default_image

अन्तर्राष्ट्रिय

October 16, 2018

स्पेनमाथि इंग्ल्यान्डको रोमान्चक जित

सेभिल (एजेन्सी) – यूईएफए नेसन्स लिगअन्तर्गत सोमबार भएको खेलमा इंग्ल्यान्डले स्पेनलाई ३-२ ले पराजित गरेको छ । पहिलो हाफमा सनसनीपूर्ण प्रदर्शन गरेको इंग्ल्यान्डले ३-० को अग्रता लिएको थियो । रहिम स्टरलिङले ३ वर्षपछि राष्ट्रिय टोलीका लागि गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । उनले १६ औं मिनेटमा गोल गर्दै २७ खेलसम्म चलेको गोलको खडेरी अन्त्य […]

October 15, 2018

‘नोएर बेन्चमा रहेर टेर स्टेगनले जर्मनीको पोस्ट सम्हाल्नुपर्छ’

म्युनिख (एजेन्सी) – जर्मनीका पहिलो रोजाइका गोलरक्षकका रुपमा बायर्न म्युनिखका म्यानुएल नोएरले लामो समयदेखि आफ्नो एकक्षत्र राज जमाउँदै आएका छन् । तर जर्मनीका पूर्व कप्तान लोथार मथाउसले भने अब त्यो गोलरक्षक परिवर्तन हुनुपर्ने बताएका छन् । गत सिजन नोएर चोटका कारण लामो समय मैदानबाहिर रहे । त्यसका बाबजुद पनि जर्मनीको विश्वकप यात्रामा उनलाई पहिलो रोजाइका […]

October 15, 2018

एपीएलमा २० वर्षीय अफगानी ब्याट्सम्यानको एकै ओभरमा ६ छक्का

काठमाडौं (हाम्रो खेलकुद) – अफगानिस्तान प्रिमियर लिग (एपीएल) अन्तर्गत आइतबार काबुल ज्वाननका २० वर्षीय अफगानी ब्याट्सम्यान हजरतुल्लाह जजाईले एकै ओभरमा ६ छक्का प्रहार गरेका छन् । बल्ख लेजेण्डविरुद्ध भएको खेलमा जजाईले १२ बलमा अर्धशतक पूरा गर्दै सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने कीर्तिमान पनि बराबरी गरे । यसअघि युवराज सिंहले सन् २००७ को टि-२० विश्वकपमा १२ […]

October 15, 2018

बाबुलाई पछ्याउँदै जुनियर रोनाल्डो

टुरिन (एजेन्सी)– क्रिस्टियानो रोनाल्डोका छोराले बाबुकै पथ पछ्याउने सम्भावना देखाएका छन् । रोनाल्डो युभेन्ट्स पुगेसँगै युभेकै युवा टोलीमा खेल्न थालेका रोनाल्डो जुनियरले आफ्नो बुबाको छनक देखाउन थालेका छन् । रोनाल्डोले सामाजिक सञ्जालमा छोराले गोल गरेको भिडियो अपलोड गर्दै एक दिन आफ्नो कीर्तिमानलाई उनले चुनौति दिने बताएका छन् । रोनाल्डो युभेन्ट्स पुगेसँगै क्लबको यू ९ टोलीमा […]

October 15, 2018

‘एमबाप्पे भविष्यका सुपरस्टार’

रोम (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) सँगको च्याम्पियन्स लिग खेलअघि नेपोलीका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले पिएसजीका स्ट्राइकर केलियन एमबाप्पे भविष्यमा सुपरस्टार बन्ने बताएका छन् । फ्रान्सेली युवा सनसनीले पछिल्लो केहि सिजन यता उच्च प्रदर्शन गरिहेका छन् । केहि महिनाअघि रसियामा सम्पन्न विश्वकप उपाधि फ्रान्सलाई दिलाउन पनि उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । फ्रान्सलाई विश्व […]

October 15, 2018

‘केन ला लिगामा चम्कन सक्छन्’ – रियल कप्तान रामोस

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडका कप्तान सर्जियो रामोसले इंग्ल्यान्डका कप्तान ह्यारी केन ला लिगामा आएपनि चम्कन सक्ने अभिव्यक्ति दिएका छन् । दुई पटक प्रिमियर लिगको गोल्डेन बुट जितिसकेका केनलाई पछिल्लो केहि सिजनयता रियल म्याड्रिडले पछ्याईरहेको छ । तर केनले भने टोटेनहम छाडेर कतै नजाने प्रष्ट पार्दै आएका छन् । क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिड छाडेपछि […]

October 15, 2018

विश्वचर्चित फुटबल खेलाडीहरुको बाल्यकालको तस्बिरहरु

एजेन्सी – विश्वको फुटबल जगतमा चर्चित अनुहारहरु बाल्यकालमा कस्ता थिए ? सबैलाई उत्सुकताको विषय बन्न सक्छ । केहि खेलाडी स्थानीय क्लबको जर्सीमा खेलेका देखिन्थे त केहि खेलाडी युरोपका ठूला क्लबले आफ्नो एकेडेमीमा भर्ना गराईसकेका थिए । कस्ता देखिन्थे र अहिले कस्ता भए हेर्नुहोस :      

October 15, 2018

इटालीसँग पराजित हुँदै पोल्यान्ड रेलिगेसनमा

एजेन्सी – यूईएफए नेसन्स लिग अन्तर्गत आइतबार राती इटालीले पोल्यान्डलाई १-० ले पराजित गरेको छ । यस पराजयसँगै ३ खेलमा १ अंक जोडेको पोल्यान्ड लिग ए बाट दोस्रो लिगमा झर्ने पक्का भएको छ । इटालीले प्रतियोगिताको पहिलो जित दर्ता गर्ने क्रममा मे महिनादेखि टोलीको जिम्मेवारी सम्हालेका प्रशिक्षक रोबर्टो मान्चिनीले पनि पहिलो औपचारिक जित दर्ता गरे […]

October 15, 2018

स्कटल्यान्डमाथि पोर्चुगलको सहज जित

एजेन्सी – युरो २०१६ को विजेता पोर्चुगलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आइतबार राती स्कटल्यान्डमाथि ३-१ को जित दर्ता गरेको छ । पहिलो हाफमा घरेलु टोली स्कटल्यान्डले बलियो चुनौती पेस गरेपनि दोस्रो हाफमा भने त्यस लयलाई कायम राख्न सकेन । पोर्चुगलले पहिलो हाफको अन्त्यतिर अग्रता लिएको थियो । हेल्डर कोस्टाले केभिन रोड्रीग्वेजको पासलाई सदुपयोग गर्दै पाहुना टोलीलाई […]

October 14, 2018

‘रियल जान जबर्जस्ती गर्दिन’ – इडेन हाजार्ड

लन्डन (एजेन्सी) – बेल्जियन स्टार इडेन हाजार्डको नाम पछिल्लो समय विश्व फुटबलकै महारथी रियल म्याड्रिडसँग नाम जोडिएर आउन थालेको छ । तर हाजार्डले रियल म्याड्रिडबाट खेल्नु आफ्नो बाल्यकाल देखिको सपना भएपनि चेल्सीलाई निराश बनाएर रियल नजाने बताएका छन् । हाजार्डले जनवरीमा ट्रान्सफर विन्डो खुलेको बेलामा कुनै हालतमा पनि चेल्सी छाडेर रियल नजाने प्रष्ट पारे । […]

Success

Thank you for your time.