default_image

अन्तर्राष्ट्रिय

January 16, 2019

‘रोनाल्डो बिक्री गर्नु रियलको कमजोरी’

म्याड्रिड (एजेन्सी)– सुपर स्टार क्रिस्टियानो रोनाल्डो विक्री गरेकोमा विलियम कार्भाल्होले रियल म्याड्रिडको आलोचना गरेका छन् । २ सय मिलियन युरोमा पनि आफुले भए पोर्चुगिज सुपर स्टारलाई नबेच्ने उनले बताएका छन् । रियल भने कीर्तिमानी खेलाडीलाई विक्री गरेयता यो सिजन गोल र एकरुपताको प्रदर्शनका लागि संघर्षरत रहेको छ । रोनाल्डो सिजनको सुरुवातमा रियलबाट युभेन्ट्स पुगेका थिए […]

January 16, 2019

केन दुई महिना मैदान बाहिर

एजेन्सी – इंग्लिस क्लब टोटेनहम हट्स्परका फरवार्ड ह्यारी केन चोटका कारण दुई महिना मैदान बाहिर रहने भएका छन् । प्रिमियर लिग अन्तर्गत आइतबार म्यानचेस्टर युनाइटेडविरुद्धको खेलमा एंकलमा चोट बोकेपछि केन करिव २ महिना मैदान बाहिर रहने क्लबले जनाएको छ । उनी मार्चमा मात्रै प्रशिक्षणमा फर्कने क्लबले जनाएको छ । ‘केनले एंकलको लिगामेन्टमा चोट बोकेका छन् […]

January 16, 2019

गोलरक्षक चेकद्वारा सन्यासको घोषणा

एजेन्सी – लन्डन क्लब आर्सनलका भेट्रान गोलरक्षक पिटर चेकले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् । चेकले मंगलबार सामाजिक संजाल ट्वीटरबाट सिजनको अन्त्यसँगै सन्यास लिने घोषणा गरेका हुन् । सन्यासको घोषणा गर्दै ३६ वर्षीय चेकले आफुले व्यवसायिक फुटबलमा २०औं सिजन बिताएको र यो नै सन्यासको उपयुक्त समय रहेको बताएका छन् । ‘मैले व्यवसायिक फुटबल खेलेको […]

January 15, 2019

रोमाञ्चक जितसँगै अष्ट्रेलिया एसियन कपको प्रि–क्वाटरफाइनलमा

एजेन्सी – सिरियामाथि रोमाञ्चक जित निकाल्दै अष्ट्रेलिया एसियन कपको प्रि–क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ । एसियन कप अन्तरगत समूह ‘बी’ को अन्तिम खेलमा सिरियालाई ३–२ ले पराजित गर्दै अष्ट्रेलिया समूह उपविजेताको रुपमा अन्तिम १६ मा पुग्न सफल भएको हो । यो समूहबाट जोर्डन समूह विजेताको रुपमा प्रि–क्वाटरफाइनलमा पुग्न सफल भयो । जोर्डनले ३ खेलबाट […]

January 15, 2019

फेडेरर, नाडाल र जोकोभिचको अष्ट्रेलियन ओपनमा बलियो सुरुवात

मेल्बर्न (एजेन्सी) – विश्व टेनिसको ‘बिग थ्रि’ मानिने रोजर फेडेरर, राफायल नाडाल र नोभाक जोकोभिच मेल्बर्नमा संचालित अष्ट्रेलियन ओपनको पहिलो चरणमा सहज जितसहित दोस्रो चरणमा प्रवेश गरेका छन् । पहिलो दिनको खेलमा फेडेररले डेनिस इस्टोमिनलाई ६-३, ६-४, ६-४ को सोझो सेटमा पराजित गरेका थिए । त्यस्तै नाडालले अष्ट्रेलियाका जेम्स डकवर्थलाई ६-४, ६-३, ७-५ को सोझो […]

January 15, 2019

सन्दीप प्लेइङ ११ मा नै परेनन्

ढाका (एजेन्सी)– नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेको बंगलादेश प्रिमियर लिगमा (बिपिएल) को चौथो खेलमा प्लेइङ ११ अटाएका छैनन् । चौथो खेलमा सन्दीपको टिम टोली सिल्हेट सिक्सर्सले कोमिल्ला भिक्टोरिएन्सविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्दै छ । कप्तान डेविड वार्नरले बुझाएको प्लेइङ ११ को सूचिमा सन्दीपको नाम अटाएको छैन । सन्दीपले पछिल्ला दुई खेलमा खराव प्रर्दशन […]

January 15, 2019

कोहली शतकमा भारतको जित

एजेन्सी – कप्तान विराट कोहलीको शतकसँगै अस्ट्रेलियाविरुद्ध दोस्रो वान डे खेलमा पाहुना टोली भारत ६ विकेटले विजयी भएको छ । योसँगै तीन वान डे श्रृंखला १–१ को अवस्थामा पुगेको छ । तेस्रो तथा निर्णयक खेल आगमी १८ जनवरीमा मेलवर्नमा हुने छ । पहिलो वान डे खेलमा अस्ट्रेलिया ३४ रनले विजयी भएको थियो । मंगलबार भारतले […]

January 15, 2019

रोनाल्डो र मेसीको पथमा एमबाप्पे र नेयमार

टुरिन (एजेन्सी) – युभेन्ट्सका स्टार पाउल डीबालाले पेरिस सेन्ट जर्मेनका स्टारद्वय केलियन एमबाप्पे र नेयमार भविष्यमा क्रिस्टियानो रानाल्डो र लियोन मेसीको उत्तराधिकारी बन्न सक्ने अनुमान लगाएका छन् । रानोल्डो र मेसीले बुट थन्क्याएपछि यी दुईले त्यो ठाँउ लिन सक्ने उनको विश्वास रहेको छ । डीबालाले मेसी र रोनाल्डो दुवैसँग खेलिसकेका छन् । त्यस्तै उनी नेयमार […]

January 15, 2019

भारतीय प्रशिक्षक स्टेफन कन्सटेनटाइनको राजीनामा

एजेन्सी – भारतीय फुटबल टिमका मुख्य प्रशिक्षक स्टेफन कन्सटेनटाइनले पदबाट राजीनामा दिएका छन् । एसियन कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा बहराइनसँग १–० ले पराजित भएपछि कन्सटेनटाइनले सोमबार मुख्य प्रशिक्षकबाट राजीनामा दिएका हुन् । भारत समूह ‘ए’ मा ३ अंक जोडेर पुछारमा रहेको थियो । बेलयाती प्रशिक्षक कन्सटेनटाइनले प्रशिक्षक पद छाड्नु उपयुक्त समय भएको बताएका छन् […]

January 15, 2019

भारत एसिया कपको समूह चरणबाटै बाहिरियो

एजेन्सी – भारत एसिया कप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको अन्तिम खेलमा बहराइनसँग १–० ले पराजित भएसँगै भारत समूह चरणबाटै बाहिरिएको हो । भारतको समूह चरणको पहिलो खेलमा थाइल्यान्डलाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै राम्रो सुरुवात गरेपनि त्यसपछिको दुवै खेलमा पराजित हुन पुग्यो । भारत समूह चरणको दोस्रो खेलमा युएई)सँग […]

Success

Thank you for your time.