default_image

अन्तर्राष्ट्रिय

June 5, 2019

पहिलो फिल्डङ गर्दै न्युजिल्यान्ड

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार दोस्रो खेलमा बंगलादेशविरुद्ध न्युजिल्यान्डले पहिला फिल्डिङ गर्दै छ । लन्डन स्थित ओभल मैदानमा टस जितेर न्युजिल्यान्डले फिल्डिङ गर्ने निर्णय लिएको छ । बंगलादेशले केहि समयमा ब्याटिङ गर्ने छ । पहिलो खेलमा न्युजिल्यान्डले श्रीलंकालाई पराजित गर्दा वंगलादेशले दक्षिण अफ्रिकालाई पराजित गरेको थियो । दुबै टोली लगातार दोस्रो जितको […]

June 5, 2019

भारतविरुद्ध ब्याटिङ गर्दै दक्षिण अफ्रिका,यस्तो छ प्लेइङ ११

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार पहिलो खेलमा उपाधिको प्रमुख दाबेदार भारतविरुद्ध दक्षिण अफ्रिकाले पहिला ब्याटिङ गर्ने भएको छ । साउथह्याम्पटनमा भएको टसमा दक्षिण अफ्रिकाले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो । भारतले जवाफी फिल्डिङ केहि समयमा गर्ने छ । आजको खेलमा हसिम अमला टोलीमा फर्किएका छन् । भारतले केएल राहुललाई टोलीमा […]

June 5, 2019

‘रोनाल्डो अझै विश्वको उत्कृष्ट खेलाडी’ – नानी

एजेन्सी – पोर्चुगल तथा म्यानचेस्टर युनाइटेडका पुर्व खेलाडी नानीले क्रिस्टियानो रोनाल्डो अझै विश्वको उत्कृष्ट खेलाडी रहेको बताएका छन् । यसै सिजन स्पेनिस क्लब रियल म्याड्रिडबाट इटालियन जाइन्ट युभेन्टस पुगेका रोनाल्डोले पहिलो सिजन सोचेजस्तो खेल प्रदर्शन गर्न सकेको थिएनन् । पोर्चुगलका पूर्व सहयात्री नानीले रोनाल्डोले यो सिजन सोचेजस्तो प्रदर्शन गर्न नसकेपनि उनले युभेन्टसलाई सिरी ‘ए’ र […]

June 5, 2019

लाराको कीर्तिमानमा गेलको नजर

एजेन्सी – वेस्ट इन्डिजका ओपनर क्रिस गेलले इंग्ल्यान्ड र वेल्समा जारी एकदिवसिय विश्व कपपछि आफ्नो वान डे करियरबाट सन्न्यास लिने घोषणा गरि सकेका छन् । उनको यो अन्तिम विश्वकप हो । गेल विष्फोटक ब्याटिङका लागि चिनिने गर्दछन् । गेल लयमा आउछन् भने उनलाई रोक्न विश्वका जुन सुकै बलरलाई कठिन हुन्छ । युनिभर्सल बोसको उपनाम पाएका […]

June 5, 2019

चेल्सी छाड्ने सारीको चाहना !

लन्डन (एजेन्सी)– युभेन्ट्सको प्रशिक्षक बन्ने सम्भावना देखिएपछि माउरिजियो सारीले आफुलाई चेल्सीले सम्झौताबाट अलग गर्ने विश्वास राखेका छन् । स्टामफोर्ड ब्रिजको पहिलो सिजनमा सारीले चेल्सीलाई प्रिमियर लिगको तेस्रो स्थान दिलाउँदै आउने सिजनका लागि च्याम्पियन्स लिगमा छनोट गराएका छन् । खेल जीवनमा पहिलो पटक महत्वपूर्ण उपाधि जित्ने क्रममा उनले चेल्सीलाई युरोपा कप जिताएका छन् । सारी त्यस्ता […]

June 5, 2019

पोग्बा रियल जाने सम्भावना !

म्याड्रिड (एजेन्सी)– पाउल पोग्बा र इडन हाजार्ड आउने दिनका लागि क्लबमा आबद्ध हुनेमा रियल म्याड्रिड आश्वस्त देखिएको छ । रियलका प्रशिक्षक जिनेदिन जिदानको मुख्य लक्ष्य नै यी दुई खेलाडीलाई भित्राउनु रहेको बताइएको छ । जिदान पोग्बाका प्रशंसक हुन् । जसका लागि पनि पोग्बा रियल जाने सम्भावना बाक्लो रहेको छ । जिदानले आफ्नो प्रशिक्षणमा पोग्बालाई विश्व […]

June 5, 2019

‘नेयमार र एमबाप्पेलाई किन्ने योजना छैन ’

म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका अध्यक्ष फ्लोरिन्टिनो पेरेजले पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्डद्वय नयेमार र केलियन एमबाप्पेलाई लिने योजना नभएको बताएका छन् । उनको दाबी छ, ‘सुरुवाका विषयमा मैले कोहि सँग कुरा गरेको छैन ।’ पछिल्लो सिजन रियलको निराशाजनक रह्यो । टोलीले कुनै उपाधि जित्न सकेन । च्याम्पियन्स लिगमा चाँडै बाहिरिएको रियलले कोपा डेल रे […]

June 5, 2019

सुखद सुरुवात गर्ने दाउमा भारत

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार पहिलो खेलमा उपाधिको प्रमुख दाबेदार भारतले दक्षिण अफ्रिकासँग खेल्दै छ । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ देखी साउथह्याम्पटनमा सुरु हुने छ । भारत पहिलो खेलमै विजयी सुरुवात गर्न चाहन्छ । यता पहिलो खेलमा इंग्ल्यान्डसँग १ सय ४ र बंगलादेशसँग २१ रनले पराजित भएको दक्षिण अफ्रिका पनि […]

June 5, 2019

नाडाल र फेडेरर सेमिफाइनलमै भिड्ने

एजेन्सी – दोस्रो वरीयताका स्पेनिस राफयल नाडाल र तेस्रो वरीयताका स्वीस रोजर फेडेरर फ्रेन्च ओपनको सेमिफाइनलमै भिड्ने भएका छन् । पेरिसमा जारी फ्रेन्च ओपनको क्वाटरफाइनलमा स्वीस फेडेररले आफ्नै देशका स्टेन वारिन्कालाई ३–१ को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै सेमिफाइनलमा नाडालसँगको भेट पक्का गरेको हो । प्रतिस्पर्धात्मक खेलमा ३७ वर्षीय फेडेररले पहिलो सेट ७–६(७–४) ले जितेको थियो […]

June 5, 2019

रियलका पूर्व प्रशिक्षक सेभिल्लासँग आबद्ध

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिड तथा स्पेनिस राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक जुलेन लोपेटेगुइलाई सेभिल्लाले प्रशिक्षकको रुपमा नियुक्त गरेको छ । ५२ वर्षीय लोपेटेगुइलाई स्पेनिस राष्ट्रिय टोलीबाट विश्वकप सुरु हुनुभन्दा २ दिन अगाडी बर्खास्त गरिएको थियो । विश्वकपमा सहभागी हुने समयमा रियल म्याड्रिडको प्रशिक्षकको रुपमा सार्वजनिक भएपछि स्पेनको फुटबल संघले उनलाई कारवाही गरेको थियो । […]

Success

Thank you for your time.