August 15, 2019
एजेन्सी – स्पेनिस टोली रियल म्याड्रिड र बार्सिलोनाले ब्राजिलियन फरवार्ड नेयमारलाई अनुबन्ध गर्नका लागि राखेको प्रस्ताव फ्रान्सेली टोली पेरिस सेन्ट जर्मेन (पीएसजी) ले अस्विकार गरेको छ । बार्सिलोनाले नेयमारका लागि पीएसजीसामु फिलिपे कोउटिन्हो र १ सय मिलियन युरोको प्रस्ताव राखेको थियो । मिडफिल्डर इभान राकीटिच पनि प्रस्तावमा संलग्न हुने चर्चा चलेपनि बार्सिलोनाले पहिलो प्रस्तावमा उनलाई […]
August 15, 2019
एजेन्सी – वेस्टइन्डिजसँगको तीन वान डे सिरिज पाहुना टोली भारतले २-० ले जितेको छ । बिहीबार विहान डकवर्थ लेविस पद्धतीको आधारमा तेस्रो वान डे खेलमा ६ विकेटले पराजित गर्दै भारतले सिरिज क्लिनस्वीप गरेको हो । वर्षाको कारण लामो समय खेल अवरुद्ध हुँदा भारतले ३५ ओभरमा जितको लागि २ सय ५५ रनको लक्ष्य पाएको थियो । […]
August 15, 2019
एजेन्सी – युभेन्टसमा भविष्य अनिश्चित जस्तै रहेको अर्जेन्टाइन पाउलो डिब्यालाले मैत्रीपुर्ण खेलमा दुई गोल गर्दै क्लबमै रहने संकेत दिएको छ । टुरिन नजिकै रहेको फ्यामिली फ्रेन्डली अन्तर्गत युभेन्टस ‘बी’ लाई युभेन्टस ‘ए’ ले ३–१ ले पराजित गरेको हो । यो खेलमा स्टार फरवार्ड रोनाल्डोलाई विश्राम लिएका थिए । डिबालाले पाएको मौकालाई सदुपयोग गरे । प्रशिक्षक […]
August 15, 2019
एजेन्सी – च्याम्पियन्स लिग विजेता लिभरपुलले यस सिजनको युरोपेली सुपर कप जितेको छ । टाइब्रेकरमा युरोपा लिग च्याम्पियन चेल्सीलाई ५-४ ले पराजित गर्दै लिभरपुल च्याम्पियन बनेको हो । त्यसअघि अतिरिक्त समयसम्म लम्बिएको खेल २-२ मा सकिएको थियो । चेल्सीले पहिलो हाफको ३६ औं मिनेटमा अग्रता लिएको थियो । फ्रान्सेली फरवार्ड ओलिभिएर जिरुडले क्रिस्टियन पुलिसिकको पासमा […]
August 14, 2019
सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय भलिबल टोलीका कप्तान ईम बहादुर मगर र ओपन स्पाइकर धनबहादुर भट्ट क्षेत्री अफगानिस्तानविरुद्ध भएको पहिलो मैत्रीपूर्ण खेलमा घाइते भएका छन् । चौथो सेटको अन्तिम समयमा खुट्टामा समस्या आएपछि ईम बाहिरिएका थिए । उनले खेल्ने क्रममा केहि असहज महसुस भएपछि बाहिर निस्कन प्रशिक्षकलाई भनेका थिए । खेलपछि प्रशिक्षक हान एबिङले पनि […]
August 14, 2019
एजेन्सी – ज्लाटान इब्राहिमोभिचको शारीरिक अवस्था हेर्दा उनले सिरि ‘ए’ मा अझै प्रभाव पार्न सक्ने युभेन्ट्सका पूर्व प्रशिक्षक लुसियानो मोग्गीलेब बताएका छन् । स्विडेन फुटबल टोलीका पूर्व कप्तान ३७ वर्षे इब्राहिमोभिच अहिले अमेरिकामा लस एन्जल्स ग्यालेक्सीबाट व्यवासहिक फुटबल खेल्दै आएका छन् । मेजर लिग सकरको यो सिजनमा उनले १९ खेलमा १६ गोल गरिसकेका छन् । […]
August 14, 2019
एजेन्सी – जर्मन च्याम्पियन बायर्न म्युनिखले क्रोएसियाका फरवार्ड इभान पेरिसिचलाई इटालियन क्लब इन्टर मिलानबाट लोनमा अनुबन्ध गरेको छ । सन् २०१८ को विश्वकपमा क्रोएसियाले फाइनल यात्रा तय गर्दा टोलीका महत्त्वपूर्ण सदस्य रहेका पेरिसिचले यसअघि नै जर्मन लिग खेलिसकेका छन् । उनले बोरुसिया डर्टमुन्ड र भिएफएल वलफ्सबर्गबाट सन् २०११ र २०१५ को बिचमा खेलेका थिए । […]
August 14, 2019
एजेन्सी – चेल्सीका प्रशिक्षक फ्रान्क लाम्पार्डले चर्को आलोचनाका वावजुद पनि क्लबका युवा खेलाडी मौका दिन नछाड्ने प्रष्ट पारेका छन् । प्रिमियर लिगमा सिजनको पहिलो खेल म्यानचेस्टर युनाइटेडसँग ४–० ले गुमाएपछि चेल्सीका प्रशिक्षक लाम्पार्डको आलोचना भएको थियो । त्यसमा चेल्सी र युनाइटेडका पूर्व प्रशिक्षक जोजे माउरिन्हो मुख्य छन् । लाम्पार्डले कर्ट जुमा, आन्द्रेस क्रिस्टिन्सन, मासोन माउन्ट […]
August 14, 2019
एजेन्सी – पछिल्लो एक साता ब्राजिली स्टार फरवार्ड नेयमारको सरुवा बजारको सरगर्मी छ । इंग्ल्यान्डमा ट्रान्सफरको समय सकिएपनि स्पेन र फ्रान्समा अझै समय रहेकाले पछिल्लो एक साता नेयमारको सरुवाले बजार गर्माएको हो । विश्व कीर्तिमानी नेयमार जसरी पनि पेरिस सेन्ट जर्मेन (पीएसजी) छाड्ने मनस्थितिमा रहँदा पीएसजीले पनि उचित मुल्य पाए नेयमारलाई बेच्ने मनस्थितिमा छ । […]
August 14, 2019
एजेन्सी – अघिल्लो सिजन उच्च प्रदर्शन गर्दै अविश्वनीय रुपमा सेमिफाइनलसम्मको यात्रा तय गरेको डच क्लब आयाक्स यूईएफए च्याम्पियन्स लिगको प्ले अफमा पुग्न सफल भएको छ । मंगलबार राति भएको छनोटमा आयाक्सले पछि परेको स्थिति उल्ट्याएर पाओक थिसालोनिकीलाई ३–२ को जित निकाल्दै बालबाल प्ले अफमा स्थान बनाउन सफल भएको हो । आयाक्सले समग्रमा ५–४ को जित […]