default_image

अन्तर्राष्ट्रिय

June 12, 2019

इस्टोनियाको पोस्टमा जर्मनीको ८ गोल !

एजेन्सी – युरोकप छनोटमा जर्मनीले प्रभावशाली जित निकालेको छ । मंगलबार राति भएको खेलमा जर्मनीले इस्टोनियालाई ८–० को भारी अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा जर्मनीको प्रभावशाली जितमा मार्काे रिउस र सर्जी जिनाब्रीले समान २ गोल गरे । लियोन गोरेट्का, इकेए गुन्डोगान, टिमो वेर्नर र लिरोए साने समान १ गोल गरे । […]

June 11, 2019

श्रीलंका र बंगलादेशबीचको खेल रद्ध

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार हुने भनिएको श्रीलंका र बंगलादेशबीचको खेल रद्ध भएको छ । वर्षाको कारण खेलनै सुरु हुन नपाई रद्ध भएको हो । योसँगै दुबै टोलीले एक एक अंक बाँडेका छन् । श्रीलंका ४ खेलमा १ मा जित १ मा हारका साथ ४ अंक जोड्दै पाँचौ स्थानमा छ । यसअघि […]

June 11, 2019

विश्वकप छनोटः दोस्रो लेगमा भुटानको फराकिलो हार

एजेन्सी – सन् २०२२ को विश्वकप छनोट अन्तरगतको एसियन क्षेत्रको छनोटको पहिलो चरणको दोस्रो लेगमा भुटानले फराकिलो हार बेहोरेको छ । पहिलो लेगमा १–० को जित सफलता हात पारेको भुटान दोस्रो लेगमा गुआमसँग ५–० को भारी अन्तरले पराजित भएको हो । गुआम समग्रमा ५–१ को जित निकाल्दै दोस्रो चरणमा पुग्न सफल भयो । गुआमको फराकिलो […]

June 11, 2019

श्रीलंकालाई ब्याटिङकै चिन्ता !

एजेन्सी – एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार श्रीलंका र बंगलादेशबीच प्रतिस्पर्धा हुदैं छ । खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ बजे ब्रिस्टलमा सुरु हुने छ । दुबै टोली दोस्रो जितको खोजिमा छन् । श्रीलंका पहिलो खेलमा न्युजिल्यान्डसँग १० विकेटले पराजित हुँदा दोस्रो खेलमा अफगानिस्तानलाई डक वर्थ लेविसका आधारमा ३४ रनले हराएको […]

June 11, 2019

चेकले मोन्टेनग्रोलाई हरायो

एजेन्सी – युरो कप छनोटमा चेक रिपब्लिककले मोन्टेनग्रोलाई पराजित गरेको छ । घरेलु मैदानमा चेकले मोन्टेनेग्रोलाई ३–० ले हराएको हो । चेकको जितमा जाकुव जान्कटो, प्याट्रिकले गोल गर्दा एक गोल उपहार पाएको थियो । खेलको १८औं मिनेटमा जाकुवले पाभेलको पासमा गोल गर्दै चेकलाई पहिलो हाफमा सुरुवाती अग्रता दिलाए । दोस्रो हाफको शुरुमै बोरिस कोपिटोभिकको आत्मघाती […]

June 11, 2019

युरो छनोटमा डेनमार्कको पहिलो जित

एजेन्सी – युरोकप छनोटमा डेनमार्कले पहिलो जित निकालेको छ । पहिलो जित निकाल्ने क्रममा डेनमार्कले जर्जियालाई ५–१ ले हराएको हो । अपराजित रहेको डेनमार्कले यसअघि दुई खेलमा बराबरी खेलेको थियो । घरेलु मैदानमा डेनमार्कलाई फराकिलो जित दिलाउन कास्पर डोलवर्गले २ तथा क्रिस्टियन इरिक्सन, युस्सुफ पौलसेन र मार्टिन ब्रेथवेटले समान १ गोल गरे । सावा लोभझानीडिजले […]

June 11, 2019

लेवान्डोस्कीको गोलमा पोल्यान्डको शानदार जित

एजेन्सी – युरोकप छनोटमा पोल्यान्डले शानदार जित निकालेको छ । सोमबार राति भएको खेलमा पोल्यान्डले इजरायलमाथि ४–० को शानदार जित हात पारेको हो । घरेलु मैदान वार्सजावामा पोल्यान्डको शानदार जितमा क्रेजिस्टोफ पियाटिक, रोवर्ट लेवान्डोस्की, कामिल ग्रोसिकी र डामियन काड्जियरले गोल गरे । खेलको ३५औं मिनेटमा क्रेजिस्टोफ पियाटिकले तोमास्ज काड्जिओराको पासमा गोल गरेपछि पोल्यान्डले पहिलो हाफमा […]

June 11, 2019

रामोसको गोलमा स्पेनको शतप्रतिशत नजिता

एजेन्सी – युरो छनोटमा स्पेनले शतप्रतिशत नतिजा निकालेको छ । सान्टियागो बर्नबेउमा सोमबार राति भएको खेलमा स्पेनले स्वीडेनलाई ३–० ले पराजित गर्दै शतप्रतिशत नतिजा निकालेको हो । सहज जितसँगै अपराजित रहेको स्पेनको समूह ‘एफ’ मा ४ खेलबाट १२ अंक पुगेको छ । छनोटमा पहिलो हार बेहोरेको स्वीडेन ७ अंक जोेडेर दोस्रो स्थानमा यथावत रहेको छ […]

June 10, 2019

दक्षिण अफ्रिका र वेस्ट इन्डिबीचको खेल रद्ध

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबारको दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीचको खेल वर्षाको कारण रद्ध हुन पुगेको छ । साउथह्याप्टनमा टस हारेर ब्याटिङ थालेको दक्षिण अफ्रिकाले ७.३ ओभरमा २९ रन जोड्न २ विकेट गुमाएको अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो । झण्डै पाँच घण्टासम्म खेल पुन सुरु हुन नसकेपछि रद्ध भएको घोषणा गरिएको […]

June 10, 2019

अन्तर्राष्ट्रिय क्रिकेटबाट युवराजको सन्न्यास

एजेन्सी –भारतीय क्रिकेट टिमका पुर्व विश्फोटक ब्याट्सम्यान तथा अलराउण्डर युवराज सिंहले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका छन् । सोमबार युवराजले सन्न्यासको घोषणा गरेका हुन् । युवराजको नाममा विश्वक्रिकेटमा ६ बलमा ६ छक्का, १२ बलमा अर्ध शतक पुरा गर्ने जस्ता दुर्लभ कीर्तिमान रहेका छन् । युवराजले सन् २००० मा केन्याविरुद्ध वान डे क्रिकेटमा डेब्यू गरेका […]

Success

Thank you for your time.