default_image

अन्तर्राष्ट्रिय

June 27, 2019

सलाहको इजिप्ट प्रि–क्वाटरफाइनलमा

एजेन्सी – आयोजक इजिप्ट अफ्रिका कप अप नेसन्सको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । इजिप्टले डीपिआर कंगोलाई २–० ले पराजित गर्दै समूहमा एक खेल बाँकी छदै अन्तिम १६ को यात्रा तय गर्न सफल भएको हो । दुई खेलबाट इजिप्टको समूह ‘ए’ मा ६ अंक रहेको छ । युगान्डाको ४ तथा जिम्वावेको १ अंक तथा कंगो अंकविहीन […]

June 27, 2019

बाबरको शतकसँगै पाकिस्तानले न्युजिल्यान्डलाई हरायो

एजेन्सी – युवा ब्याट्सम्यान बाबर आजमले शतक प्रहार गरेसँगै एक दिवसिय विश्वकप क्रिकेटमा पाकिस्तानले न्युजिल्यान्डलाई ६ विकेटले पराजित गरेको छ । जारी विश्वकपमा पाकिस्तानको यो तेस्रो जित हो भने न्युजिल्यान्डले पहिलो हार ब्योहोरेको छ । यो जितसँगै शीर्ष चारमा रहेर सेमिफाइनल खेल्ने संभावना पाकिस्तानले जिवितै राखेको छ । २ सय ३८ रनको मध्यम लक्ष्य पाकिस्तानले […]

June 26, 2019

निशम चम्किँदा सस्तैमा समेटिनबाट बच्यो न्युजिल्यान्ड

एजेन्सी – युवा अलराउण्डर जेम्श निशमले आफ्नो वान डे करियरकै उत्कृष्ट प्रर्दशन गरेपछि एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबारको खेलमा न्युजिल्यान्डले पाकिस्तानलाई २ सय ३८ रनको मध्यम लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ थालेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २ सय ३७ रन बनायो । न्युजिल्यान्डलाई मध्यम योगफलसम्म पुर्याउन जेम्श […]

June 26, 2019

मनाङ रहेको समूहबाट अबहानी छनोट

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली लिग च्याम्पियन सिग्नेचर मनाङ– मस्र्याङ्दी क्लब रहेको समूह ‘इ’ बाट बंगलादेशको ढाका अवहानी लिमिटेडले एएफसी कपको दोस्रो चरणका स्थान बनाउन सफल भएको छ । दोस्रो चरणमा छनोट हुन जित निकाल्नै पर्ने खेलमा अबहानीले मिर्नेभा पन्जावमाथि १–० को नाटकीय जित निकाल्दै एएफसी कपको इन्टर जोनको सेमिफाइनलमा पुग्न सफल भएको हो । गुहावटीमा […]

June 26, 2019

न्युजिल्यान्ड पहिलो ब्याटिङमा

एजेन्सी – एकदिवसीय विश्वकप अन्तर्गत बुधबार न्युजिल्यान्डले पाकिस्तानविरुद्ध टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको छ । पाकिस्तान टोली: इमाम उल हक, फकार जमान, बाबर आजम, मोहमद हफिज, सरफराज अहमद (कप्तान), हरिस सोहेल, इमाद वसीम, वाहब रियाज, शादब खान, मोहमद आमीर, शाहिन अफ्रिदि न्युजिल्यान्ड टोली : मार्टिन गुप्टिल, कोलिन मुनरो, केन विलियमसन (कप्तान), रस टेलर, […]

June 26, 2019

‘अर्को सिजनसम्म पीएसजीमै’– एमबाप्पे

पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड केलियन एमबाप्पेको पछिल्लो भनाईले रियल म्याड्रिडको योजनामा चिसो पानी खनिएको छ । एमबाप्पले अर्को एक सिजन पिएसजीमै रहने संकेत गरेपछि उनलाई भित्राउने रियलको योजना तत्कालका लागि पुरा नहुने भएको छ । जिनेदिन जिदानको रियल यो सिजन विश्व स्तरीय खेलाडी भित्राउने दाउमा छ । पछिल्लो सिजन खराब प्रदर्शन […]

June 26, 2019

गर या मरको अवस्थामा पाकिस्तान !

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा आज न्युजिल्यान्ड र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ देखी सुरु हुनेछ । ६ खेलमा ५ मा जित निकालेको न्युजिल्यान्ड आजको खेलमा विजयी भए दुई खेल अगावै सेमिफाइनलमा प्रवेश गर्ने छ । पाकिस्तान गर वा मरको अवस्थामा छ । पाकिस्तान आजको खेलमा पराजित भए […]

June 26, 2019

क्यामरुनको सहज जित, घाना रोकियो

एजेन्सी – क्यामरुनले अफ्रिका कप अफ नेसन्समा सहज जित हात पारेको छ । मंगलबार राति भएको समूह ‘एफ’ को खेलमा क्यामरुनले गुनिया बिसाउमाथि २–० को सहज जित निकालेको हो । क्यामरुनको सहज जितमा याया बनाना र स्टेफाने बाहोकेनले गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिदा क्यामरुनले दोस्रो हाफमा दुई गोल गर्न सफल भएको हो […]

June 26, 2019

कोपा अमेरिका : ब्राजिल-अर्जेन्टिना सेमिफाइनलमै भेटिने

एजेन्सी – कोपा अमेरिका २०१९ अन्तर्गत उपाधिका दुई प्रमुख दावेदार टोली ब्राजिल र अर्जेन्टिनाको फाइनल अगावै भेट हुने भएको छ । मंगलबार सम्पन्न समूह चरणका खेलपछि निस्केको समीकरण अनुसार दुवै टोली सेमिफाइनलमा अनि एक आपसमा भिड्ने भएका हुन् । ब्राजिलले क्वाटरफाइनलमा पाराग्वेसँग खेल्दैछ भने अर्जेन्टिनाले भेनेजुएलाको सामना गर्दैछ । दुवै टोलीले जित दर्ता गरेमा फाइनल […]

June 26, 2019

‘नेयमारसँग खेल्न पाउँदा खुसी’ – कोउटिन्हो

बार्सिलोना (एजेन्सी)– नेयमारसँग एउटै क्लबमा खेल्ने अवसर मिल्दा आफुलाई खुसी लाग्ने बार्सिलोनाका मिडफिल्डर फिलिपे काउटिन्होले बताएका छन् । उनले ब्राजिलियन सहकर्मी नेयमारलाई सुपरस्टार रहेको समेत बताएका छन् । नेयमारले पेरिस सेन्ट जर्मेन (पिएसजी) मा दुई सिजन मात्र बिताएका छन् । टोलीलाई धेरै उपाधि जिताउने लक्ष्यका साथ नेयमार बार्सिलोनाबाट पिएसजी पुगेका थिए । तर, छोटो समयमै […]

Success

Thank you for your time.