October 14, 2018
सोफिया (एजेन्सी) – युइएफए नेसन्स लिग फुटबलमा बुल्गेरिया र म्यासेडोनिया विजयी भएका छन् । बुल्गेरियाले साइप्रसलाई २–१ ले पराजित गरेको हो । बुल्गेरियाको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीले १–० ले पछि परेको अग्रता उल्ट्याउदै २–१ को जित निकालेको हो । अर्को खेलमा जिब्रालटारले अर्मेनियालाई १-० ले पराजित गर्दै ऐतिहासिक जित दर्ता गर्यो । बुल्गेरियाको जितमा […]
October 14, 2018
आम्सटर्डम (एजेन्सी) – २०१४ को विश्वविजेता जर्मनी नेदरल्यान्डसँग स्तब्ध बनेको छ । युइएफए नेसन्स लिग ‘ए’ अन्तरगतको समूह १ को खेलमा जर्मनी नेदरल्यान्डसँग ३–० ले स्तब्ध बनेको हो । जर्मनीलाई स्तब्ध बनाउन भर्जिल भान डिजिक, मेम्फिस डिपे र जर्जिन्हो विज्नल्डमले गोल गरे । नेदरल्यान्डको जोहान क्रुफ एरिनामा शनिबार राति भएको खेलमा जर्मनी खेलको ३०औं मिनेटमा […]
October 13, 2018
मोनाको (एजेन्सी) – फ्रान्सेली क्लब मोनाकोले थिएरी हेनरीलाई मुख्य प्रशिक्षकको रुपमा अनुबन्ध गरेको छ । यसअघि बेल्जियम राष्ट्रिय टोलीका सहायक प्रशिक्षकका रुपमा काम गरेका हेनरीलाई मोनाकोले २०२१ जुन अन्त्यसम्मका लागि आबद्ध गरेको हो । फ्रान्सेली लेजेन्ड हेनरीले मोनाकोबाट सन् १९९४ देखि १९९९ सम्म ५ वर्ष खेल्दै लिग वोन उपाधि जिताउन मद्दत गरेका थिए । हाल […]
October 13, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोली शनिबार मलेसियाबाट आईसीसी टि-२० विश्वकप छनोट एसिया क्षेत्र समूह ‘बी’ को उपाधि जित्दै घर फर्कियो । नेपाली टोलीको आगमन हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको दृश्यहरु :
October 13, 2018
एजेन्सी – अर्जेन्टिना राष्ट्रिय टोलीका पूर्व खेलाडी एवं पूर्व प्रशिक्षक डिएगो म्याराडोनाले बार्सिलोना तथा अर्जेन्टिना राष्ट्रिय टोलीका वर्तमान कप्तान लिओनेल मेसी नेतृत्व गर्न उचित व्यक्ति नभएको अभिव्यक्ति दिएका छन् । सन् २०१० मा दक्षिण अफ्रीकामा भएको विश्वकप दौरान मेसीलाई कप्तानीको समेत जिम्मेवारी दिएका म्याराडोनाले मेसी कप्तान बन्दा टोलीलाई कुनै किसिमको फाइदा नहुने बताएका हुन् । […]
October 13, 2018
निगाता (एजेन्सी) – किरिन च्यालेन्ज कपको खेल अन्तर्गत शुक्रबार राती भएको खेलमा जापानले पानामालाई ३-० को फराकिलो अन्तरले पराजित गरेको छ । जापानका लागि खेलको पहिलो हाफ सकिनुभन्दा तीन मिनेटअघि साल्जबर्गका फरवार्ड टाकुमी मिनामिनोले गोल गर्दै अग्रता दिलाएका थिए । उनले पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट स्किल प्रदर्शन गर्दै गोल गरेका थिए । जापानले ६६ औं मिनेटमा […]
October 13, 2018
ब्रकसेल्स (एजेन्सी) – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका फरवार्ड रोमेलु लुकाकुले दुई गोल गरेपछि बेल्जियमले युइएफए नेसन्स लिग फुटबलमा स्वीट्जरल्याण्डलाई पराजित गरेको छ । किङ बोउडोउइनमा शुक्रबार राति भएको खेलमा बेल्जियमले स्विजरल्याण्डमाथि २–१ को जित निकालेको हो । स्वीट्जरल्याण्डका मारियो गाव्रानोविचले एक गोल फर्काए । सबै तीन गोल दोस्रो हाफमा सम्भव भएको थियो । प्रतिस्पर्धात्मक बनेको […]
October 13, 2018
(एजेन्सी) – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा एसियन राष्ट्र कतारले दक्षिण अमेरिकी इक्वेडरलाई पराजित गरेको छ । कतारले घरेलु मैदानमा ९ खेलाडीमा समेटिएको इक्वेडरमाथि ४–३ को जित निकालेको हो । कतारको जितमा अल्मोइज अलीले २ तथा अक्रम अफिफ र हसन अल हाइडोजले समान १ गोल गरे । इक्वेरका इनर भ्योलेन्सियाले २ तथा जोसे सेभालसले गोल गरेपनि हार […]
October 13, 2018
रियाद (एजेन्सी) – ग्याब्रिएल जेसस र एलेक्स सान्ड्रोले गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पाँच पटकको विश्व विजेता ब्राजिलले साउदी अरेबियामाथि २–० को सहज जित निकालेको छ । साउदी अरेबियाको घरेलु मैदान किङ साउद युनिभर्सिटीमा शुक्रबार राति भएको खेलमा ब्राजिलले शुरुवातबाटै आक्रमण बुनेपनि गोल गर्न असमर्थ रह्यो । अग्रपङ्तिमा स्टार खेलाडीहरु नेयमार, फिलिपे कौटिन्हो र जेससलाई […]
October 13, 2018
काइरो (एजेन्सी) – अफ्रिकन कप अफ नेसन्सको छनोट चरणको खेलमा लिभरपुलका स्टार मोहम्मद सलाहले इजिप्टका लागि सोझै कर्नरबाट गोल गरेका छन्। स्वाजिलयाण्डविरुद्ध ४-१ को जितमा इजिप्टको चौथो गोल सलाहले कर्नर मार्फत गरेका हुन्। इजिप्टको राजधानी काइरोस्थित अल सलाम रंगशालामा भएको खेलमा इजिप्टले पहिलो हाफमै चार गोल गरेको थियो। खेलको ४५ औं मिनेटमा पाएको कर्नरलाई सलाहले सोझै […]