October 20, 2018
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शुक्रबार भएको खेलमा सेल्टा भिगोको मैदानमा १-० को जित दर्ता गर्दै डेपोर्टिभो अलाभेस स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । खेलको ५८ औं मिनेटमा भिक्टर लागुआरडियाको क्रसमा टोमास पिनाले गरेको गोल नै निर्णायक सावित भएको थियो । खेल सुरु हुनुअघि छैटौं स्थानमा रहेको अलाभेसले शीर्ष स्थानमा चढ्न खोजेका […]
October 20, 2018
एजेन्सी – जर्मन बुन्डेसलिगा अन्तर्गत शुक्रबार आइनट्राक्ट फ्रान्कफर्टले फोर्तुना डसलडर्फलाई ७-१ ले पराजित गर्दा फरवार्ड लुका जोभिच एक्लैले ५ गोल गरेका छन् । लिगमा तेस्रो पटक पहिलो रोजाइमा परेका जोभिचले उत्कृष्ट प्रदर्शन गर्दै क्लबलाई साविक विजेता बायर्न म्युनिखभन्दा माथि छैटौं स्थानमा पुर्याए । खेलको २६ औं मिनेटमा एक्रोब्याटिक प्रहारमार्फत उनले गोलको खाता खोलेका थिए । […]
October 20, 2018
काठमाडौं (हाम्रो खेलकुद) – अफगानिस्तान प्रिमियर लिग (एपीएल) अन्तर्गत पहिलो सेमिफाइनलमा नेपालका युवा स्पिनर सन्दीप लामिछानेको टोली नङराहार लेपर्ड्सबल्ख लेजेन्ड्ससँग १ सय ७१ रनको फराकिलो अन्तरले पराजित भएको छ । सन्दीप लगातार खेलमा विश्राममा रहेका थिए । टस जितेर पहिलो ब्याटिङ गरेको लेजेन्ड्सले २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ३५ रनको विशाल योगफल खडा […]
October 19, 2018
एजेन्सी – मोहमद अब्बासले दोस्रो इनिङ्समा पनि पाँच विकेट लिएपछि पाकिस्तानले अस्ट्रेलियाविरुद्ध दोस्रो टेस्टमा ३ सय ७३ रनको फराकिलो जित दर्ता गर्दै सिरिज १-० ले जितेको छ । पाकिस्तानले प्रस्तुत गरेको ५ सय ३८ रनको विशाल लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलिया १ सय ६४ रनमा अलआउट भयो । पहिलो इनिङमा खराब ब्याटिङ गरेको अस्ट्रेलियाले दोस्रो इनिङमा […]
October 19, 2018
एजेन्सी – झन्डै दुई साता लामो विश्राम पछि क्लब फुटबलको रौनक फेरी सुरु हुँदैछ । अन्तर्राष्ट्रिय खेल हुने ब्रेकमा राष्ट्रिय टोलीका लागि प्रतिनिधित्व गरिसकेर खेलाडीहरु आ-आफ्ना क्लबमा फर्किसकेका छन् । युरोपेली फुटबलमा यस साता केहि ठूला खेल हुँदैछन् । उपाधि दावेदार बीच हुने यी खेल सिजनको सुरुवातमै भएपनि दर्शकहरुको लागि रोमांचक हुनेछ । अन्तर्राष्ट्रिय ब्रेक […]
October 19, 2018
एजेन्सी – खेलाडीको जीवनमा खानपिनको भूमिका ठूलो हुन्छ । खेलाडीको शरिरमा आवश्यक पोषक तत्व प्राप्त गर्न उचित खाना खानुपर्छ । खेलअनुसार खानपिनमा फरक फरक खानेकुरा र शैली हुन्छन् । सामान्यतया खेलाडीहरु मासु र अण्डा खाएर पोषक तत्व प्राप्त गर्ने गर्छन् । तर केहि यस्ता खेलाडी छन् जो शुद्ध शाकाहारी पनि छन् । तीनले पनि आफ्नो […]
October 19, 2018
पेरिस (एजेन्सी)– नेयमारले डानी अल्भेसको दबाबमा ब्राजिलियन फुटबल टोलीमा आफुले १० नम्बर जर्सी लगाउन थालेको बताएका छन् । पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्ट्राइकर नेयमारले ब्राजिलबाट खेल्दा आफुले चाहेका २ वटा नम्बर प्रयोग गर्न नपाएको बताए । उनले ७ र ११ नम्बर जर्सी रोजेर पनि नपाएको खुलासा गरे । जर्सीको नम्बर रोज्नुको कारण बताउँदै उनले […]
October 19, 2018
एजेन्सी – जमैकाका कीर्तिमानी धावक युसेन बोल्ट हाल फुटबलमा करियरको बाटो खोज्दैछन् । ८ पटकका ओलम्पिक स्वर्ण विजेता बोल्ट ट्रयाकबाट सन्यास लिएसँगै व्यावसायिक फुटबलमा स्थान बनाउन प्रयासरत छन् । पछिल्लो समय जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट प्रशिक्षण लिएका जमैकन धावक बोल्ट हाल अस्ट्रेलियाको सेन्ट्रल कोस्ट मारिनार्ससँग ट्रायलमा छन् । भर्खरै मात्र ३२ वर्षीय बोल्टले अस्ट्रेलियाको क्लबबाट प्रि-सिजन खेलमा दुई […]
October 19, 2018
बार्सिलोना (एजेन्सी) – स्पेनिस च्याम्पियन बार्सिलोनाले लुइस स्वारेजको कमी पुरा गर्न लिभरपुलबाट रोबर्टो फर्मिनोलाई भित्राउने प्रयास गर्नेछ। लुइस स्वारेजको बढ्दो उमेर र घट्दो फर्मका कारण बार्सिलोनाले २७ वर्षे लिभरपुलका फरवार्ड फर्मिनोलाई स्वारेजको विकल्पको रुपमा हेरेको छ। यो सिजन सोचेअनुरुप प्रदर्शन गर्न नसकेका स्वारेजको भूमिका निर्वाह गर्न बार्सिलोनाले विकल्प खोज्न थालेको हो। फर्मिनो भने लिभरपुलको अग्रपंक्तिमा मेरुदण्डको […]
October 19, 2018
वाशिंगटन (एजेन्सी) – म्यानचेस्टर युनाइटेडका पूर्व स्ट्राइकर वेन रुनीले अमेरिकी फुटबल लिग एमएलएसमा जादु कायम राखेका छन्।सिकागोसँगको खेलमा दुई गोल गर्दै टोलीलाई जित दिलाएका रुनीले बुधबार भएको खेलमा विश्वस्तरीय फ्रि-किक मार्फत डिसी युनाईटेडलाई अर्को जित दिलाए। रुनीको आगमनअघि लिगको पुछारमा रहेको डिसी हाल प्लेअफका लागि प्रतिस्पर्धा गर्दैछ। टोरोन्टो एफसीविरुद्धको खेलमा रुनीले १८ मिनेटमा करिब ३० यार्डबाट फ्रि-किकबाट […]