October 18, 2018
एजेन्सी – अर्जेन्टिनी फरवार्ड गोन्जालो हिगुआइनले क्रिस्टियानो रोनाल्डो युभेन्ट्स आएपछि क्लबले उनलाई अन्यत्र लखेटेको बताएका छन् । गोन्जालो अहिले लोनमा एसी मिलानबाट खेलिरहेका छन् । सन् २०१६ मा नेपोलीबाट ९ करोड युरोमा युभेन्ट्स आएका उनले दुई सिजनमा ४० लिग गोल गरेका थिए । क्लबले लिग उपाधिमा लगातार कब्जा जमाएपनि लक्ष्य बनाएको च्याम्पियन्स लिगमा भने अपेक्षित […]
October 18, 2018
एजेन्सी – पाकिस्तान र अस्ट्रेलियाबीच जारी दोस्रो टेस्टअन्तर्गत बिहीबारको खेलमा ब्याट्सम्यान अजहर अली हाँस्यास्पद रुपमा रनआउट भएका छन् । दिनको नवौं ओभरमा पिटर सिडलले फ्याँकेको बललाई अलीले प्रहार गरेको सट एज लाग्दै गल्लीको दिशामा गयो । फिल्डर सन मार्शले बललाई भेट्न सकेनन् र अलीले बल बाउन्ड्री पार गरेको बुझे । तर बल बाउन्ड्रीनजिकै पुगेर रोकियो […]
October 18, 2018
एजेन्सी – स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको सेभिल्लाका डिफेन्डर सिमोन केएरले आफ्नो टोली लिओनेल मेसी र बार्सिलोनासँग नडराउने बताएका छन् । शनिबार हुने ला लिगाको खेलमा बार्सिलोना र सेभिल्ला भिड्दैछन् । लिगको आठ खेल सकिंदा बार्सिलोना सेभिल्लाभन्दा १ अंक पछाडी दोस्रो स्थानमा छ । बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा हुने खेलमा सेभिल्ला राम्रो लयलाई […]
October 18, 2018
एजेन्सी – अर्जेन्टिनी स्टार एवं बार्सिलोनाका कप्तान लिओनेल मेसीले फ्रान्सेली मिडफिल्डर पल पोग्बालाई म्यानचेस्टर युनाइटेडबाट क्याटलान क्लबमा ल्याउन क्लबसमक्ष आग्रह गरेका छन् । बार्सिलोनाका केहि खेलाडीले यसअघि नै पोग्बालाई बार्सिलोना आउन अन्तरिक प्रक्रिया थालिसकेको बताएका थिए । पोग्बा फ्रान्सबाट खेल्दा बार्सिलोनाका डिफेन्डर स्यामुएल उम्टिटी र ओस्मान डेम्बेले पनि सँगै खेल्ने गर्छन् । दुवै खेलाडीले पोग्बालाई […]
October 18, 2018
एजेन्सी – कोलम्बियन मिडफिल्डर हामेस रोड्रीग्वेजलाई रियलले क्लब छाडेर जान दिनु गल्ति भएको र अब उनी फर्केर रियल नआउने कोलोम्बियाका लेजेण्ड कार्लोस भाल्लेरामाले बताएका छन् । २७ वर्षीय मिडफिल्डर हामेस सन् २०१७ जुलाईमा २ वर्षका लागि लोनमा जर्मन क्लब पुगेका हुन् । बायर्नसँग सिजनको अन्त्यमा ४ करोड २० लाख युरो तिरेर उनलाई क्लबमा स्थायी रुपमा […]
October 18, 2018
एजेन्सी – पेरिस सेन्ट जर्मेनका गोलरक्षक जियानलुइजी बुफोनले युवा स्टार किलियन एमबाप्पे ब्यालोन डी’ओर उपाधिको हकदार भएको अभिव्यक्ति दिएका छन् । १९ वर्षीय एमबाप्पेले पीएसजीलाई गत सिजन तेहेरो उपाधि दिलाएका थिए । लगत्तै रुसमा भएको विश्वकपमा फ्रान्सलाई विश्व विजेता बनाउन उनले प्रभावकारी भूमिका खेले । यस सिजन पनि एमबाप्पेले आफ्नो लयलाई कायम राख्दै सबै प्रतियोगिताको […]
October 18, 2018
एजेन्सी – स्पेनी राष्ट्रिय टोलीबाट तीन गोल र बोरुसिया डर्टमुन्डबाट सात गोल । बार्सिलोना छाडेर सिजनको सुरुवातमा लोनमा जर्मन क्लब पुगेका फवार्ड पाको अल्कासेरको मुहारमा फेरी हाँसो छाएको छ । सन् २०१६ मा भ्यालेन्सिया छाडेर बार्सिलोना पुगेका अल्कासेरले त्यसयता ५० खेल खेले । त्यसमध्ये २२ खेलमा मात्र उनी सुरुवाती ११ मा पर्न सफल रहे । […]
October 17, 2018
एजेन्सी – आधुनिक युगमा क्रिकेट एक खेलमा मात्र सिमित छैन । क्रिकेटरहरु मैदानमा गरेको प्रदर्शनको आधारमा मैदानबाहिर पनि उत्तिकै व्यस्त रहने गर्छन् । मैदानको प्रदर्शनले नै उनीहरुको मैदानबाहिरको कमाईमा असर पर्छ । व्यापारिक प्रायोजनमा क्रिकेट खेलाडीको प्रयोग अहिले बढ्दो छ । कतिपय खेलाडी त क्रिकेट खेलेर भन्दा क्रिकेटबाहिर गरेको कार्यले बढी कमाउने गर्छन् । पछिल्लो […]
October 17, 2018
एजेन्सी – क्रोएसियाका कप्तान एवं रियल म्याड्रिड मिडफिल्डर लुका मोड्रीचले प्रतिष्ठित ब्यालोन डी’ओर उपाधिका लागि आफ्नो रोजाईको खेलाडीको नाम बताएका छन् । मोड्रीच आफैं पनि ३० खेलाडीको मनोनयनमा परेका छन् । उनले विजेताको नाममा आफ्नो नाम भन्न अस्विकार गर्दै उपाधि जित्न हकदार रहेका खेलाडीको नाम लिएका छन् । मोड्रीचले सेप्टेम्बरमा भएको फिफा थे बेस्ट अवार्डको […]
October 17, 2018
एजेन्सी – बार्सिलोनामा ब्राजिलियन खेलाडी अनुबन्धन गर्ने इतिहास निकै लामो छ । रोमारियो, रोनाल्डिन्हो, ड्यानी आल्भेस, नेयमार र कोउटिन्हो जस्ता सफल अनुबन्धनको सुचिमा अब मिडफिल्डर आर्थर पनि जोडिन लागेका छन् । आर्थर यसै सिजन ब्राजिलियन क्लब ग्रेमिओबाट बार्सिलोना आएका हुन् । उनले आश्चर्यजनक रुपमा युरोपेली फुटबलमा आफ्नो छाप बनाइसकेका छन् । उनको खेल्ने शैलीले बार्सिलोना […]