December 12, 2018
एजेन्सी – इंग्लिस प्रिमियर लिग क्लब टोटेनहम हट्स्परले बार्सिलोनालाई उसको घरेलु मैदान क्याम्प नोउमा १-१ को बराबरीमा रोक्दै युरोपेली च्याम्पियन्स लिगमा दोस्रो चरणको यात्रा तय गरेको छ । समूहको सुरुवाती तीन खेलमा जम्मा १ अंक जोडेको टोटेनहमले त्यसयता लगातार दुई जित र मंगलबारको खेलमा बार्सिलोनालाई बराबरीमा रोक्दै अन्तिम १६ मा स्थान बनाएको हो । समूहको […]
December 11, 2018
टुरिन (एजेन्सी)– क्रिस्टियानो रोनाल्डो र युभेन्ट्सका अन्य खेलाडीले सोमबार क्रिस्मस डिनरमा सामेल भएका छन् । क्लबले सिरिएमा उत्कृष्ट प्रदर्शन गर्दै शीर्षस्थानमा रहेको छ । १५ खेल खेलिसकेको युभेन्ट्सले १४ खेलमा जित र १ मा बराबरी गरि ४३ अंक जोडिसकेको छ । दोस्रो स्थानको नेपोली भन्दा युभेन्ट्स ८ अंकले अगाडि छ । लगातार सफलताका बीच वार्षिक […]
December 11, 2018
पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टार केलियन एमबाप्पेले पछिल्लो दिनमा टोलीका सहकर्मी अर्को स्टार नेयमारसँगको सम्बन्ध सुधार भईरहेको बताएका छन् । दुई सुपर स्टारबीच तिक्तता रहेको कतिपय समाचारमा उल्लेख गरिएको थियो । यहाँ सम्मकी ड्रसिङ रुपमा पनि यी दुई टोलीले एकअर्कालाई हर्थेनन् । फ्रान्सेली एउटा पत्रिकाले पिएसजीले फाइनान्सियल फेयर प्लेका कारण पनि दुई […]
December 11, 2018
एनफिल्ड (एजेन्सी) – युइएफए च्याम्पियन्स लिग फुटबलमा आज राति आठ खेल हुदैछ । आठ खेलमध्ये सबैभन्दा रोमाञ्चक खेल समूह ‘सी’ को हुनेछ । समूह ‘सी’ बाट सर्वियन क्लब रेडस्टार बेलग्रेड समूह चरणबाट बाहिरिसक्दा इटालियन क्लब नेपोली, फ्रेन्च क्लब पीएसजी र इंग्लिस क्लब लिभरपुल नकआउट चरण नजिक छ । नेपोलीको ५ खेलबाट ९ अंक छ । […]
December 11, 2018
एजेन्सी (क्याटलान) – युइएफए च्याम्पियन्स लिग फुटबलमा सोमबार राति स्पेनिस क्लब बार्सिलोनाले घरेलु मैदानमा इंग्लिस क्लब टोटेनहम हस्टपरको आतिथ्यता गर्दैछ । खेल नेपाली समयअनुसार सोमबार राति १ः४५ बजे शुरु हुदैछ । नकआउट चरणमा स्थान बनाइसकेको बार्सिलोना टोटेनहमलाई पराजित गर्दै समूहमा अपराजित रहने लक्ष्यमा हुनेछ । बार्सिलोनाको ५ खेलबाट १३ अंक रहेको छ । यसक्रममा बार्सिलोनाले […]
December 11, 2018
एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार अन्तिम चरणको खेल सुरु हुँदैछ । सबै समूहको अन्तिम खेल बाँकी रहँदा अधिकांश समूहको समूह विजेता टुङ्गो लागिसकेको छ भने केहि समूहमा अर्को चरणमा जाने टोली पनि अझै पक्का भएको छैन । प्रत्यक समूहमा कुन टोलीको स्थिति के छ र अन्तिम खेलमा कस्तो नतिजा आएमा टोली अगाडी बढ्छ […]
December 11, 2018
एभर्टन (एजेन्सी) – इन्ज्युरी समयको थप गरिएको छैटौ मिनेटमा लुकास डिग्नेले गोल गरेपछि एभर्टन इंग्लिस प्रिमियर लिग फुटबलमा हारबाट जोगिएको छ । एभर्टन र वाटफोर्डले २–२ गोलको बराबरी खेलेको हो । घरेलु मैदान गुडिसन पार्कमा भएको खेलमा एभर्टनले १५औं मिनेटमा रिचार्लीसनको गोलबाट अग्रता बनाएको थियो । रिचार्लीसनले आन्द्र गोमेजको पासलाई सदुपयोग गरेका थिए । पहिलो […]
December 11, 2018
म्युनिख (एजेन्सी)– जर्मनीका मुख्य प्रशिक्षक जोचिम लोले भविष्यमा रियल म्याड्रिड जस्तो क्लबलाई प्रशिक्षण दिन सक्ने संकेत गरेका छन् । रियल अहिले स्पेनिस ला लिगामा पाँचौं स्थानमा रहेको छ । विश्वकप सुरु हुनु केहि दिन अघि प्रशिक्षकमा नियुक्त भएका तत्कालिन स्पेनी राष्ट्रिय टोलीका प्रशिक्षक जुलेन लोपेटेगुइलाई रियलले सिजनको सुरुवाती समयमै बर्खास्त गरेको थियो । अहिले सान्टियागो […]
December 10, 2018
एजेन्सी – स्पेनिस क्लब तथा युरोपेली च्याम्पियन रियल म्याड्रिडलाई यसै साता सुरु हुने क्लब विश्वकपमा सहज ड्र परेको छ । यसपटक विश्वकप डिसेम्बर १२ देखि २२ सम्म संयुक्त अरब इमिरेट्सको आबुधावीमा हुँदैछ । रियलले सिधै प्रतियोगिताको सेमिफाइनल खेल खेल्नेछ । क्वाटरफाइनलमा काशीमा एन्टलर्स र सिभास ग्वाडलाहाराको विजेतासँग रियलले फैंल प्रवेशका लागि डिसेम्बर १९ मा खेल्नेछ […]
December 10, 2018
एजेन्सी – युभेन्ट्सका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले बार्सिलोनाका कप्तान लिओनेल मेसीलाई स्पेन छाडेर इटालीमा आउन चुनौती दिएका छन् । रियल म्याड्रिडका पूर्व फरवार्ड रोनाल्डोले एक अन्तर्वार्ताका क्रममा अर्जेन्टिनी कप्तान मेसीलाई यसो भनेका हुन् । इटालीको प्रतिष्ठित ला गजेटा डेलो स्पोर्ट ले लिएको अन्तर्वार्तामा रोनाल्डोलाई मेसीसँगको प्रतिस्पर्धा कतिको मिस भएको छ भन्ने प्रश्न गरिएको थियो । […]