default_image

अन्तर्राष्ट्रिय

July 19, 2019

जिम्बावेमाथि आईसीसीको निलम्बन, क्यानका बिषयमा छलफल भएन

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले टेष्ट राष्ट्र जिम्बावेमाथि निलम्बन लगाएको छ । बिहीबार लन्डनमा बसेको  आईसीसी बैठकले जिम्बावेलाई निलम्बन लगाउने निर्णय गरेको हो । सरकारी हस्तक्षेप,राजनीतिक कारण  र आईसीसीको २.४ धारा विपरित काम गरेको भन्दै जिम्बावेलाई निलम्बन लगाएको हो । यो सँगै अक्टोबरमा यूएईमा हुने टी ट्वान्टी ग्लोबल विश्वकप छनोट जिम्बावेले खेल्न पाउने […]

July 19, 2019

‘ग्रिजमनमाथि निकै भरोसा छ’

एजेन्सी – बार्सिलोनाका प्रशिक्षक इर्निस्टो भाल्र्भेडेले क्लबमा आबद्ध भएका दुई स्टारबाट क्लब र समर्थकले महत्वपूर्ण प्रदर्शनको अपेक्षा राखेको प्रष्ट पारेका छन् । हालै बार्सिलोनाले हालै एन्टोइन ग्रिजमन र फ्रेन्की डी जोङलाई भित्राएको थियो । डी जोङलाई टोलीका लागि भविष्यको भरपर्दो खेलाडीका रुपमा हेरिएको छ । अर्को तिर एट्लेटिको म्याड्रिडका पूर्व सुपर स्टार ग्रिजमनमाथि आफुलाई प्रमाणित […]

July 19, 2019

हड्सन ओडोइले चेल्सीमा सम्झौता थपे

एजेन्सी – इंग्ल्यान्ड तथा चेल्सीका टिनेजर फरवार्ड कलुम हड्सन ओडोइले चेल्सीमा थप ५ वर्षको सम्झौता नवीकरण गरेको छ । ओडोइको एक वर्ष सम्झौता बाँकी रहँदै चेल्सीले थप ५ वर्षको सम्झौता नवीकरण गरेको हो । लन्डन क्लब चेल्सीका नवनियुक्त प्रशिक्षक फ्रान्क लाम्पार्डले १८ वर्षीय युवा सनसनी ओडोइलाई चेल्सीमा राख्न सफल भएको हो । चेल्सीमा ओडोईको हरेक […]

July 18, 2019

मेस्सीले आर्सनलविरुद्ध खेल्ने

एजेन्सी– बार्सिलोनाका सुपर स्टार नयाँ सिजनको तयारीमा सामेल हुनुअघिको समय परिवारलाई दिइरहेका छन् । छुट्टी मनाउने क्रममा उनी श्रीमती र बच्चाहरुसँग बीचमा रमाइरहेको देखिएका छन् । उनले समुद्रमा श्रीमती र बच्चाहरुसँग तस्बिर पनि खिचाएका छन् । अर्जेन्टिनाका कप्तान समेत रहेका मेस्सी प्रि सिजनको लागि टोलीमा कहिले आबद्ध हुन्छन् भन्ने अहिले नै टुंगो लागेको छैन । […]

July 18, 2019

विश्वविजेता इंग्ल्यान्डद्वारा कप्तानसहित १० खेलाडी परिवर्तन

एजेन्सी – एक दिवसिय विश्वकप च्याम्पियन टोली इंग्ल्यान्डले आयरल्यान्डसँग हुने एकमात्र टेष्ट खेलको लागि आफ्नो १४ सदस्य टोली घोषणा गरेको छ । घोषणा टोलीमा इंग्ल्यान्डले विश्वकप जित्दाका कप्तान इओन मोर्गन सहित सहित १० खेलाडी परिवर्तन गरेको छ । विश्वकप जित्दाका प्रमुख ब्याट्सम्यान जो रुट,जोेसन रोय,जोनी बेयरस्टो,मोइन अली र क्रिस वोक्स बाहेक अन्य सबै खेलाडीलाई आराम […]

July 18, 2019

नेयमार पीएसजी छाड्ने निर्णयमा अडिग

एजेन्सी – ब्राजिलका स्टार फरवार्ड नेयमारले फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) छाड्ने निर्णयमा अडिग रहेको जनाउँदै युरोपका ठूला क्लबसामू आफ्नो प्रस्ताव अगाडि बढाएका छन् । बार्सिलोना जाने हल्ला चलेपनि क्याटलान क्लबले एन्टोइन ग्रिज्मनलाई अनुबन्धन गर्न १ सय २० मिलियन युरो खर्चेपछि नेयमार आफ्नो पूर्वक्लब फर्कने सम्भावना कम भएको हो । बार्सिलोनाले ट्रान्सफर रकम मात्र […]

July 18, 2019

आर्सनलले बायर्नलाई हरायो

एजेन्सी – नयाँ सिजन शुरु हुनुअघिको प्रि–सिजनको इन्टरनेशनल च्याम्पियन्स कपमा इंग्लिस क्लब आर्सनलले जर्मन च्याम्पियन बायर्न म्युनिखलाई पराजित गरेको छ । क्यालिफोर्नियामा बिहीबार बिहान भएको खेलमा आर्सनलले बायर्नलाई २–१ ले पराजित गरेको हो । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिदा दोस्रो हाफमा ३ गोल सम्भव भएको थियो । ४९औं मिनेटमा लुइस पोजनान्सकीको आत्मघाती […]

July 18, 2019

प्रि-सिजनमा डर्टमन्डको सहज जित

एजेन्सी – नयाँ सिजन सुरु हुनुअघिको युरोपियन क्लबहरुको मैत्रीपुर्ण खेलमा जर्मन क्लब बोरुसिया डर्टमन्डले सहज जित निकालेको छ । बिहीबार बिहान अमेरिकाको वासिङटनमा भएको खेलमा डर्टमन्डले घरेलु टोली सियाटल साउन्डर्समाथि ३–१ को सहज जित निकालेको हो । डर्टमन्डको सहज जितमा मारिअस वल्फ, पाको अल्कासेर र जाडोन सान्चोले गोल गरे । घरेलु टोलीका जोनाथन क्याम्पवेलले एक […]

July 18, 2019

ट्रिपिएर टोटेनहमबाट म्याड्रिडमा

एजेन्सी – इंग्ल्यान्ड तथा टोटेनहम हस्टपरका डिफेन्डर किरियन ट्रिपिएर स्पेनिस क्लब एट्लेटिको म्याड्रिडमा अनुबन्ध भएका छन् । ट्रिपिएरलाई स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले बुधबार ३ वर्षको लागि २० मिलियन पाउन्डमा अनुबन्ध गरेको हो । ट्रिपिएर क्लबमा अनुबन्ध भएसँगै क्लबको प्रशिक्षणमा सामेल भएको छन् । २८ वर्षीय ट्रिपिएरले टोटेनहममा ४ वर्ष बिताएका थिए । उनी एट्लेटिकोको इतिहासमा […]

July 18, 2019

ट्युनिसियालाई हराउदै नाइजेरिया तेस्रो

एजेन्सी – तीन पटकको च्याम्पियन नाइजेरियाले अफ्रिका कप अफ नेसन्समा तेस्रो स्थान हात पारेको छ । बुधबार राति भएको खेलमा ट्युनिसियालाई १–० ले पराजित गर्दै तेस्रो स्थान हात पारेको हो । अल सलाम स्टेडियम इजिप्टमा भएको खेलको शुरुमै ओडिअन इगहलोले गरेको गोल नै निर्णायक बनेको थियो । ओडिअनले खेलको तेस्रो मिनेटमा गोल गर्दै नाइजेरियालाई अग्रता […]

Success

Thank you for your time.