default_image

अन्तर्राष्ट्रिय

January 22, 2019

आईसीसी क्रिकेट अवार्डमा कोहलीको ह्याट्रिक

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सन् २०१८ मा टेस्ट, वान डे र टी–२० मा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीहरुलाई सम्मानित गरेको छ । भारतीय क्रिकेटर विराट कोहली टेस्ट र वान डे दुवैमा ‘आईसीसी क्रिकेटर अफ द इयर’ को अवार्ड पाएका छन् । विराट वान डे र टेस्टतर्फ कप्तानको रुपमा पनि चुनिएका छन् । विराटले आईसीसी […]

January 22, 2019

सिटीको १ सय गोल पूरा!

म्यानचेस्टर (एजेन्सी) – इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले जारी सिजन १ सयगोल पूरा गरेको छ । युरोपको शीर्ष ५ लिगमा यो उपलब्धि हासिल गर्ने सिटी सिजनको पहिलो क्लब समेत बनेको छ । डिसेम्बर महिनामा दुई खेलमा पराजय भोगेपछि सिटी शीर्षस्थानको लिभरपुलभन्दा ४ अंकले पछाडी छ । सिटीले कमजोर प्रतिद्वन्द्वी क्रिस्टल प्यालेस र लेस्टर सिटीसँग […]

January 22, 2019

बोटेङ लोनमा बार्सिलोना आइपुगे

एजेन्सी – स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको बार्सिलोनाले घानाका मिडफिल्डर केभीन प्रिन्स बोटेङलाई लोनमा अनुबन्ध गरेको छ । उनी प्रारम्भिक सम्झौताअनुसार यस सिजनको अन्त्यसम्म लोनमा बस्ने र बार्सिलोनासँग खरिदको विकल्प पनि रहेको बताइएको छ । व्यवसायिक करिअरमा युरोपका ठूला लिगको अनुभव बोकेका बोटेङ पछिल्लो समय इटालीको सासुओलोबाट खेलिरहेका थिए । उनले त्यसअघि स्पेनिस लिगमा लास […]

January 22, 2019

युभेन्टसको सहज जितमा रोनाल्डोको बिर्सनलायक प्रदर्शन

एजेन्सी – इटालियन सिरी ए अन्तर्गत सोमबार राति युभेन्टसले किएभोलाई पराजित गर्दै लिगमा अपराजित यात्रालाई निरन्तरता दिएको छ । घरेलु मैदानमा युभेन्टसले ३-० को सहज जित दर्ता गर्यो । खेलको १३ अौं मिनेटमा युभेन्टसले डग्लास कोस्टाको गोलमा अग्रता लिएको थियो । पहिलो हाफको अन्तिम मिनेटमा पाउलो डिबालाको पासमा एम्रे च्यानले गोल गर्दै युभेको अग्रता दोब्बर […]

January 21, 2019

साउदीलाई हराउँदै जापान क्वाटरफाइनलमा

एजेन्सी – दुवईमा जारी एएफसी एसियन कप अन्तर्गत सोमबार राउण्ड अफ १६ अन्तर्गत जापानले साउदी अरेबियालाई १-० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । जापानको जितमा ताकेहिरो टोमियासुले २० औं मिनेटमा गरेको हेडर गोल नै निर्णायक सावित भयो । अपेक्षित प्रदर्शन गर्न नसकेपनि जापानका लागि छैटौं खेल खेलिरहेका टोमियासुले विजयी गोल गरे । […]

January 21, 2019

आर्सनलका हेक्टर बेलेरिनले यो सिजन गुमाउने

एजेन्सी – आर्सनलका स्पेनिस डिफेन्डर हेक्टर बेलेरिनले यो सिजनको बाँकी सबै सबै खेल गुमाउने पक्का भएको छ । प्रिमियर लिग अन्तरगत शनिबार चेल्सीविरुद्ध २–० को जित निकालेको खेलमा बेलेरिनले दोस्रो हाफमा चोट बोक्दै मैदान छाडेका थिए । उनको बाँया खुट्टामा एन्टेरियर क्रुसिएट लिगामेन्टमा समस्या देखिएको थियो । खेलको ७२औं मिनेटमा चोट बोकेपछि उनको स्थानमा मोहमेद […]

coutinho Neymar

January 21, 2019

नेयमार बार्सिलोना फर्कने हल्ला मात्र

एजेन्सी – पिएसजीका ब्राजिलियन स्ट्राइकर नेयमार पुनः बार्सिलोना फर्कने कुरा यथार्थ नरहेको दाबी बार्सिलोनाका प्रशिक्षक एर्नेस्टो भाल्भार्डेले गरेका छन् । सरुवा बजारको सुरुआतझैं नेयमार र बार्सिलोना यसपटक पनि फेरी एक अर्कासँग जोडिएका छन् । विभिन्न अन्तर्राष्ट्रिय श्रोतले नेयमारका एजेन्ट समेत रहेका उनका पिताले नेयमारलाई पुनः बार्सिलोना फर्काउने प्रयास गरेको जनाएपनि बार्सिलोनाका प्रशिक्षकले यसलाई नकारेका छन् […]

January 21, 2019

टोटेनहमको पूनरागमन जित

एजेन्सी – इन्ज्युरी समयमा ह्यारी विङ्सले गोल गरेपछि इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम हस्टपरले फुलहमलाई २–१ ले पराजित गरेको छ । स्पर्सले एक गोलले पछि परेको स्थिति उल्ट्याएर जित निकालेको हो । स्पर्स खेलको १७औं मिनेटमा फर्नान्डो लोरेन्टको आत्मघाती गोलबाट पछि परेको थियो । कर्नरमा आएको बललाई क्लियर गर्न खोज्दा लोरेन्टले आफ्नै पोस्टमा गोल गर्न […]

January 21, 2019

लाजियोमाथि नेपोलीको जित

एजेन्सी – इटालियन सिरी ‘ए’ फुटबलमा नेपोलीले लाजियोलाई २–१ ले पराजित गरेको छ । घरेलु मैदानमा नेपोलीलाई जिताउन जोस मारिया कालेहोन र आर्कडियुस मिलिकले गोल गरे । लाजियोका सिरो इमोबिलेले एक गोल फर्काए । घरेलु मैदानमा आइतबार राति भएको खेलमा ३४औं मिनेटमा जोस मारियाको गोलबाट नेपोलीले अग्रता बनाएको थियो । त्यसको तीन मिनेटपछि नै आर्कडियुसले […]

January 21, 2019

साविक विजेता फेडेरर अष्ट्रेलियन ओपनको चौथो चरणबाट बाहिरिए

मेलबर्न (एजेन्सी) – अष्ट्रेलियन ओपनको साविक विजेता तथा विश्व टेनिसकै सर्वाधिक सफल खेलाडी ३७-वर्षीय रोजर फेडेरर प्रतियोगिताको चौथो चरणबाटै बाहिरिएका छन् । प्रतियोगिता जित्ने अनुमान गरिएको फेडेरर ग्रिसका स्टेफानो सिसिपाससंग हार्न पुगे । विश्वको १५ औं वरियतामा रहेका सिसिपासले फेडेररलाई ६-७, ७-६, ७-५, ७-६ को रोमाञ्चक तथा प्रतियोगितात्मक खेलमा हराए । अर्को तर्फ दोस्रो वरियताका […]

Success

Thank you for your time.