default_image

अन्तर्राष्ट्रिय

May 31, 2019

वेस्ट इन्डिजको सानदार विजयी सुरुवात

एजेन्सी – वेस्ट इन्डिजले एक दिवसिय विश्वकप क्रिकेटमा सानदार विजयी सुरुवात गरेको छ । शुक्रबार पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो । १ सय ६ रनको सामान्य लक्ष्य वेस्ट इन्डिजले १३.४ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्यो । उसका लागि ओपनर क्रिस गेलले ३४ बलमा ६ चौका र ३ छक्का सहित ५० […]

May 31, 2019

पाकिस्तान १ सय ५ रनमा अल आउट !

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा पाकिस्तानले वेस्ट इन्डिजलाई १ सय ६ रनको सामान्य लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ थालेको पाकिस्तान २१.४ ओभरमा अल आउट हुँदै १ सय ५ रनमा समेटियो । वेस्ट इन्डिजको घातक बलिङ सामु पाकिस्तानका कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । पाकिस्तानले पहिलो विकेटका रुपमा […]

May 31, 2019

वेस्टइन्डिजविरुद्ध पाकिस्तान पहिलो ब्याटिङमा

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेटमा आज पाकिस्तान र वेस्ट इन्डिजबीच प्रतिस्पर्धा हुँदै छ । भर्खर सम्पन्न टसमा वेस्ट इन्डिजले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । पाकिस्तानले जवाफी ब्याटिङ केहि समयमा गर्ने छ । वेस्ट इन्डिज प्लेइङ ११ : क्रिस गेल, शाई होप, डरेन ब्राभो,शिम्ररोन हिटमायर, निकोलस पुरन,आन्द्रे रसेल, जोसन होल्डर(कप्तान) कार्लोस बर्थवेट, एशले […]

May 31, 2019

नेयमार : प्रतिबन्ध, कप्तानबाट बर्खास्त अनि क्लबमा समस्या

स्याम ह्यारिस, बीबीसी विश्वका सर्वाधिक महँगा खेलाडीको लागि पछिल्लो केहि साता सुखद रहन सकेको छैन । यसै साता ब्राजिलको प्रशिक्षणमा युवा खेलाडी वेभरटनले नेयमारलाई नटमेग गरेपछि नेयमारले दिएको अभिव्यक्तिले सामाजिक संजालमा हंगामा मचायो । नेयमारको खुट्टाको बीचबाट बल छलाउने बितिकै १९ वर्षीय वेभरटनलाई नेयमारले तानेर मैदानमा लडाएका थिए । यो घटना नेयमार ब्राजिलको प्रशिक्षणमा सामेल […]

May 31, 2019

कोन्टे इन्टर मिलानका प्रशिक्षक नियुक्त

एजेन्सी – इटालियन क्लब इन्टर मिलानले प्रिमियर लिग क्लब चेल्सीका पूर्व प्रशिक्षक एन्टोनियो कोन्टेलाई प्रशिक्षकको जिम्मेवारी सुम्पिएको छ । केहि दिनअघि मात्र प्रशिक्षक लुसियानो स्पालेटीलाई प्रशिक्षक पदबाट बर्खास्त गरेको इन्टरले ४९ वर्षीय इटालियन प्रशिक्षकलाई अनुबन्ध गरेको हो । कोन्टे गत सिजन चेल्सीबाट बर्खास्तीमा परेका थिए । उनले चेल्सीमा दुइ सिजन बिताउँदै प्रिमियर लिग र एफए […]

May 31, 2019

पाकिस्तान र वेस्ट इन्डिजको अग्निपरीक्षा!

एजेन्सी – इंग्ल्यान्ड र वेल्समा जारी एक दिवसिय विश्वकप क्रिकेटमा आज पाकिस्तान र वेस्ट इन्डिजबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समयअनुसार  ३:१५ देखि सुरु हुने छ । वेस्ट इन्डिजले विश्वकपको सुरुवाती दुई संस्करण (सन् १९७५,१९७९) को उपाधि जितेको थियो । पाकिस्तानले सन् १९९२ मा इमरान खानको कप्तानीमा इंग्ल्यान्डलाई २२ रनले हराउँदै विश्वकप जितेको थियो […]

May 31, 2019

विश्वकपमा ताहिरको नयाँ कीर्तिमान

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा दक्षिण अफ्रिका ४० वर्षिय स्पिनर इमरान ताहिरले नयाँ कीर्तिमान रचेका छन् । बिहीबार भएको उद्धघाटन खेलमा घरेलु टोली इंग्ल्यान्डले दक्षिण अफ्रिकालाई १ सय ४ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ । टस जितेर दक्षिण अफ्रिकाले बलिङ गर्ने निर्णय लिर्दै पहिलो ओभरमै स्पिनर इमरान ताहिरलाई बलिङ गर्न ल्याएको थियो […]

May 31, 2019

कप्तान रामोस म्याड्रिडमै रहने

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडका कप्तान सर्जियो रामोस क्लबमै रहने भएका छन् । सेन्टरब्याक तथा रियलका कप्तान रामोस सन् २०२१ सम्म क्लबमै रहने क्लब तथा रामोसले उल्लेख गरेका छन् । रियलमा उनको सम्झौता २०२१ सम्म छ । सोही सम्झौता अवधिसम्म रामोस रियलमै रहने क्लबले जनाएको छ । क्लबका अध्यक्ष फियोरेन्टिना पेरेज र रामोसबीच राम्रो […]

May 31, 2019

‘वेस्ट इन्डिजले ५०० रन बनाउन सक्छ’ – शाई होप

एजेन्सी – वेस्ट इन्डिजका ओपनर तथा युवा खेलाडी शाई होपले विश्वकप सुरुहुनु अघि आफ्नो टोलीले वान डे क्रिकेटमा ५ सय रन बनाउन सक्ने क्षमता रहेको बताएका छन् । एकदिवसीय विश्वकपको १२ औं संस्करण आजदेखि इंग्ल्यान्ड र वेल्समा सुरु हुँदै छ । जुलाई १४ सम्म चल्ने प्रतियोगितामा १० देशले एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् । लिगपछि शीर्ष […]

May 31, 2019

सुआरेज उरुग्वेको टोलीमा समावेश

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका स्टार स्ट्राइकार लुइस सुआरेज आसन्न कोपा अमेरिकाका लागि उरुग्वेको अन्तिम २३ सदस्यीय टोलीमा समावेश भएका छन्  । घुँडाको चोटका कारण उनी टोलीमा पर्नेमा शंका गरिएको थियो । तर, प्रशिक्षक ओस्कार टावारेजले सुआरेजलाई समावेश गदै २३ सदस्यीय टोली तयार पारेका हुन् । चोटकै कारण सुआरेजले भ्यालेन्सियाविरुद्धको कोपा डेल रेको फाइनल खेल […]

Success

Thank you for your time.