default_image

अन्तर्राष्ट्रिय

May 7, 2019

३ रातो कार्ड भएको खेलमा मिलानको जित

एजेन्सी – तीन रातो कार्ड भएको इटालियन सिरी ‘ए’ मा एसी मिलानले बोलोग्नामाथि २–१ को जित निकालेको छ । मिलानको जितमा सुसो र फावियो बोरिनीले गोल गरे । माटिया डेस्ट्रोले एक गोल फर्काए । खेलको अन्त्यतिर घरेलु टोली १० तथा बोलोग्ना ९ खेलाडीमा समेटिएको थियो । ७४औं मिनेटमा पाक्वेटा दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिदा […]

May 7, 2019

लेस्टरमाथि सिटीको कठिन जित, उपाधि छिनोफानो अन्तिम खेलबाटै

एजेन्सी – उपाधि दौडमा रहेको म्यानचेस्टर सिटीले लेस्टर सिटीमाथि कठिन जित निकालेसँगै इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड झनै रोमाञ्चक बनेको छ । सोमबार राति भएको खेलमा सिटीले लेस्टरमाथि १–० को कठिन जित निकालेसँगै प्रिमियर लिगको उपाधि होड झनै रोमाञ्चक बनेको हो । प्रिमियर लिगमा एक राउन्डको खेल बाँकी रहँदा अब उपाधिको छिनोफानो अन्तिम खेलबाटै […]

May 6, 2019

सलाह र फिर्मिनोले बार्सिलोनाविरुद्ध नखेल्ने

एजेन्सी – लिभरपुलका फरवार्डद्वय मोहमद सलाह र रोबर्टो फिर्मिनोले मंगलबार हुने च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनल चरणको दोस्रो लेग चोटका कारण गुमाउने भएका छन् । सलाहले शनिबार इंग्लिस प्रिमियर लिग अन्तर्गत न्युकासलविरुद्ध खेलमा गोलरक्षक मार्टिन दुब्राभ्कासँग जुध्दा चोट बोकेका थिए । टाउकोमा चोट बोकेका सलाहलाई स्ट्रेचरमा राखेर मैदानबाहिर लागिएको थियो । प्रशिक्षक योर्गेन क्लोपले सोमबार पत्रकार सम्मेलनमा […]

May 6, 2019

सावित्राको उत्कृष्ट प्रदर्शनमा सेथुको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीले इन्डियन वुमन्स लिगमा सानदार सुरुवात गरेकी छिन् । उनको उत्कृष्ट प्रदर्शनमा सेथुले लिगको पहिलो खेलमा मणिपुर पुलिस स्पोर्ट्स क्लबलाई ६-४ ले पराजित गर्यो । सेथुको जितमा सावित्राले ४ गोल गर्दै १ असिस्ट प्रदान गरिन् । पहिलो रोजाईमा परेकी सावित्राले २९ सेकेन्डमा नै गोल […]

May 6, 2019

रिबेरीले बायर्न छाड्ने

एजेन्सी – फ्रान्सेली मिडफिल्डर फ्रान्क रिबेरीले बायर्न म्युनिख छाड्ने भएका छन् । ३६ वर्षीय रिवेरीको यो सिजनसँगै बायर्नमा सम्झौता सकिँदैछ । उनले सम्झौता नवीकरण नगर्ने मनसायल बनाउदै क्लब छाड्ने घोषणा गरेका हुन् । १२ वर्ष बायर्नमा बिताएका रिबेरीले विभिन्न २१ उपाधि जित्न सफल भएका थिए । जसमा ८ बुन्डेस लिगा, १ च्याम्पियन्स लिग र अन्य […]

May 6, 2019

१६ वर्षमै प्रिमियर लिग !

एजेन्सी – फुलहमका हार्भी एलीएट प्रिमियर लिग खेल्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । शनिबार वल्भ्सविरुद्ध खेलको ८८ औं मिनेटमा वैकल्पिक खेलाडीका रुपमा प्रवेश गर्दै उनले यो कीर्तिमान कायम गरेका हुन् । एलीएटले १६ वर्ष ३० दिनको उमेरमा प्रिमियर लिग खेलेका हुन् । यसअघि उनले लिग कपमा मिल्वलविरुद्ध ३-१ को जित दर्ता गर्दा पनि खेलेका […]

May 6, 2019

रियलको संघर्षपुर्ण जित

एजेन्सी – अग्रपङ्तिका करिम बेन्जेमा र ग्यारेथ बेलको अनुपस्थितिमा मारियानो डियाजले दुई गोल गरेपछि स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडले भिल्लारियाललाई ३–२ को गोल अन्तरमा पराजित गरेको छ । घरेलु मैदान सान्टियागो बर्नबेउमा आइतबार राति भएको खेलमा रियललाई संघर्षपुर्ण जित दिलाउन डिफेन्डर जेसस भालेजोले पनि क्लबको लागि पहिलो गोल गरे । भिल्लारियालका जेरार्ड मोरेनो र […]

May 6, 2019

आर्सनल र युनाइटेड बराबरीमा रोकिए

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएका छन् । प्रिमियर लिग अन्तरगत आइतबार राति भएको खेलमा आर्सनल ब्राइटनसँग तथा म्यानचेस्टर युनाइटेड हडर्सफिल्डसँग समान १–१ गोलको बराबरीमा रोकिएका हुन् । घरेलु मैदान इमिरेट्स स्टेडियममा आइतबार राति भएको खेलमा आर्सनलले सुरुवाती अग्रता जोगाउन सकेन । नवौं मिनेटमा प्राप्त पेनाल्टीलाई पिएर इमिरिक औवामियाङले […]

May 6, 2019

चेल्सी तेस्रो स्थानमा उक्लियो

एजेन्सी – लन्डन क्लब चेल्सी इंग्लिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । प्रिमियर लिग अन्तरगत आइतबार राति भएको खेलमा वाट्फोर्डमाथि ३–० को सहज जित निकाल्दै चेल्सीले टोटेनहम हस्टपरलाई पछि पार्दै तेस्रो स्थानमा उक्लन सफल भएको हो । प्रिमियर लिगमा अन्तिम राउन्डको खेल बाँकी रहँदा चेल्सीले टोटेनहमलाई एक अंकले पछि पार्दै अर्काे सिजनको लागि […]

May 5, 2019

मुम्बई क्यालिफायरमा, सन्दीपको दिल्लीले एलिमिनेटर खेल्ने

एजेन्सी – मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) को क्वालिफायरमा प्रवेश गरेको छ । आईतबार राती सम्पन्न खेलमा कोलकता नाइट राइडर्सलाई ९ विकेटले पराजित गरेपछि शीर्ष स्थानमा रहँदै मुम्बई क्वालिफायरमा प्रवेश गरेको हो । मुम्बईले क्वालिफायरमा चेन्नई सुपर किंग्ससँग मंगलबार खेल्ने छ । मुम्बई विजयी भएसँगै सन्दीप लामिछाने सम्मिलित दिल्ली भने तेस्रो स्थानमा झरेको छ […]

Success

Thank you for your time.