January 28, 2019
एजेन्सी – एसियन पावर हाउस जापान एसियन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । जापानले इरानलाई ३–० ले पराजित गर्दै एसियन कपको उपाधिनजिक पुगेको हो । संयुक्त अरब इमिरेट्स (युएईं) स्थित हाज्जा विन जायद स्टेडियममा सोमबार राति भएको खेलमा जापानलाई जिताउन युया ओसाकोले २ तथा जिन्की हारागुचीले एक गोल गरे । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो […]
January 28, 2019
एजेन्सी – लन्डन क्लब चेल्सी एफए कपको पाँचौ चरणमा प्रवेश गर्दा टोटेनहम हस्टपर क्रिस्टल प्यालेससँग स्तब्ध बनेको छ । चेल्सीले घरेलु मैदानमा च्याम्पियनसिप क्लब सेफफिल्ड वेननस्डेलाई ३–० ले पराजित गर्दै एफए कपको पाँचौ चरणमा प्रवेश गर्न सफल भएको हो । चेल्सीको जितमा ब्राजिली विलियनले दुई तथा हड्सन ओडोईले एक गोल गरे । प्रतिस्पर्धात्मक बनेको खेलमा […]
January 28, 2019
एजेन्सी – स्टार फरवार्ड नेयमार विनै पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा रेनिसलाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गरेको छ । पीएसजीको फरासकिलो जितमा एडिन्सन काभनीले दुई तथा केलियान एमबाप्पे र एन्जल डि मारियाले समान एक गोल गरे । रेनिसका एमबाय नियाङले एक गोल फर्काए । नेयमार चोटका कारण मैदान बाहिर […]
January 28, 2019
एजेन्सी – फरवार्डद्धय करिम बेन्जेमा र ग्यारेथ बेलले गोल गरेपछि रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा इस्पान्योललाई ४–२ ले पराजित गरेको छ । इस्पान्योलको मैदानमा आइतबार राति भएको खेलमा रियललाई जिताउन करिम बेन्जेमाले दुई तथा ग्यारेथ बेल र कप्तान सर्जियो रामोसले समान एक गोल गरे । इस्पान्योलका लियो बापपटस्टाओ र रोबर्टाे रोसेल्सले गोल गरे । […]
January 27, 2019
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा जिरोनालाई पराजित गरेको छ । बार्सिलोनाले १० खेलाडीमा समेटिएको जिरोनालाई २–० ले पराजित गरेको हो । जिरोनाको मैदानमा आइतबार राति भएको खेलमा बार्सिलोनालाई जिताउन नेलसन सिमेडो र कप्तान लियोनेल मेस्सीले गोल गरे । दुई गोल पहिलो र दोस्रो हाफमा सम्भव भएको थियो । नेल्सन सिमेडोको गोलबाट […]
January 27, 2019
एजेन्सी – डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा फराकिलो जित हात पारेको छ । बुन्डेस लिगा अन्तर्गत आइतबार राति भएको खेलमा बायर्नले स्टुटगार्टलाई ४–१ को फराकिलो अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा बायर्नलाई जिताउन थियागो अलकान्तरा, लियोन गोरेट्जका र रोबर्ट लेवान्डोस्कीले गोल गरे । एक गोल उपहार पाएको थियो । स्टुटगार्टका एनास्टासियोस डोनिसले […]
January 27, 2019
मेलबर्न (एजेन्सी) – वर्षको पहिलो ग्रान्ड स्लाम अष्ट्रेलियन ओपनको उपाधि विश्व नम्बर १ नोभाक जोकोभिचले जितेका छन् । यससंगै उनले टेनिस इतिहासमै सबैभन्दा धेरै पटक अष्ट्रेलियन ओपन जित्ने कीर्तिमान राखेका छन् । रोड लेभर अरिनामा खेलिएको फाइनल खेलमा विश्व नम्बर २ राफायल नाडाललाई जोकोभिचले ६-३, ६-२, ६-३ को सोझो सेटमा पराजित गरे । खेलभरी नै […]
January 27, 2019
एजेन्सी – वेल्स तथा स्पेनिस महारथी रियल मड्रिडका फरवार्ड ग्यारेथ वेल प्रशिक्षणमा फर्किएका छन् । बेलसँगै मार्काे एसेन्सियो पनि शनिबार रियलका टिम सहकर्मीसँग सँगै प्रशिक्षण गरेका छन् । ला लिगा अन्तर्गत सन् २०१९ को पहिलो खेलमा भिल्लारियलविरुद्ध बेलले काल्फ़मा चोट बोकेका थिए । खेल २–२ गोलको बराबरीमा सकिएको थियो । त्यसयता बेलले चोटका कारण ६ […]
January 27, 2019
एजेन्सी – इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलान र नेपोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । मिलानको घरेलु मैदानमा भएको खेलमा दुवै टोलीले गोलका केही अवसर सिर्जन गरेपनि त्यसलाई सदुपयोग गर्न नसक्दा अंक बाड्न बाध्य भए । खेलको छैटौं मिनेटमा नेपोलीका ड्रिज मर्टेन्सले गोलको सुन्दर मौका खेर फालेका थिए । २३औं मिनेटमा घरेलु टोलीका […]
January 27, 2019
एजेन्सी – जर्मन बुन्डेस लिगाको शीर्षस्थानमा रहेको बोरुसिया डर्टमुन्डले ९ अंकको अग्रता बनाएको छ । बुन्डेस लिगा अन्तरगत शनिबार राति भएको खेलमा ह्यानोभर ९६लाई ५–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै डर्टमुन्डले ९ अंकको अग्रता बनाउन सफल भएको हो । डर्टमन्डको २१ खेलबाट ४८ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको बोरुसिया मोन्चेन्ग्लाडबाकको समान खेलबाट […]