January 22, 2019
एजेन्सी – इटालियन सिरी ए अन्तर्गत सोमबार राति युभेन्टसले किएभोलाई पराजित गर्दै लिगमा अपराजित यात्रालाई निरन्तरता दिएको छ । घरेलु मैदानमा युभेन्टसले ३-० को सहज जित दर्ता गर्यो । खेलको १३ अौं मिनेटमा युभेन्टसले डग्लास कोस्टाको गोलमा अग्रता लिएको थियो । पहिलो हाफको अन्तिम मिनेटमा पाउलो डिबालाको पासमा एम्रे च्यानले गोल गर्दै युभेको अग्रता दोब्बर […]
January 21, 2019
एजेन्सी – दुवईमा जारी एएफसी एसियन कप अन्तर्गत सोमबार राउण्ड अफ १६ अन्तर्गत जापानले साउदी अरेबियालाई १-० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । जापानको जितमा ताकेहिरो टोमियासुले २० औं मिनेटमा गरेको हेडर गोल नै निर्णायक सावित भयो । अपेक्षित प्रदर्शन गर्न नसकेपनि जापानका लागि छैटौं खेल खेलिरहेका टोमियासुले विजयी गोल गरे । […]
January 21, 2019
एजेन्सी – आर्सनलका स्पेनिस डिफेन्डर हेक्टर बेलेरिनले यो सिजनको बाँकी सबै सबै खेल गुमाउने पक्का भएको छ । प्रिमियर लिग अन्तरगत शनिबार चेल्सीविरुद्ध २–० को जित निकालेको खेलमा बेलेरिनले दोस्रो हाफमा चोट बोक्दै मैदान छाडेका थिए । उनको बाँया खुट्टामा एन्टेरियर क्रुसिएट लिगामेन्टमा समस्या देखिएको थियो । खेलको ७२औं मिनेटमा चोट बोकेपछि उनको स्थानमा मोहमेद […]
January 21, 2019
एजेन्सी – पिएसजीका ब्राजिलियन स्ट्राइकर नेयमार पुनः बार्सिलोना फर्कने कुरा यथार्थ नरहेको दाबी बार्सिलोनाका प्रशिक्षक एर्नेस्टो भाल्भार्डेले गरेका छन् । सरुवा बजारको सुरुआतझैं नेयमार र बार्सिलोना यसपटक पनि फेरी एक अर्कासँग जोडिएका छन् । विभिन्न अन्तर्राष्ट्रिय श्रोतले नेयमारका एजेन्ट समेत रहेका उनका पिताले नेयमारलाई पुनः बार्सिलोना फर्काउने प्रयास गरेको जनाएपनि बार्सिलोनाका प्रशिक्षकले यसलाई नकारेका छन् […]
January 21, 2019
एजेन्सी – इन्ज्युरी समयमा ह्यारी विङ्सले गोल गरेपछि इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम हस्टपरले फुलहमलाई २–१ ले पराजित गरेको छ । स्पर्सले एक गोलले पछि परेको स्थिति उल्ट्याएर जित निकालेको हो । स्पर्स खेलको १७औं मिनेटमा फर्नान्डो लोरेन्टको आत्मघाती गोलबाट पछि परेको थियो । कर्नरमा आएको बललाई क्लियर गर्न खोज्दा लोरेन्टले आफ्नै पोस्टमा गोल गर्न […]
January 21, 2019
एजेन्सी – इटालियन सिरी ‘ए’ फुटबलमा नेपोलीले लाजियोलाई २–१ ले पराजित गरेको छ । घरेलु मैदानमा नेपोलीलाई जिताउन जोस मारिया कालेहोन र आर्कडियुस मिलिकले गोल गरे । लाजियोका सिरो इमोबिलेले एक गोल फर्काए । घरेलु मैदानमा आइतबार राति भएको खेलमा ३४औं मिनेटमा जोस मारियाको गोलबाट नेपोलीले अग्रता बनाएको थियो । त्यसको तीन मिनेटपछि नै आर्कडियुसले […]
January 21, 2019
मेलबर्न (एजेन्सी) – अष्ट्रेलियन ओपनको साविक विजेता तथा विश्व टेनिसकै सर्वाधिक सफल खेलाडी ३७-वर्षीय रोजर फेडेरर प्रतियोगिताको चौथो चरणबाटै बाहिरिएका छन् । प्रतियोगिता जित्ने अनुमान गरिएको फेडेरर ग्रिसका स्टेफानो सिसिपाससंग हार्न पुगे । विश्वको १५ औं वरियतामा रहेका सिसिपासले फेडेररलाई ६-७, ७-६, ७-५, ७-६ को रोमाञ्चक तथा प्रतियोगितात्मक खेलमा हराए । अर्को तर्फ दोस्रो वरियताका […]
January 20, 2019
एजेन्सी –चीन र भियतनामा युएईंमा जारी एसियन कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । चीनले एक गोलले पछि परेको स्थिति उल्ट्याएर थाइल्यान्डलाई २–१ ले पराजित गर्दै एसियन कपको अन्तिम आठमा पुग्न सफल भएको हो । यता, भियतनामले जोर्डनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भयो । युएईंस्थित हाजा विन जायद स्टेडियममा आइतबार राति […]
January 20, 2019
एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले शीर्ष स्थानमा रहेको लिभरपुललाई पछ्याइरहेको छ । प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा सिटीले रेलिगेसन जोनमा रहेको हडर्सफिल्डलाई ३–० ले पराजित गर्दै शीर्ष स्थानको लिभरपुलसँगको अंक दुरी ४ मा झारेको हो । सिटीको २३ खेलबाट ५६ अंक पुगेको छ । यसक्रममा सिटीले १८ जित, […]
January 20, 2019
एजेन्सी – स्विडिस सुपरस्टार ज्लाटन इब्रहिमोभिचले क्रिस्टियानो रोनाल्डो युभेन्ट्स जानु चुनौतीपूर्ण निर्णय नभएको बताएका छन् । इब्रहिमोभिचले रोनाल्डोले युभेन्ट्सको अग्रपंक्ति सम्हाल्नु सामान्य विषय रहेको अभिव्यक्ति दिएक हुन् । सिजनको सुरुवातमा रियल म्याड्रिड छाडेर इटालियन क्लब युभेन्ट्स आएका रोनाल्डोले २५ खेलमा १५ गोल गरेका छन् । १ सय मिलियन पाउण्डमा युभेन्ट्स आएका रोनाल्डोले करिअरमा नयाँ चुनौतीको […]