टोली आफ्नै गल्तीका कारण पराजय भोग्न बाध्य भएको बताए । दोस्रो हाफमा पूर्ण दबाब कायम गरेको नेपालीका लागि मिडफिल्डर ड्रीज मर्टेन्सको […]

Messi barcelona

October 4, 2018

बार्सिलोनाको जितमा मेस्सीको दुई गोल

लन्डन (एजेन्सी) – टोटेनह्याम हटस्परको घरेलु मैदानमा भएको च्याम्पियन्स लिग समूह चरणको खेलमा बार्सिलोनाले ४-२ को जित निकालेको छ। बार्सिलोनाका लागि मेस्सीले दुई गोल गरे।  भ्रमणकारी बार्सिलोनाले खेलको दोस्रो मिनेटमा फिलिप कौटिन्होको गोलमा अग्रता लियो। २८ औं मिनेटमा इभान राकिटिकले उत्कृष्ट गोल गर्दै पहिलो हाफमा बार्सिलोनालाई २-० को अग्रता दिलाए। दोस्रो हाफमा ह्यारी केनले ५२ […]

ronaldo

October 4, 2018

‘इटालियन लिग रोनाल्डोको लागि सहज छैन’

टुरीन (एजेन्सी)– यसै सिजन स्पेनिस क्लब रियल मड्रिडबाट इटालियन क्लब युभेन्ट्स पुगेका पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई इटालियन सिरी–ए मा ला लिगा भन्दा केहि अप्ठेरो हुने सिरी–ए का अनुभवी तथा ब्राजिलियन दिग्गज डिफेन्डर काफुले बताएका छन् । रोनाल्डोको बारेमा बताउँदै पूर्व ब्राजिलियन तथा एसी मिलान सेन्टर ब्याक काफुले भने, ‘उनी सम्पूर्ण सिरी–ए लाई विश्व चर्चित […]

October 4, 2018

‘केहि खेलाडीसँग प्रविधिक क्षमता छैन ‘ – प्रशिक्षक मोउरिन्हो

म्यानचेस्टर (एजेन्सी)– इंग्लिस क्लब म्यानचेस्टर युनाइटेका केहि खेलाडीसँग प्रविधिक क्षमता नभएको प्रशिक्षक जोसे मोउरिन्होले बताएका छन् । मंगलबार राति भएको च्याम्पियन्स लिगमा भ्योन्सियाविरुद्धको खेलमा गोलरहित बराबरी खेले पछि प्रशिक्षक मोउरिन्होले यस्तो अभिव्यक्ती दिएका हुन् ।  प्रिमियर लिगका ७ खेल खेल्दा युनाइटेडले चार खेलमा जित हासिल गर्न सकेन । लिग तालिकाको १० औं स्थानमा रहेको युनाइटेड […]

October 4, 2018

पाइलट बन्न २१ वर्षमै क्रिकेटबाट सन्यास

एजेन्सी –  हङकङका राष्ट्रिय क्रिकेट टोलीका विकेट किपर तथा ब्याटम्यान क्रिस कार्टरले २१ वर्षको उमेरमै क्रिकेटबाट सन्यास लिएका छन् । हङकङबाट ११ वान डे,१० टी–२० र १७ लिष्ट ‘ए ‘खेल खेली सकेका युवा क्रिकेटर कार्टरले आफु पाइलट बन्नको लागि सन्यास लिएको बताएका छन् । विश्व क्रिकेटको प्रतिष्ठित वेबसाइट क्रिकइन्फोका अनुसार कार्टर अब एडिलेड जानेछन् र […]

October 4, 2018

नेयमारको ह्याट्रिकसँगै पीएसजी ६-१ ले विजयी

पेरिस (एजेन्सी ) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत समूह ‘सी’ को खेलमा फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेनले सर्बियाको रेड स्टार बेलग्रेडलाई ६-१ को फराकिलो अन्तरले पराजित गरेको छ । खेलमा फरवार्ड नेयमारले ह्याट्रिक पूरा गरे । पहिलो खेलमा लिभरपुलसँग ३-२ ले पराजित भएको पीएसजीका लागि ब्राजिलियन सुपरस्टार नेयमारले गोलको खाता खोलेका थिए । नेयमारले फ्रिकिकमा […]

October 3, 2018

च्याम्पियन्स लिगमा पिएसजी रेडस्टार सँग खेल्दै

पेरिस (एजेन्सी) – युइएफए च्याम्पियन्स लिग फुटबलमा आज राती फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले सर्वियन क्लब एफके सर्भेना भेज्दा (रेड स्टार) सँग प्रतिस्पर्धा गर्दैछ । खेल पिएसजीको घरेलु मैदान पार्क डि प्रिन्सेसमा राति १०ः४० बजे सुरु हुनेछ । समूह ‘सी’ को पहिलो खेलमा इंग्लिस क्लब लिभरपुलसँग ३–२ ले पराजित भएको पिएसजी समूहमा पहिलो […]

October 3, 2018

केभिन डे ब्रुएन प्रशिक्षणमा फर्किए

इंग्ल्यान्ड (एजेनसी)– म्यानचेस्टर सिटी तथा बेल्जियम राष्ट्रिय टोलीका मिडफिल्डर केभिन डे ब्रुएन प्रशिक्षणमा फर्किएका छन्  । उनी घुँडाको चोटका कारण मैदान बाहिर रहेका थिए । प्रारम्भिक परिक्षण अनुसार मिडफिल्डर ब्रुएन तीन महिना मैदान बाहिर रहन सक्ने अनुमान गरिएको थियो । ६ साताअघि उनको दाँया खुट्टको घुँडाको लिगामेन्टमा चोट लागेको थियो । २७ वर्षीय ब्रुएनले चोटका […]

October 3, 2018

मस्कोमा म्याड्रिड संघर्ष, १५ वर्षदेखि जितविहिन

मस्को (एजेन्सी) – च्याम्पियन्स लिग अन्तर्गत समूह ‘जी’ को खेलमा मंगलबार रियल म्याड्रिड सीएसकेए मस्कोसँग पराजित भएको छ । लगातार तेस्रो च्याम्पियन्स लिग उपाधि जितेर चौथो उपाधि पछ्याइरहेको रियलले १५ वर्षदेखि मस्कोमा कुनै खेल जित्न सकेको छैन । रियलले पछिल्लोपटक सन् २००३ मा जित दर्ता गरेको थियो । त्यसबेला कालो पन्जा र सेतो बुट लगाएका […]

October 3, 2018

‘ बार्सिलोना एक खेलाडीमा निर्भर छैन’ : कप्तान लियोनल मेसी

बार्सिलोना (एजेन्सी)– बार्सिलोनाको यस सप्ताहमा निराशाजनक नतिजापछि क्लबका कप्तान लियोनल मेसीले टिम विश्वस्तरीय भएकाले एक खेलाडीमा निर्भर नहुनु पर्ने बताएका छन् । स्पेनिस ला लिगाअन्तर्गत बार्सिलोना घरेलु मैदान क्याम्प नोउमा बार्सिलोनासँग १–१ को बराबरीमा रोकिएको थियो । उक्त खेलमा वैकल्पिक खेलाडीको रुपमा दोस्रो हाफमा मैदान प्रवेश गर्दै मेसीले एकमात्र गोलमा असिस्ट गरेका थिए । केहि […]

Success

Thank you for your time.