default_image

अन्तर्राष्ट्रिय

August 5, 2019

टिसीको बराबरीमा विमलको गोल

काठमाडौं (हाम्रो खेलकुद) – माल्दिभ्सको शीर्ष श्रेणी लिग धिवेहि प्रिमियर लिग अन्तर्गत आइतबारको खेलमा नेपाली फरवार्ड विमल घर्तीमगरले गोल गरेका छन् । टिसी स्पोर्ट्सबाट व्यवसायिक फुटबल खेल्दै आएका विमलले शीर्षस्थानमा रहेको डा ग्रान्ड विरुद्ध १-१ को बराबरीमा गोल गरे । पहिलो हाफमा विमलको गोलमा टिसीले अग्रता बनाएको थियो । उनले पेनाल्टी क्षेत्रभित्र पाएको कटब्याक पासलाई […]

August 5, 2019

भारतलाई एक खेल अगावै टि२० सिरिज

एजेन्सी – वेस्टइन्डिजलाई दोस्रो टि२० मा पराजित गर्दै पाहुना टोली भारतले तीन खेलको टि२० सिरिज जित पक्का गरेको छ । आइतबार राती डकवर्थ लेविस (डिएल) पद्दति आधारमा २२ रनले विजयी हुँदै भारतले सिरिज जितेको हो । १ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिज १५.३ ओभरमा ९८-४ को अवस्थामा खेल वर्षाले रोकिदा नतिजा डिएलमा […]

August 5, 2019

लिभरपुललाई हराउँदै सिटीले जित्यो कम्युनिटी सिल्ड

एजेन्सी – म्यानचेस्टर सिटीले गत सिजन लिगको जित यात्रालाई कायम राख्दै नयाँ सिजनको पहिलो उपाधि हात पारेको छ । आइतबार लिभरपुललाई टाइब्रेकरमा ५-४ ले पराजित गर्दै सिटीले कम्युनिटी सिल्ड जितेको हो । निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । सिटीले खेलको १२ औं मिनेटमा रहिम स्टरलिङको गोलमा अग्रता लिएको थियो […]

August 5, 2019

टोरन्टो विजयी, सन्दीपले प्रदर्शन सुधारे

काठमाडौं (हाम्रो खेलकुद) – लेग स्पिनर सन्दीप लामिछानेले आफ्नो प्रदर्शन सुधार गरेको खेलमा टोरन्टो नेस्नल्सले मोन्टरियल टाइगर्सलाई ४ विकेटले पराजित गरेको छ । टस जितेर फिल्डिङ रोजेको टोरन्टोले मोन्टरियललाई २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३६ रनमा रोक्न सकेको थियो । ओपनर काइल कोट्जरले २६ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन् । […]

August 4, 2019

रोहितको कीर्तिमानी अर्धशतकमा भारतको बलियो योगफल

एजेन्सी – ओपनर रोहित शर्माको कीर्तिमानी अर्ध शतकसँगै दोस्रो टि२० खेलमा भारतले वेस्ट इन्डिजलाई १ सय ६८ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको भारतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६७ रन बनायो । भारतका लागि ओपनर रोहितले सर्वाधिक ६७ रनको योगदान दिए । ओशन थोमसको १४ […]

August 4, 2019

‘फाइनल पुग्ने लक्ष्य छ’ – कप्तान इम राना

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका कप्तान इम रानाले आसन्न एभीसी एसियन मेन्स सिनियर सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपालले फाइनल पुग्ने लक्ष्य राखेको बताएका छन् । लगनखेलस्थित आर्मीको कभर्ड हलमा यहि भाद्र २ देखि ७ सम्म हुने प्रतियोगितामा नेपालसहित ७ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । आयोजक नेपालसँगै साविक विजेता तुर्कमेनिस्तान, उज्बेकिस्तान, अफगानिस्तान, माल्दिभ्स, […]

August 4, 2019

एकै खेलमा स्मिथको लगातार दोस्रो शतक

एजेन्सी – अष्ट्रेलियाका पूर्वकप्तान स्टिभ स्मिथले एसेज सिरिज अन्तर्गत पहिलो टेस्टमा लगातार दोस्रो शतक प्रहार गरेका छन् । इंग्ल्यान्डसँगको पाँच खेलको एशेज टेष्ट सिरिजअन्तर्गत पहिलो खेलको चौथो दिन स्मिथले शतक दोस्रो पूरा गरेका हुन् । स्मिथले आफ्नो टेष्ट करिअरको २५ औं शतक प्रहार गर्न १ सय ४७ बलको सामना गरे । यसअघि पहिलो इनिङमा स्मिथको […]

August 4, 2019

अन्यको टोली घोषणा, नेपाल प्रशिक्षण सुरु गर्न स्वीकृतिकै पर्खाइमा

भुपेन्द्र जिसी, काठमाडौं नेपाल क्रिकेट संघ (क्यान) को निलम्बनले नेपाली क्रिकेट अभिभावकविहिन छ । यसले गर्दा नेपाली क्रिकेट नै अगाडि बढ्न सकिरहेको अवस्था छैन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) र एसियाली क्रिकेट परिषद (एसीसी) को सहकार्यमा नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा भने सहभागिता जनाइरहेको छ । केहि हदसम्म घरेलु क्रिकेटका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले पनि सहयोग […]

August 4, 2019

पोग्बा रियल नजाने युनाइटेड प्रशिक्षकको अडान

एजेन्सी – म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गुनर सोल्सजरले मिडफिल्डर पल पोग्बाले कुनै हालतमा क्लब नछाड्ने बताएका छन् । फ्रान्सेली मिडफिल्डर पोग्बाले युनाइटेडको अन्तिम प्रि-सिजन खेलमा सहभागिता नजनाएपछि सोधिएको प्रश्नमा उनले पोग्बा युनाइटेडमै रहने पक्का गरेका हुन् । ‘ पोग्बा चोटका कारण नखेलेका हुन् । अघिल्लो दिन प्रशिक्षणमा उनले सामान्य चोट बोकेका थिए । त्यसैले हामीले […]

August 4, 2019

लिभरपुल र म्यानचेस्टर सिटी भिड्दै

एजेन्सी – इंग्लिस फुटबल सिजनको पहिलो औपचारिक खेल कम्युनिटी सिल्डको लागि लिभरपुल र म्यानचेस्टर सिटी भिड्दैछन् । खेल नेपाली समयानुसार साँझ ७:४५ बजे सुरु हुनेछ । गत सिजन प्रिमियर लिगको उपाधि जितेको सिटी र दोस्रो स्थानमा रहेको लिभरपुलबीच प्रतिस्पर्धात्मक खेल हुने अपेक्षा गरिएको छ । लिभरपुलका लागि नाथानिएल क्लाइन चोट कारण उपलब्ध छैनन् भने साडियो […]

Success

Thank you for your time.