May 3, 2019
एजेन्सी –मुम्बई इन्डियन्सले सनराइजर्स हैदरावादलाई सुपर ओभरमा हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल) को प्ले अफमा पुगेको छ । सुपर ओभरमा ९ रनको लक्ष्य मुम्बईले सुरुवाती तीन बलमा पुरा गर्यो । ओपनर हार्दिक पान्ड्याले पहिलो बलमै राशिद खानलाई छक्का प्रहार गरे । दोस्रो बलमा १ रन लिए र स्ट्राइक काइरन पोलार्डलाई दिए ।तेस्रो बलमा पोलार्डले दुई […]
May 3, 2019
एजेन्सी – मुम्बई इन्डियन्स र सनराइजर्स हैदरावादबीचको खेल सुपर ओभरमा पुगेको छ । १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६२ रन बनाएपछि सुपर ओभरमा पुगेको हो । हैदरावादलाई जितको लागि अन्तिम ओभरमा १७ रन चाहिएको थियो । पहिलो र दोस्रो बलमा हार्दिक पान्ड्याले एक एक रन […]
May 2, 2019
एजेन्सी – ओपनर क्विन्टन डी ककले अर्ध शतक प्रहार गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल)को ५१ औं खेलमा मुम्बई इन्डियन्सले सनराइजर्स हैदरावादलाई १ सय ६३ रनको मध्यम लक्ष्य दिएको छ । घरेलु मैदान वानखडेमा टस जितेर पहिला ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६२ रन बनायो । मुम्बईका लागि ओपनर क्विन्टन […]
May 2, 2019
एजेन्सी – इटालियन फरवार्ड मारियो बालोटेलीले बार्सिलोनाका कप्तान लियोनेल मेस्सीको तुलना युभेन्टस फरवार्ड क्रिस्टियानो रोनाल्डोसँग नगर्न भनेका छन् । यसअघि लिभरपुलबाट पनि खेलिसकेका फरवार्ड बालोटेलीले बुधबार मेस्सीले च्याम्पियन्स लिगको सेमिफाइनलमा उत्कृष्ट प्रदर्शन गरेपछि यस्तो अभिव्यक्ति दिएका हुन् । उनले खेलको तस्बिर राख्दै आफ्नो इन्स्टाग्राममा लेखेका छन्,’ फुटबललाई माया गर्नुहुन्छ भने मेस्सीको तुलनामा युभेन्टसमा ७ नम्बर […]
May 2, 2019
एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत बुधबार कप्तान लिओनेल मेस्सीले दुई गोल गरेपछि बार्सिलोनाले लिभरपुललाई सेमिफाइनलको पहिलो लेगमा ३-० ले पराजित गर्यो । खेलपछि पत्रकार सम्मेलनमा बोल्दै लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले मेस्सीलाई रोक्न असम्भव रहेको बताए । ‘मेस्सी? उनलाई रोक्न असम्भव नै छ । र विशेष रुपमा उनको त्यो फ्रिकिक जसलाई विश्वका कुनै गोलरक्षकले रोक्न […]
May 2, 2019
एजेन्सी – युभेन्टसका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले विश्वकै सबैभन्दा महँगो गाडी किनेका छन् । रोनाल्डोले विश्वभर एक थान मात्र बनेको बुगाटी ला भोइचर नामक गाडी ९.५ मिलियन पाउण्डमा खरिद गरेका हुन् । फ्रान्सेली कार कम्पनी बुगाटीले आफ्नो कम्पनीको १ सय १० औं वार्षिकोत्सवको अवसरमा उक्त कार निर्माण गरेको हो । उक्त कार जेनेभा मोटर सो […]
May 2, 2019
एजेन्सी – कप्तान लियोनेल मेस्सीले क्याटलान क्लब बार्सिलोनाको लागि ६००औं गोलको कोसेढुङ्गा पार गरेका छन् । बुधबार राति भएको च्याम्पियनस लिगको सेमिफाइनलको पहिलो लेगमा लिभरपुलमाथि ३–० को जित निकालेको खेलमा दुई गोल गरेसँगै मेस्सीले बार्सिलोनाका लागि ६००औं गोलको आँकडा पार गरेका हुन् । मेस्सीले १४ वर्षअघि अर्थात सन् २००५ मा स्पेनिस ला लिगामा अल्वासेटविरुद्ध खेल्दै […]
May 2, 2019
लिभरपुल (एजेन्सी)– लिभरपुलका प्रशिक्षक योगर्न क्लोपले क्लबका पूर्व स्टार फिलिप्पे काउटिन्होको तारिफ गरेका छन् । लिभरपुलले अहिले जुन उचाई लिएको छ त्यसमा काउटिन्होको सहयोग रहेको क्लोपले बताएका छन् । काउटिन्होले क्लब छोड्दा केहि विवाद पनि भएको थियो । उनले पटक पटक लिभरपुललाई आफुलाई छाड्न आग्रह पनि गरेका थिए । उनी सिजनको मध्येमा लिभरपुलबाट स्पेनिस महारथी […]
May 2, 2019
एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत बुधबार बार्सिलोनाले लिभरपुललाई सेमिफाइनलको पहिलो लेगमा फराकिलो अन्तरले पराजित गरेको छ । फरवार्ड लियोनेल मेस्सी र लुइस सुआरेज चलेपछि बार्सिलोना ३-० ले विजयी रह्यो । खेलको २६ अौं मिनेटमा सुआरेजले घरेलु टोली बार्सिलोनालाई अग्रता दिलाएका थिए । उनले जोर्डि अल्बाको लो क्रसलाई पोस्टको दिशा दिँदै गोल गर्न सफल भए […]
May 1, 2019
एजेन्सी – प्रशिक्षण दौरान एक्कासी हर्ट अट्याक भएपछि विश्व विजेता तथा स्पेनिस गोलरक्षक इकर कासियसलाई अस्पताल भर्ना गरिएको छ । पोर्चुगिज क्लब पोर्टाेको प्रशिक्षण दौरान ३७ वर्षीय कासियासलाई एक्कासी हर्ट अट्याक भएलगत्तै अस्पतालमा भर्ना गरेर उपचार भइरहेको छ । पोर्टाेले शनिबार पोर्चुगिज लिग खेल्ने तयारीमा रहेको थियो । पोर्चुगिज क्लब पोर्टाेले कासियस हर्ट अट्याक भएको […]