August 13, 2019
एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) ब्राजिलियन सुपर स्टार नेयमारविना उस्तै हुन नसक्ने टोलीका अर्का फरवार्ड केलियन एमबाप्पेले बताएका छन् । सान्तोसका पूर्व स्टार नेयमार यो सिजन रियल म्याड्रिड वा बार्सिलोना जान सक्ने सम्भावना रहेका बीचमा एमबाप्पेको यस्तो भनाई सार्वजनिक भएको हो । यद्दपी, लिग १ को पहिलो खेलमा नेयमारविना पिएसजीले विजयी सुरुवात गरेको छ […]
August 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगर विश्वकप छनोट अन्तर्गत कतार र चाइनिज ताइपेइसँग हुने खेलको तयारीका लागि नेपाल आउने भएका छन् । माल्दिभ्सको शीर्ष डिभिजन लिगमा टिसी स्पोर्ट्स क्लबबाट खेलिरहेका विमल सोमबार माल्दिभ्सबाट प्रस्थान गर्नेछन् । उनी मंगलबार नेपाल आइपुग्नेछन् । शनिबार भएको लिग खेलमा विमलले निलान्धुविरुद्ध गोल गरेपछि टिसी […]
August 12, 2019
भूपेन्द्र जिसी, काठमाडौं ग्लोबल टि२० क्यानडामा तीब्र गतिका बलर सोमपाल कामीले पहिलो प्रतियोगितामै विनिपेग हक्सबाट प्रतिनिधित्व गर्दै उपाधि जिते । आइतबार सम्पन्न फाइनलमा सुपर ओभरमा भान्कुभर नाइट्सलाई पराजित गर्दै हक्स च्याम्पियन बन्दा सोमपाल फ्रेन्चाईज लिग जित्ने पहिलो नेपाली खेलाडी बने । सोमपाललाई हक्सले न्युनतम ३ हजार अमेरिकी डलर मुल्यमा अनुबन्ध गरेको थियो । सोमपालको यो […]
August 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) आगमी फागुनमा हुने भएको छ । सोमबार आयोजक ईपीएलले एक प्रस विज्ञप्ती जारी गर्दै चौथो संस्करणको ईपीएल आगमी फेबुअरी २९ देखि मार्च १४ सम्म हुने जानकारी दिएको छ । नेपाली मितिअनुसार प्रतियोगिता फागुन १७ देखि चैत्र १ गते सम्म हुने छ । जसक्रममा ३ वटा […]
August 12, 2019
एजेन्सी – फ्रेन्च लिग च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आफ्ना स्टार फरवार्ड नेयमारविनै आइतबार राति लिग वानको पहिलो खेलमा निम्सविरुद्ध जित निकाल्दै उपाधि रक्षा अभियान शुरु गरेको छ । यस्तोमा पीएसजीका समर्थकले पनि निम्सविरुद्ध ३–० को जित निकालेको खेलमा ‘नेयमार आउट’ भन्ने नारा घन्काउँदै स्टेडियमभर ब्यानरहरु प्रदर्शन गरेका थिए । घरेलु मैदानमा निम्सविरुद्धको खेलमा […]
August 12, 2019
एजेन्सी – कप्तान विराट कोहलीको कीर्तिमानी शतकसँगै वेस्ट इन्डिजसँगको दोस्रो वान डे खेलमा पाहुना टोली भारत डकवर्थ लेविस पद्धतीको आधारमा ५९ रनले विजयी भएको छ । योसँगै तीन वान डे सिरिजमा भारतले १–० को अग्रता लिएको छ । पहिलो खेल वर्षाको कारण रद्ध भएको थियो । जितका लागि २ सय ७० रनको लक्ष्य पछ्याएको वेस्टइन्डिज […]
August 12, 2019
एजेन्सी – कप्तान लिओनेल मेस्सीलाई चोटका कारण गुमाएको क्याटलान क्लब बार्सिलोनालाई अर्को समस्या आइपरेको छ । यसै सिजन क्लब भित्रिएका गोलरक्षक नेटो प्रशिक्षणका क्रममा घाइते भएका छन् । भ्यालेन्सियाबाट ३० मिलियन युरोमा आएका गोलरक्षक नेटोको प्रशिक्षणका क्रममा नाडी भाँचिएपछि बार्सिलोनालाई समस्या परेको हो । उनको चोटबारे विस्तृत विवरण आउने बाँकी रहेको छ । यद्यपि उनले […]
August 12, 2019
एजेन्सी – प्रि–सिजनको अन्तर्राष्ट्रिय क्लब मैत्रीपुर्ण खेलमा स्पेनिस क्लब रियल म्याड्रिडले अर्काे हार बेहोरेको छ । रियल घरेलु तथा इटालियन क्लब रोमासँग पेनाल्टी सुटआउटमा ५–४ ले पराजित भएको हो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा रोकिएसँगै खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । जसमा घरेलु टोलीले बाजी मार्न सफल भयो । खेलको १६औं मिनेटमा कप्तान […]
August 12, 2019
एजेन्सी – स्टार ब्राजिली फरवार्ड नेयमारविनै पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित निकालेको छ । साविकको विजेतासमेत रहेको पीएसजीले फ्रेन्च लिग वानको पहिलो खेलमा निम्सलाई ३–० ले पराजित गरेको हो । घरेलु मैदानमा आइतबार राति भएको खेलमा पीएसजीलाई जिताउन एडिन्सन काभनी, केलियन एमबाप्पे र एन्जल डि मारियाले गोल गरे । खेलको […]
August 12, 2019
एजेन्सी – ग्लोबल टि२० क्यानडाको उपाधि नेपाली तीब्र गतिका बलर सोमपाल कामी सम्मिलित विनिपेग हक्सले जितेको छ । यससँगै सोमपाल कामी विदेशी फ्रेन्चाइज लिगको उपाधि जित्ने पहिलो नेपाली खेलाडी बनेका छन् । आइतबार सम्पन्न रोमान्चक फाइनल खेलमा सुपर ओभरमा भान्कुभर नाइट्सलाई पराजित गर्दै हक्स च्याम्पियन बनेको हो । सोमपालले पहिलो रोजाइमा खेल्न भने पाएनन् । […]