default_image

अन्तर्राष्ट्रिय

December 22, 2018

‘रियल फर्कने अहिले सोचेको छैन’- रोड्रिग्वेज

बर्लिन (एजेन्सी)– बायर्न म्युनिखका मिडफिल्डर हामेस रोड्रिग्वेजले रियल म्याड्रिड फर्कने विषयमा नसोचेको बताएका छन् । रियलबाट लोनमा बायर्न पुगेका उनको सम्झौता यो सिजनको अन्त्यमा सकिनेछ । रोड्रिग्वेजले प्रशिक्षक निको कोभाकसँगको असमझदारी रहेको भन्ने विषय पनि अस्वीकार गरेका छन् । रियलका तत्कालिन प्रशिक्षक जिनेदिन जिदानलाई प्रभाव पार्न असफल भएपनि रोड्रिग्वेज जर्मन च्याम्पियन टोलीमा आबद्ध भएका थिए […]

December 22, 2018

लिभरपुललाई शीर्षस्थानमा ४ अंकको अग्रता

एजेन्सी – मर्सिसाइड क्लब लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा चार अंकको अग्रता लिदै उपाधि दावेदारिता थप बलियो बनाएको छ । प्रिमियर लिगअन्तर्गत शुक्रबार राति भएको खेलमा वल्भ्सलाई २–० ले पराजित गरेपछि लिभरपुलले दोस्रो स्थानाको म्यानचेस्टर सिटीसँग ४ अंकको अग्रता बनाएको हो । यद्दपि सिटीले एक खेल कम खेलेको छ । सिटीले आज राति क्रिस्टल प्यालेससँग […]

December 21, 2018

जुनसुकै भूमिकाका लागि बेल तयार

अबुधाबी (एजेन्सी)– रियल म्याड्रिडका फरवार्ड ग्यारेथ बेलले प्रशिक्षकले दिने जुन सुकै भूमिकामा पनि आफु खेल्न तयार रहेको बताएका छन् । बेलको ह्याट्रिकसँगै काशीमा एन्टलर्सलाई ३–१ ले हराउँदै बुधबार रियल म्याड्रिड क्लब विश्व कपको फाइनलमा पुगेको थियो । उनले बुधबार लेफ्ट विङ्सबाट खेलेका थिए । टोटेनह्याममा हुँदा देखि नै बेल तीब्रगतिका विङ्गर थिए । तर, स्पेनिस […]

December 21, 2018

लुकाकुले दुई खेल गुमाउने

एजेन्सी – म्यानचेस्टर युनाइटेडका फरवार्ड रोमेलु लुकाकुले चोटका कारण नव नियुक्त अन्तरिम प्रशिक्षक ओले गनर सोल्सजरको प्रशिक्षणमा सुरुवाती दुई खेल गुमाउने भएका छन् । चोट र व्यक्तिगत कारण बिदामा रहेका लुकाकु अर्काे साता मात्रै म्यानचेस्टर युनाइटेडको प्रशिक्षणमा सामेल हुनेछन् । लुकाकु दुई खेल गुमाउने भएपछि नयाँ प्रशिक्षक गुनरलाई सुरुवाती झट्का लागेको छ । लुकाकु टिममा […]

December 20, 2018

शाकिबले करिअर उत्कृष्ट प्रदर्शन गर्दा वेस्ट इन्डिज पराजित

एजेन्सी – अलराउण्डर शाकिब अल हसनले करिअरकै सर्वोत्कृष्ट बलिङ प्रदर्शन गरेपछि बंगलादेशले दोस्रो टी-२० मा वेस्ट इन्डिजलाई ३६ रनले पराजित गरेको छ । बलिङतर्फ करिअरमा पहिलो पटक ५ विकेट लिएका शकिबले ब्याटिङमा पनि आक्रामक ४२ रन जोडेका थिए । बंगलादेशले प्रस्तुत गरेको २ सय १२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिजले अन्तिम ओभरमा सबै […]

December 20, 2018

रोनाल्डो र मेसीको कीर्तिमानसँग बेलको बराबरी

अबुधाबी (एजेन्सी)– ग्यारेथ बेलको ह्याट्रिकसँगै काशीमा एन्टलर्सलाई ३–१ ले हराउँदै बुधबार रियल म्याड्रिड क्लब विश्व कपको फाइनलमा पुगेको थियो । पहिलो हाफको अन्त्यतिर पहिलो गोल गरेका वेल्सका फरवार्डले दोस्रो हाफ सुरु भएको केहि समयमा नै ह्याट्रिक पुरा गरेका थिए । योसँगै क्लब विश्व कपका तीन अलग संस्करणमा गोल गर्ने २९ वर्षे बेल तेस्रो खेलाडी बनेका छन् […]

December 20, 2018

बायर्नले डर्टमण्डसँगको अंक दुरी छोट्यायो

एजेन्सी – साविकको विजेता बायर्न म्युनिखले शीर्षस्थानमा रहेको बोरुसिया डर्टमन्डसँगको अंक दुरी छोट्याएको छ । बुन्डेसलिगा अन्तरगत बुधबार राति भएको खेलमा बायर्नले आरबी लेपिजिजलाई १–० ले पराजित गर्दै डर्टमन्डसँगको अंक दुरी ६ मा झारेको हो । डर्टमन्डको १६ खेलबाट ३९ अंक रहँदा समान खेलबाटै बायर्नले ३३ अंक जोड्यो । तर, बायर्न गोल अन्तरमा तेस्रो स्थानमा […]

December 20, 2018

चेल्सी र टोटेनहम कारवाओ कपको सेमिफाइनलमा

एजेन्सी – लन्डन क्लब चेल्सी र टोटेनहम हस्टपरले कारवाओ कपको सेमिफाइनलमा स्थान बनाएका छन् । चेल्सीले प्रिमियर लिग प्रतिद्वन्द्वी बोर्नमाउथलाई १–० ले तथा टोटेनहमले अर्काे प्रिमियर लिग प्रतिद्वन्द्वी आर्सनललाई २–० ले पराजित गर्दै कारवाओ कप (इंग्लिस लिग) कपको अन्तिमा चारमा स्थान बनाउन सफल भएका हुन् । चेल्सीले घरेलु मैदानमा बुधबार राति भएको खेलमा गोलका लागि […]

December 20, 2018

बेलको ह्याट्रिकसँगै रियल विश्वकप फाइनलमा

एजेन्सी – फरवार्ड ग्यारेथ बेलले ह्याट्रिक गरेपछि युरोपेली च्याम्पियन रियल म्याड्रिड जापानी क्लब काशीमा एन्टलर्सलाई पराजित गर्दै क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार रियलले काशीमालाई ३-१ ले पराजित गर्दै उपाधि भिडन्त तय गरेको हो । रियलले पहिलो हाफको १ मिनेट समय बाँकी रहँदा अग्रता बनाएको थियो । बेलले गोल गर्दै रियललाई खेलमा अगाडी […]

December 19, 2018

सोल्सजर युनाइटेडको कार्यवाहक प्रशिक्षकमा नियुक्त

एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले क्लबका पूर्व खेलाडी ओले गुनार सोल्सजरलाई २०१८-१९ सिजनको अन्त्यसम्म कार्यवाहक प्रशिक्षकको रुपमा नियुक्त गरेको छ । मंगलबार प्रशिक्षक जोसे मोउरिन्होलाई बर्खास्त गरेको क्लबले बुधबार नै उनको स्थानमा कार्यवाहक प्रशिक्षक नियुक्त गरेको हो । क्लबका पूर्व फरवार्ड सोल्सजरले ३ सय ६६ खेलमा १ सय २६ गोल गरेका थिए । […]

Success

Thank you for your time.