default_image

अन्तर्राष्ट्रिय

June 30, 2019

भारतविरुद्ध इंग्ल्यान्डले पहिला ब्याटिङ गर्ने

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेटमा भारतविरुद्द इंग्ल्यान्डले पहिला ब्याटिङ गर्ने भएको छ । भर्खर सम्पन्न टसमा कप्तान इओन मोर्गनले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । भारतले आजको खेलमा विजय शंकरको स्थानमा युवा विकेटकीपर ऋषभ पन्तलाई मौका दिएको छ । त्यस्तै जोसन रोय आजको खेलमा टोलीमा फर्किएका छन् । वेस्ट इन्डिजसँगको खेलमा घाइते भएका […]

June 30, 2019

विश्वकप छनोटको लागि नेपाली राष्ट्रिय टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – सिंगापुरमा हुने आईसीसी टी ट्वान्टी एसिया कपको लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । आइतबार काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै कप्तान पारस खड्काको कप्तानीमा १४ सदस्य टोली घोषणा भएको हो । कप्तान पारस खड्का,प्रशिक्षक उमेश पटवाल र आईसीसीका प्रतिनिधि अमिनुल इस्लामले टोली छनोट गरेका हुन् । घोषणा टोलीमा शरद भेषवाकरले […]

June 30, 2019

भारतलाई हराउनै पर्ने दबाबमा इंग्ल्यान्ड

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेटमा आज भारत र इंग्ल्यान्ड भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ देखि सुरु हुनेछ । श्रीलंका र पाकिस्तानसँग अप्रत्यासित हार बेहोरेको घरेलु टोली इंग्ल्यान्डलाई शीर्ष चारमा रहेर सेमिफाइनल खेल्न आजको खेल जित्नै पर्ने दबाब छ । ७ खेलमा ४ मा जित र ३ मा हारका साथ पाँचौ स्थानमा […]

June 30, 2019

‘मैदानको अवस्था लज्जास्पद छ’ – अर्जेन्टिना कप्तान मेस्सी

एजेन्सी – कोपा अमेरिका २०१९ अन्तर्गत अर्जेन्टिनाले सेमिफाइनलमा स्थान पक्का गरेको छ । क्वाटरफाइनलमा भेनेजुएलालाई २-० ले हराउँदै अर्जेन्टिना अन्तिम ४ मा प्रवेश गरेको हो । क्वाटरफाइनलमा जितपछि बोल्दै अर्जेन्टिनाका कप्तान मेस्सीले मैदानको अवस्था लज्जास्पद रहेको अभिव्यक्ति दिए । ‘मैदानको अवस्था निकै खराब छ । हामीले चाहेअनुसार बल नियन्त्रण भइरहेको छैन । कतै बल गुड्न […]

June 30, 2019

क्यामरुन र घानाको बराबरी

एजेन्सी – अफ्रिका कप अफ नेसन्समा समुह ‘एफ’ मा क्यामरुन र घानाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । इस्माइलिया स्टेडियममा दुवै टोलीले पाएको मौलाई सदुपयो गर्न नसक्दा गोलरहित बराबरी खेल्न बाध्य बनेको हो । बराबरीसँगै क्यामरुन २ खेलबाट ४ अंक जोडेर शीर्षस्थानमा रहेको छ ।घाना २ खेलबाट २ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ […]

June 30, 2019

स्वीडेन र नेदरल्यान्डस महिला विश्वकपको सेमिफाइनलमा

एजेन्सी – स्वीडेन र नेदरल्यान्डस महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गर्न सफल भएका छन् । स्वीडेनले उपाधिको दावेदार जर्मनीलाई तथा नेदरल्यान्डसले अर्काे उपाधिको दावेदार इटालीलाई पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएका हुन् । राओजोन पार्क रेनिसमा शनिबार राति भएको खेलमा स्वीडेनले खेलमा पछि परेको स्थिति उल्ट्याएर २–१ को जित निकाल्दै सेमिफाइनलमा पुग्न सफल भएको […]

June 30, 2019

स्टार्कको घातक बलिङमा न्युजिल्यान्ड पराजित

एजेन्सी – तीव्र गतिका बलर मिचेल स्टार्कले ५ विकेट लिएपछि एकदिवसिय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले न्युजिल्यान्डमाथि ८६ रनको सहज जित निकालेको छ । यो जितसँगै अष्ट्रेलिया ८ खेलमा ७ मा जित र १ मा हारका साथ १४ अंकका साथ शीर्षस्थानमा छ । २ सय ४४ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४३.४ ओभरमा अल आउट हुँदै १ सय […]

June 30, 2019

सुआरेजले पेनाल्टी चुकाउँदा उरुग्वे बाहिरियो

एजेन्सी – बार्सिलोना फरवार्ड लुइस सुआरेजले टाइब्रेकरमा गोल गर्न नसक्दा उरुग्वे कोपा अमेरिका २०१९ को क्वाटरफाइनलबाट नै बाहिरिएको छ । पेरुले टाइब्रेकरमा ५-४ को जित दर्ता गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो । उरुग्वेले खेल अवधिभर पेरुमाथि लगातार आक्रमण गरेपनि […]

June 29, 2019

अन्तिम ओभरमा जितसँगै पाकिस्तान चौथो स्थानमा उक्लियो

एजेन्सी – पाकिस्तान एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिताको अंक तालिकामा चौथो स्थानमा उक्लिएको छ । शनिबार सम्पन्न खेलमा अफगानिस्तानलाई ३ विकेटले पराजित गर्दै पाकिस्तान घरेलु टोली इंग्ल्यान्डलाईपछि पार्दै चौथो स्थानमा उक्लिएको हो । अफगानिस्ताको भने यो लगातार आठौं हार हो । अब पाकिस्तानले अन्तिम खेल बंगलादेशसँग खेल्ने छ । बंगलादेशसँगको खेलमा विजयी भएमा र अन्य टोलीको […]

June 29, 2019

बोल्टको ह्याट्रिकसँगै अष्ट्रेलियाको मध्यम योगफल

एजेन्सी – तीव्र गतिका बलर ट्रेन्ट बोल्टले अन्तिम ओभरमा ह्याट्रिक लिएसँगै एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबारको दोस्रो खेलमा अष्ट्रेलियाले न्युजिल्यान्डलाई २ सय ४४ रनको मध्यम लक्ष्य दिएको छ । लर्ड्समा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ४३ रन बनायो । अष्ट्रेलियाका लागि उस्मान खवाजाले […]

Success

Thank you for your time.