August 14, 2019
एजेन्सी – विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई जरिवाना सुनाएको छ । युवा खेलाडी अनुबन्धमा नियम उल्लङघन गरेको भन्दै फिफाको अनुशासन समितिले इंग्लिस प्रिमियर लिग च्याम्पियन सिटीलाई ३१५,००० मिलियन पाउन्ड जरिवाना सुनाएको हो । फिफाको आर्टिकल १९ मा अन्य देशबाट १८ वर्षभन्दा मुनिको खेलाडी अनुबन्ध गर्न नपाइने उल्लेख छ ।
August 13, 2019
एजेन्सी – डच अट्याकिङ मिडफिल्डर वेस्ली स्नाइडरले सबैखाले फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । ३५ वर्षीय रियाल म्याड्रिड, इन्टर मिलानका मिडफिल्डर स्नाइडरले मंगलबार सबैखाले फुटबलबाट सन्न्यासको घोषणा गरेका हुन् । स्नाइडर पछिल्लो समय कतारी क्लब एल घाराफामा रहेर व्यवसायिक फुटबल खेलिरहेका थिए । सन्न्यासको घोषणा गर्दै स्नाइडरले आफ्नो जन्मस्थानमा केही गर्ने मनासय रहेको बताएका छन् […]
August 13, 2019
एजेन्सी – युभेन्टस स्टार क्रिस्टियानो रोनाल्डोले बार्सिलोना कप्तान लिओनेल मेस्सी र उनीबीचको फरकबारे बोलेका छन् । इटालियन संचार मध्यम डाज्नसँग बोल्दै रोनाल्डोले आफ्नो अभिव्यक्ति दिएका हुन् । रोनाल्डोले मेस्सी र उनीबीच धेरै फरक नरहेको स्वीकार पनि गरेका छन् । ‘ मेस्सी विश्वका उत्कृष्ट खेलाडी मध्यका हुन् । उनी ५ पटक ब्यालोन डी’ओर उपाधि जितेको कारण […]
August 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले दक्षिण एसियाली खेलकुद (साग) को तयारीस्वोरुप किर्गिस्तानमा हुने नादेझ्दा कप फुटबल प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएको छ । सेप्टेम्बर ६ देखि १४ सम्म हुने प्रतियोगितामा आयोजक किर्गिस्तानसँगै ताजिकिस्तान र उज्बेकिस्तानले पनि सहभागिता जनाउने छन् । नेपालले पछिल्लो केहि सातायता दक्षिण एसियाली खेलकुदको तयारीका लागि प्रशिक्षण गरिरहेको छ […]
August 13, 2019
एजेन्सी– बार्सिलोनाका फिलिप्पे काउटिन्होलाई भित्राउने विषयमा बायर्न म्युनिखले चासो देखाएको छ । बायर्नले मिडफिल्ड विकल्पका रुपमा काउटिन्होको बारेमा जानकारी लिने प्रयास गरेको छ । जर्मनीमा अगस्ट २५ मा खेलाडीको सरुवा बजार बन्द हुनेछ । बार्सिलोनामा प्रभाव पार्नबाट चुकिरहेका कोउटिन्होका बारेमा बायर्नले बार्सिलोनासँग परामर्श गरेको स्पेनिस संचारमाध्यमले जनाएका छन् । लामो योजनासहित बार्सिलोनाले कोउटिन्होलाई भित्राएपनि उनले […]
August 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा सहभागिता जनाउन त्यसतर्फ प्रस्थान गर्न अमेरिकी भिसा नपाएका क्रिकेटर सन्दीप लामिछानेले अन्तत: भिसा प्राप्त गरेका छन् । मंगलबार विहान सन्दीपले नेपालस्थित अमेरिकी दुतावासमा दिएको भिसा अन्तर्वार्तामा उनलाई भिसा नदिने निर्णय गरेको थियो । सन्दीपले आफ्नो ट्वीटरमा यस अवस्थाबारे लेखेपछि चौतर्फी चर्चा भएको थियो । मंगलबार दिउँसो […]
August 13, 2019
एजेन्सी – एटलेटिको म्याड्रिडमा यसै सिजन आबद्ध भएका युवा स्टार जोआओ फेलिक्सले क्लबसँग उत्कृष्ट सुरुवात गरेका छन् । उनको सुरुवाती रेकर्ड बार्सिलोना कप्तान लिओनेल मेस्सीको भन्दा राम्रो छ । एटलेटिको म्याड्रिडका लागि प्रि-सिजनका खेलमा २ सय ५० मिनेट खेलेका उनले हरेक ३६ मिनेटमा गोल वा असिस्ट प्रदान गरेका छन् । मेस्सीको तुलनामा पनि यो रेकर्ड […]
August 13, 2019
काठमाडौं (हाम्रो खेलकुद)– एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनयिसपमा भाग लिने अफगानिस्तानको भलिबल टोली मंगलबार नेपाल आइपुगेको छ । नेपाली भलिबल टोलीसँग दुई मैत्रीपूर्ण खेल खेल्नका लागि अफगानी टोली एक साता अघि नै नेपाल आइपुगेको हो । नेपाल र अफगानिस्तानबीच बुधबार र बिहीबार दुईवटा अभ्यास खेल हुनेछ । भारतमा रहेको अफगानिस्तनको टोली मंगलबार बिहान ९ बजे त्रिभुवन […]
August 13, 2019
एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले क्लबको आधिकारिक स्टोरबाट ब्राजिलियन सुपरस्टार नेयमारको जर्सी बेच्न छाडेको छ । क्लब छाडेर अन्यत्र जाने हल्ला चलिरहँदा पीएसजीले उनको जर्सी नै बेच्न छाड्नुले नेयमारको ट्रान्सफर नजिकिएको आंकलन गर्न सकिन्छ । यसअघि पीएसजीले नेयमारको जर्सीलाई नै प्राथमिकतामा राखेर बेच्ने गरेको थियो । हाल भने पीएसजीको स्टोरमा फ्रान्सेली […]
August 13, 2019
एजेन्सी – रोवर्ट लेवान्डोस्कीको दुई गोल सहयोगमा जर्मन च्याम्पियन बायर्न म्युनिखले जर्मन कपमा सहज जित दर्ता गरेको छ । सोमबार राति भएको खेलमा बायर्नले इनर्जी कटबसलाई उसकै मैदानमा ३–१ ले पराजित गर्दै विजयी सुरुवात गरेको हो । बायर्नको जितमा लेवान्डोस्कीले दुई तथा किङ्सले कोमानले १ गोल थपे । कटबसमा बरकान टाजले सान्त्वना गोल फर्काए । […]