default_image

अन्तर्राष्ट्रिय

January 5, 2019

अष्ट्रेलियामाथि भारतको दवदवा

एजेन्सी – भारतसँगको चौथो तथा निर्णायक टेस्टमा तेस्रो दिनको खेल सकिदा अष्ट्रेलियाले संघर्ष गरिरहेको छ । तेस्रो दिनको खेल सकिदा घरेलु टोली अष्ट्रेलिया भारत भन्दा अझै ३ सय ८६ रनले पछि छ । दिनको सुरुवात २४-० को अवस्थाबाट गरेको अष्ट्रेलियाले तेस्रो दिनको खेल सकिदा २३६/६ को अवस्थामा छ । उस्का लागि पिटर हृयान्डस्कोम्ब २८ र […]

January 5, 2019

ठूला खेलका नायक सर्जियो अगुएरो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले शीर्ष स्थानमा रहेको लिभरपुललाई बिहीबार राति २–१ ले पराजित गर्दै उपाधि यात्रामा फर्कियो । खेलमा फरवार्ड सर्जियो अगुएरोले उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो स्तर सिद्ध पारे । सिटीका लागि अगुएरोले पहिलो गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए । उनले ४०औं मिनेटमा बर्नाडो सिल्भाको पासलाई गोलमा परिणत गरेका […]

January 5, 2019

ट्रानमेरविरुद्ध टोटेनहमको सात गोल, लोरेन्टेको ह्याट्रिक

एजेन्सी – प्रिमियर लिग क्लब टोटेनहम हस्टपर एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । एफए कपको तेस्रो चरणमा टोटेनहमले दोस्रो श्रेणीको ट्रानमेर रोभर्समाथि ७–० को फराकिलो जित निकाल्दै चौथो चरणमा पुग्न सफल भएको हो । ट्रानमेरको घरेलु मैदानमा भएको खेलमा टोटेनहमको फराकिलो जितमा फर्नान्डो लोरेन्टेले ह्याट्रिक पूरा गर्दा सर्ज औरियरले २ गोल गरे । […]

January 4, 2019

पन्त र पुजाराको उत्कृष्ट शतकसँगै भारत बलियो

एजेन्सी (सिड्नी) – चेतेश्वर पुजारा र युवा खेलाडी तथा विकेटकिपर ऋषव पन्तको सानदार शतकमा अष्ट्रेलियासँगको चौथो तथा निर्णायक टेस्टमा दोस्रो दिनको खेल सकिदा भारत बलियो अवस्थामा छ । भारत पहिलो इनिङसमा ५ सय ९८ रनले अघि छ । दोस्रो ३०३-४ को अवस्थाबाट खेल्न थालेको भारतले १६७.२ ओभरमा ६२२/७ को अवस्थामा पहिलो पाली समाप्त गर्यो । […]

January 4, 2019

‘२०१८ मेरो खेल जीवनको उत्कृष्ट वर्ष’-रोनाल्डो

टुरिन (एजेन्सी)– फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले सन् २०१८ आफ्नो खेल जीवनको सबैभन्दा उत्कृष्ट बर्ष रहेको बताएका छन् । अघिल्लो वर्ष रियल म्याड्रिडलाई लगातार तेस्रो वर्ष च्याम्पियन्स लिग जिताउन अगुवाई निर्वाह गरेका रोनाल्डो समरमा सिरि एको सफल टोली युभेन्ट्समा आबद्ध भएका थिए । रियलमा नौ वर्ष सफल यात्रा तय गरेका ३३ वर्षे रोनाल्डोले क्लब छाड्ने निर्णय […]

January 4, 2019

रियल म्याड्रिड र भिल्लारियलको बराबरी

एजेन्सी– युरोपको महारथी रियल मड्रिड स्पेनिस ला लिगा फुटबलमा भिल्लारियालसँग बराबरीमा रोकिएको छ । रियल भिल्लारियालसँग २–२ गोलको बराबरीमा रोकिएको हो । भिल्लारियालको मैदानमा बिहीबार राति भएको खेलमा रियालले खेलमा पछि परेर अग्रता बनाएपनि त्यसलाई जोगाउन नसक्दा अंक बाड्न बाध्य बन्यो । भिल्लारियालका सान्टी कार्जाेलाले दुई गोल गरे । रियलका करिम बेन्जेमा र राफेल भरानले […]

January 4, 2019

म्यानचेस्टर सिटीले लिभरपुललाई हरायो, शीर्षस्थानमा अग्रता घट्यो

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सिजनको पहिलो हार बेहोरेको छ । लिग अन्तर्गत बिहीबार राति भएको खेलमा सिटीसँग २–१ ले पराजित भएसँगै लिभरपुलले सिजनको पहिलो हार बेहोरेको हो । लिभरपुललाई प्रिमियर लिगमा पहिलो हार चखाउन घरेलु टोलीका सर्जियो अग्विरो र लिरोए सानेले गोल गरे । लिभरपुलका रोबर्टाे फिर्मिनोले गोल फर्काए । इतिहाद स्टेडियममा […]

January 3, 2019

न्युजिल्यान्डसँग श्रीलंका पराजित,परेराको शतक काम लागेन

एजेन्सी – न्युजिल्यान्डसँगको पहिलो वान डे खेलमा बिहीबार पाहुना टोली श्रीलंका ४५ रनले पराजित भएको छ । ३ सय ७२ रनको विशाल लक्ष्य पक्ष्याएको श्रीलंका ४९ ओभरमा सबै विकेट गुमाएर ३ सय २६ रनमा समेटियो । श्रीलंकाका लागि कुशल परेराले शतक प्रहार गरे पनि टोलीको हार टार्न सकेनन् । परेराले ८६ बलमा १३ चौका र १ […]

January 3, 2019

पुजाराको सानदार शतकमा भारतको बलियो प्रदर्शन

एजेन्सी (सिड्नी)– चेतेश्वर पुजाराले करिअरको १८ औं शतक प्रहार गरेपछि अष्ट्रेलियासँगको चौथो तथा अन्तिम टेस्टको पहिलो दिनमै भारत विशाल योगफल तर्फ बढेको छ । सिड्नीमा पहिलो दिनको खेल सकिँदा टस जितेर ब्याटिङ थालेको भारतले ९० ओभरमा ३ सय ३ रन बनाउन ४ विकेट गुमाएको छ । उस्का लागि पुजारा २ सय ५० बलमा १६ चौका […]

January 3, 2019

अष्ट्रेलिया र भारतका खेलाडी कालो पट्टी बाँधेर खेल्दै

एजेन्सी – अष्ट्रेलिया र भारतबीचको चौथो तथा निर्णायक टेस्ट सिड्नीमा जारी छ । आज टस जितेर पहिला ब्याटिङ थालेको भारतले राम्रो सुरुवात गरेको छ । तर सिड्नीमा अष्ट्रेलिया र भारतका दुबै खेलाडीलाई अलि फरक रुपमा देखियो । दुवै टोलीका खेलाडी कालो पट्टी बाँधेर मैदान उत्रिएका छन् । दुबै टोलीले कालो पट्टी बाध्नुको फरक फरक कारण […]

Success

Thank you for your time.