January 7, 2019
एजेन्सी – लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले कोपा डि फ्रेन्चमा फराकिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा पीएसजीले जिएसआइ पोन्टीभीलाई ४–० को फराकिलो अन्तरले पराजित गरेको हो । पीएसजीको जितमा नेयमार, केलियन एमबाप्प र जुलियन ड्राक्सलरले गोल गरे । एक गोल उपहार पाएको थियो । २४औं मिनेटमा स्यलभेन जुलेको आत्मघाती […]
January 7, 2019
एजेन्सी – स्टार फरवार्डद्धय कप्तान लियोनेल मेस्सी र लुइस स्वारेजले गोल गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा गेटाफेलाई पराजित गरेको छ । स्पेनिस ला लिगा अन्तरगत आइतबार राति भएको खेलमा लिगको शीर्षस्थानमा रहेको बार्सिलोनाले गेटाफेलाई २–१ ले पराजित गरेको हो । गेटाफेको मैदामा भएको खेलमा खेलमा २०औं मिनेटमा कप्तान लियोनेल मेस्सीको गोलबाट बार्सिलोनाले खेलमा सुरुवाती […]
January 7, 2019
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत अाइतबार भएको खेलमा रियल सोसिडाडले रियल म्याड्रिडको घरेलु मैदानमा २-० को जित दर्ता गरेको छ । खेलको तेस्रो मिनेटमा नै पाहुना टोली सोसिडाडले अग्रता लिएको थियो । विलियन जोसेले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाएका थिए । रियलले गोल गर्ने अवसर सिर्जना गरेपनि त्यसलाई सदुपयोग गर्न नसक्दा खेलमा फर्कन असफल […]
January 6, 2019
आवुधावी (एजेन्सी) – भेट्रान फरवार्ड तथा भारतको सर्वाधिक गोलकर्ता सुनिल क्षेत्रीको दुई गोलको मद्दतमा भारतले एसियन कप फुटबलमा थाइल्यान्डलाई ४–१ ले पराजित गरेको छ । भारतको जितमा सुनिल क्षेत्रीले दुई तथा अनिरुध थापा र जेजे लालपेख्लुले समान १ गोल गरे । पराजित टिमका लागि तिरासिल डाङ्दाले गोल गरे । सुनिल क्षेत्रीको पेनाल्टी गोलबाट भारतले २७औं […]
January 6, 2019
इतिहाद (एजेन्सी) – इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले एफए कपको तेस्रो चरणमा रोधरह्याममाथि ७–० को फराकिलो जित निकालेको छ । घरेलु मैदान इतिहाद स्टेडियममा आइतबार भएको खेलमा च्याम्पियनसिप क्लब रोधरह्याममाथिको सिटीको फराकिलो जितमा सात खेलाडीले गोल गरे । सिटीका रहिम स्ट्रलिङ, फिल फोडेन, गाब्रियल जेसस, रियाद महारेज, निकोलस ओटामेन्डी र लिरोए सानेले गोल गर्दा […]
January 6, 2019
एजेन्सी – युनाइटेड अरब इमिरेट्स (युएईं) मा शनिबारबाट सुरु भएको एसियन कप फुटबलमा जोर्डनसंग अष्ट्रेलिया १–० ले स्तब्ध बनेको छ । हाजा विन जायद स्टेडियममा आइतबार भएको समूह ‘बी’ को पहिलो राउन्डको खेलमा जोर्डनलाई जिताउन अनास बानी यासिनले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । यासिनले खेलको २६औं मिनेटमा गोल गर्न सफल भएका थिए […]
January 6, 2019
एजेन्सी – इंग्ल्यान्ड तथा आर्सनलका युवा फरवार्ड जोसेफ विलकको दुई गोल मद्दतमा आर्सनलले ब्ल्याकपुललाई पराजित गरेको छ । एफए कप अन्तरगतको तेस्रो चरणको खेलमा आर्सनलले ब्ल्याकपुललाई ३–० ले पराजित गरेको हो । आर्सनलको जितमा युवा फरवार्ड जोसेफले दुई गोल गरे । एक गोल एलेक्स इओवीले थपे । ब्ल्याकपुलको मैदानमा भएको खेलमा खेलको ११औं मिनेटमा जोसेफ […]
January 6, 2019
एजेन्सी – फरवार्ड अल्भेरो मोराटाको दुई गोल मद्दतमा लन्डन क्लब चेल्सी एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । शनिबार राति भएको तेस्रो चरणको खेलमा च्याम्पियनसिप क्लब नटिङघम फरेष्टलाई २–० ले पराजित गर्दै चेल्सीले चौथो चरणमा पुग्न सफल भएको हो । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले खेलमा पकड बनाएपनि गोलको लागि दोस्रो […]
January 6, 2019
एजेन्सी – हुवान माटा र रोमेलु लुकाकुको गोलमा म्यानचेस्टर युनाइटेड इंग्लिस एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । शनिबार राति भएको तेस्रो चरणको खेलमा युनाइटेडले रिडिङलाई २–० ले पराजित गर्दै चौथो चरणमा पुग्न सफा भएको हो । घरेलु मैदानमा ओल्ड ट्राफोर्डमा खेलको २२औं मिनेटमा माटाले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । […]
January 5, 2019
एजेन्सी – न्युजिल्यान्डसँगको दोस्रो वान डे खेलमा शनिबार पाहुना टोली श्रीलंका २१ रनले पराजित भएको छ । ३ सय २० रनको विशाल लक्ष्य पक्ष्याएको श्रीलंका ४६.२ ओभरमा सबै विकेट गुमाएर २ सय ९८ रनमा समेटियो । श्रीलंकाका थिसेरा परेराले विश्फोटक कीर्तिमानी शतक प्रहार गरेपनि एक्लो प्रयासले टोलीको हार टार्न सकेनन् । पेरराले ७४ बलमा ८ […]