default_image

अन्तर्राष्ट्रिय

April 7, 2019

रोनाल्डोविनै युभेन्टसको पुनरागमन जित

एजेन्सी – सुपरस्टार क्रिस्टियानो रोनाल्डोविनै मैदान उत्रिएको युभेन्टसले इटालियन सिरी ‘ए’ मा एसी मिलानलाई पराजित गरेको छ । युभेन्टसले घरेलु मैदानमा एसी मिलानमाथि २–१ को पूनरागमन जित निकालेको हो । चोटका कारण सुपरस्टार क्रिस्टियानो रोनाल्डो भने मिलानविरुद्धको खेलमा उत्रिएनन् । घरेलु मैदानमा युभेन्टसको पूनरागमन जितमा पाउलो डिब्याला र मोएस किनले गोल गरे । मिलानका क्रिजिस्टोफ […]

April 7, 2019

म्यानचेस्टर सिटी एफए कपको फाइनलमा

एजेन्सी – प्रिमियर लिग प्रतिद्धन्द्धी ब्राइटन होव अल्वियोनलाई पराजित गर्दै म्यानचेस्टर सिटी एफए कपको फाइनलमा प्रवेश गरेको छ । वेम्वली मैदानमा शनिबार राति भएको खेलमा सिटीले प्रिमियर लिग प्रतिद्धन्द्धी ब्राइटन होव अल्वियोनलाई १–० ले पराजित गर्दै उपाधिनजिक पुगेको हो । खेलको चौथो मिनेटमा नै ब्राजिली गाब्रियल जेससले गरेको गोल नै सिटीलाई फाइनल पुग्न पर्याप्त बन्यो […]

April 7, 2019

मेस्सी र सुआरेजको गोलमा एटलेटिको पराजित

एजेन्सी – खेलको अन्तिम समयतिर कप्तान लियोनेल मेस्सी र लुइस सुआरेजले गोल गरेपछि क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगाको शीर्ष स्थानको खेलमा एट्लेटिको म्याड्रिडलाई पराजित गरेको छ । बार्सिलोनाले घरेलु मैदान नोउ क्याम्पमा १० खेलाडीमा समेटिएको एट्लेटिको माथि २–० को जित निकालेको हो । प्रतिस्पर्धात्मक बनेको खेलको २८औं मिनेटमा पाहुना टोली १० खेलाडीमा समेटिएको थियो […]

April 7, 2019

डर्टमन्डमाथि ५ गोल गर्दै बायर्न शीर्षस्थानमा

एजेन्सी – बोरुसिया डर्टमन्डमाथि फराकिलो जित निकाल्दै साविक विजेता बायर्न म्युनिख जर्मन बुन्डेसलिगाको शीर्ष स्थानमा उक्लिएको छ । बुन्डेसलिगा अन्तर्गत शनिबार राति भएको खेलमा बायर्नले बोरुसिया डर्टमन्डमाथि ५–० को फराकिलो जित निकालेको हो । फराकिलो जितसँगै बायर्नले शीर्ष स्थानमा एक अंकको अग्रता बनाएको छ । यससँगै बुन्डेस लिगामा ६ चरणको खेल बाँकी रहँदा उपाधि होड […]

April 6, 2019

जोसेफको कीर्तिमानी बलिङमा मुम्बईको रोमान्चक जित

एजेन्सी – वेस्ट इन्डिजका युवा बलर अल्जारी जोसेफले इन्डियन प्रिमियर लिग (आईपीएल) को इतिहासमै कीर्तिमानी बलिङ गरेपछि मुम्बई इन्डीयन्सले सनराइजर्स हैदराबादलाई ४० रनले पराजित गरेको छ । आईपीएलमा डेब्यु गरिरहेका जोसेफले ६ विकेट लिए । मुम्बईले प्रस्तुत गरेको १ सय ३७ रनको विजयी लक्ष्य पछ्याएको सनराइजर्स हैदरावाद जोशेफको अविश्वसिनय बलिङसँगै १७.४ ओभरमा अल आउट हुँदै […]

April 6, 2019

बेन्जेमाको दुई गोलमा रियलको कठिन जित

म्याड्रिड (एजेन्सी) – फरवार्ड करिम बेन्जेमाको दुई गोल सहयोगमा स्पेनिस महारथी रियल म्याड्रिडले स्पेनिस ला लिगामा कठिन जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति रियालले एइबारमाथि २–१ को कठिन जित निकालेको हो । एइबारका मार्क कार्डाेनाले पहिलो हाफमा सुरुवाती गोल गरेका थिए । घरेलु मैदान सान्टियागो बर्नाबाउमा रियलले खेलमा पछि परेको स्थिति उल्ट्याएर जित […]

April 6, 2019

मुम्बई सस्तैमा समेटियो

एजेन्सी – शीर्षक्रम तथा मध्यक्रमका ब्याट्सम्यानले गैर जिम्मेवारी ब्याटिङ गरेपछि इन्डियन प्रिमियर लिग(आईपीएल) मा मुम्बई इन्डियन्सले सनराइजर्स हैदरावादलाई १ सय ३७ रनको सामान्य लक्ष्य दिएको छ । राजीव गान्धी इन्टरनेशनल क्रिकेट स्टेडियम हैदरावादमा टस हारेर ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३६ रन बनायो । मुम्बईका लागि काइरान पोलार्डले अन्तिम […]

April 6, 2019

पन्जाबलाई हराउँदै चेन्नई शीर्षस्थानमा

एजेन्सी – चेन्नई सुपर किंग्स इन्डिन प्रिमियर लिग(आईपीएल) को अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ । शनिवार बेलुका सम्पन्न खेलमा किंग्स इलाभेन पन्जावलाई २२ रनले हराउदै चेन्नई शिर्ष स्थानमा उक्लिएको हो । चेन्नईले प्रस्तुत गरेको १ सय ६१ रनको मध्यम लक्ष्य पछ्पाएको पन्जाव निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ३८ रन बनाउन सक्यो […]

April 6, 2019

धोनी र डु प्लेसिसको उत्कृष्ट ब्याटिङ

एजेन्सी – ओपनर फाफ डु प्लेसिसको अर्धशतक र कप्तान महेन्द्र सिंह धोनीले आक्रमक रुपमा रन जोडेपछि इन्डिन प्रिमियर लिग(आईपीएल) को १८ औं खेलमा चेन्नई सुपर किंग्सले किंग्स इलाभेन पन्जावलाई १ सय ६१ रनको मध्यम लक्ष्य दिएको छ । घरेलु मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ६० […]

April 6, 2019

हाजार्डको विषयमा रियल र चेल्सी सहमतिनजिक

एजेन्सी – बेल्जियमका स्टार फरवार्ड इडेन हाजार्डको विषयमा स्पेनिस क्लब रियल म्याड्रिड र चेल्सी सहमतिनजिक पुगेका छन् । रियलले लामो समयदेखि हाजार्डलाई पछ्याइरहेको अवस्थामा चेल्सीले पनि उचित रकम सहमति भएमा उनलाई छाड्ने मनसाय बनाएको छ । रियल, चेल्सी र हाजार्ड आफैं पनि छलफलमा सहभागी भएर पूर्ण सहमतिको नजिक पुगेको स्पेनिस संचारमाध्यम मार्साले जनाएको छ । […]

Success

Thank you for your time.