March 23, 2019
एजेन्सी – कप्तान आरोन फिन्चले उत्कृष्ट शतक प्रहार गरेपछि पाकिस्तानसँगको पहिलो वान डे खेलमा पाहुना टोली अष्ट्रेलियाले सानदार जित हात पारेको छ । शुक्रबार राती शारजाह क्रिकेट स्टेडियम युएईमा सम्पन्न खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई ८ विकेटले पराजित गरेको छ । २ सय ८१ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४९ ओभरमा २ विकेटको क्षतिमा पुरा गर्यो । […]
March 23, 2019
एजेन्सी – क्रिस्टियानो रोनाल्डोले रसिया विश्वकपपछि टिममा पुनरागमन गरेको खेलमा पोर्चुगलले युरोकप छनोटको खेलमा युक्रेनसँग गोलरहित बराबरीमा रोकिएको छ । घरेलु मैदानमा युक्रेनलाई दवावमा राखेपनि गोल गर्न नसक्दा डिफेन्डिङ च्याम्पियन पोर्चुगल बराबरीमा रोकिन बाध्य बन्यो । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो, बर्नाडो सिल्भा र आन्द्रे सिल्भाले युक्रेनको बलियो रक्षापङ्तिलाई तोड्न सकेनन् । १७ औं मिनेटमा पोर्चुगलका […]
March 23, 2019
एजेन्सी – विश्व विजेता फ्रान्सले युरो छनोटको खेलमा मोल्डोभामाथि सहज जित निकालेको छ । युरो छनोट अन्तर्गत समुह ‘एच’ को खेलमा फ्रान्सले मोल्डोभामाथि ४–१ को सहज जित निकालेको हो । मोल्डोभाको मैदानमा भएको खेलमा फ्रान्सको सहज जितमा एन्टोइन ग्रिजमन, राफाएल भरान, ओलिभर जिरुड र केलियन एमबाप्पेले गोल गरे । घरेलु टोलीका भ्लादिमिर एमब्रसले सान्त्वना गोल […]
March 23, 2019
एजेन्सी – नियमित कप्तान लिओनेल मेसी विश्वकपपछि टोलीमा फर्किएको पहिलो खेलमा अर्जेन्टिना भेनेजुएलासँग ३-१ ले पराजित भएको छ । रुसमा सम्पन्न फिफा विश्वकपका दौरान राउन्ड अफ १६ मै फ्रान्ससँग पराजित भएपछि अर्जेन्टिनाको चुनौती समाप्त भएको थियो । मेसीले त्यसयता भएका ६ अन्तर्राष्ट्रिय खेलमा टोलीमा सामेल भएनन् । ३१ वर्षीय मेसीले शुक्रबार भेनेजुएलाविरुद्ध मैत्रीपूर्ण खेलमा पहिलो […]
March 23, 2019
एजेन्सी – विश्वकप पछि पहिलो पटक राष्ट्रका लागि खेलेका स्टारद्वय क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी दुवैले पहिलो खेलमा गोल गर्न सकेनन् । दुवै रोनाल्डो र मेस्सीले पुरै ९० मिनेट खेलेका थिए । विश्वकप अन्तर्गत अन्तिम १६ को खेल पराजित भएयता दुवै अर्जेन्टिनी मेस्सी र पोर्चुगेली रोनाल्डोले राष्ट्रका लागि अन्य खेल खेलेका थिएनन् । यूरो कप […]
March 23, 2019
एजेन्सी – यूरो कप छनोट अन्तर्गत समूह ‘ए’ को खेलमा म्यानचेस्टर सिटीका मिड्फिल्डर रहिम स्टर्लिङ्गको ह्याट्रिकको मद्दतले इंग्ल्याण्डले चेक रिपब्लिकलाई ५-० ले पराजित गरेको छ । घरेलु टोली इंग्ल्याण्डका लागि स्टर्लिङ्गले २४ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा चेकका डिफेन्डरद्वय काडरबेक र कलासले स्टर्लिङ्गलाई लडाएपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै ह्यारी […]
March 22, 2019
एजेन्सी – मध्यक्रमका ब्याट्सम्यान ह्यारिस सोहेलले वान डे करियरको पहिलो शतक प्रहार गरेपछि पाँच खेलको वान डे सिरिज अन्तर्गत पहिलो खेलमा पाकिस्तानले पाहुना टोली अष्ट्रेलियालाई २ सय ८१ रनको लक्ष्य दिएको छ । शारजाह क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा २ सय ८० रन बनायो । पाकिस्तानको […]
March 22, 2019
एजेन्सी – म्यानचेस्टर युनाइटेड तथा इंग्ल्यान्डका युवा फरवार्ड मार्कुस रासफोर्डले युरोकप छनोटको शुरुवाती दुई खेल गुमाउने भएको छ । रासफोर्डले प्रिमियर लिग अन्तरगत लिभरपुलविरुद्धको खेलमा चोट बोेकेका थिए । चोटका बावजुत पनि इंग्ल्यान्डले उनलाई विशेष उपचारसहित टिममा समावेश गरेका थिए । तर, फिट हुन नसकेपछि रासफोर्डले चेक रिपब्लिक र मोन्टेनेग्रोविरुद्धको छनोटका दुई खेल गुमाउने छन् […]
March 22, 2019
एजेन्सी – पोल्यान्डले सन् २०२० को युरोकपको समूह ‘जी’ को छनोट खेलमा कठिन जित निकालेको छ । हापेल स्टेडियम वेनमा बिहीबार राति भएको खेलमा पोल्यान्डले अष्ट्रियामाथि १–० को कठिन जित निकालेको हो । पोल्यान्डको जितमा इटालियन क्लब एसी मिलानका २३ वर्षीय फरवार्ड क्रिजिस्टफ पियाटिकले दोस्रो हाफमा निर्णय गोल गरे । उनले मैदान प्रवेश गरेको १० […]
March 22, 2019
एजेन्सी – फिफा विश्वकप २०१८ को उपविजेता क्रोएसियाले तुलनात्मक रुपमा कमजोर अजरबैजानमाथि २-१ को संघर्षपूर्ण जित दर्ता गरेको छ । खेलको १९ औं मिनेटमा रमिल सेयादेवले गोल गरेपछि घरेलु मैदानमा क्रोएसिया पछाडी परेको थियो । पहिलो हाफको अन्तिम समयमा बोर्ना बारिसिचले गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको नियमित समयको ११ मिनेट बाँकी रहँदा आन्द्रे […]