default_image

अन्तर्राष्ट्रिय

August 22, 2019

लिभरपुलका स्टुरिज टर्कीतर्फ

एजेन्सी – इंग्लिस क्लब लिभरपुलबाट यसै सिजन रिलिज भएका फरवार्ड ड्यानियल स्टुरिज टर्किस क्लब ट्राबजोन्सपरमा अनुबन्धित भएका छन् । टर्किस सुपर लिग क्लब ट्राबजोन्सपरले २९ वर्षीय इंग्ल्यान्डका स्टुरिजलाई ३ वर्षका लागि अनुबन्ध गरेको हो । लिभरपुलले स्टुरिजलाई यसै समर ट्रान्सफरमा रिलिज गरिदिएको थियो । उनी करिब ६ बर्ष लिभरपुलका बिताएर प्रिमियर लिग क्लब छाडेका हुन् […]

August 21, 2019

भेट्रान रिवेरी फियोरेन्टिनामा

एजेन्सी – फ्रान्स तथा जर्मन क्लब बायर्न म्युनिखका पुर्व भेट्रान विङ्गर फ्रान्क रिवेरी इटालियन क्लब फियोरेन्टिनामा अनुबन्धित भएका छन् । रिवेरीलाई फियोरेन्टिनाले दुई वर्षका लागि ३.६ मिलियन पाउन्डमा अनुबन्ध गरेको हो । उनको अनुबन्धमा बोनसपाउने समेत उल्लेख छ । उनको बुधबार मेडिकल परीक्षण हुनेछ । ३६ वर्षीय रिवेरीले बायर्नमा १२ वर्ष बिताएर अघिल्लो सिजनबाट बायर्न […]

August 21, 2019

ओडोइ चार महिनापछि चेल्सीको प्रशिक्षणमा !

एजेन्सी – चोटग्रस्त चेल्सीका कलुम हड्सन ओडोइ र एन्टेनियो रुडिगर चेल्सीको प्रशिक्षणमा फर्किएका छन् । इंग्ल्यान्डका १८ वर्षीय फरवार्ड करिव ४ महिनापछि चेल्सीको प्रशिक्षणमा फर्किएका हुन् । कलुम गत अप्रिलपछि चेल्सीको पुर्ण प्रशिक्षणमा फर्किएको हो । यस्तै जर्मन डिफेन्डर एन्टेनियो रुडिगरले चेल्सीको यु–२३ टोलीबाट खेल्दै आफु पुर्ण फिटर रहेको संकेत दिएका छन् । यि दुई […]

August 20, 2019

मेस्सी सातौं पटक पुस्कास अवार्डको मनोनयनमा

एजेन्सी – बार्सिलोनाका सुपर स्टार लियोन मेस्सीको लागि पछिल्लो सिजन उत्कृष्ट रह्यो । च्याम्पियन्स लिगमा उनको टोलीलाई सफलता नमिले पनि लगातार ला लिगा टोलीलाई जिताउनेमा उनको भूमिका अरु बर्ष जस्तै महत्वपूर्ण रह्यो । उनले आफ्नो खेल जीवनमा व्यक्तिगत उपाधि पनि थ्रुपै जितिसकेका छन् । बालोन डी ओर मात्रै उनले आफ्नो जीवनमा ५ पटक जितिसकेका छन् […]

August 20, 2019

बार्सिलोनालाई चोटको पिरलो, डेम्बेले पनि थपिए

एजेन्सी – नियमित कप्तान लियोनेल मेस्सीलाई चोटका कारण ला लिगाको पहिलो खेलमा गुमाएको बार्सिलोनालाई खेलाडी चोटको भार बढेको छ । चोटकै कारण मेस्सी एथ्लेटिक बिल्वाओविरुद्ध अनुपस्थित रहँदा सोही खेलमा उरुग्वेन फवार्ड लुइस सुआरेज चोट बोक्दै मैदानबाट बाट बाहिरिएका थिए । यो भीडमा औसमाने डेम्बेले पनि थपिएका छन् । डेम्बेले पनि घाइते भएपछि बार्सिलोना थप समस्यामा […]

August 20, 2019

काउटिन्हो लिन नसक्नु आर्थिक कारण !

एजेन्सी – लिभरपुलका प्रशिक्षक योर्गन क्लोपले क्लबका पूर्व मिडफिल्डर फिलिप्पे काउटिन्होलाई बार्सिलोनाबाट लिन चाहेपनि चर्को मुल्यका कारण सम्भावना नभएको बताएका छन् । काउटिन्हो यसै साता बार्सिलोनाबाट एक वर्षको लोनमा बायर्न म्युनिख पुगेका छन् । सिजनको अन्त्यपछि बायर्नले चाहेको खण्डमा १ सय २० मिलियन पाउन्डमा काउटिन्होलाई स्थायी रुपमा क्लबका राख्न सक्नेछ । काउटिन्होलाई लिने विषयमा चर्चा […]

August 20, 2019

फुटसल प्रशिक्षक नियुक्तिमा प्रशिक्षककै विरोध

सुबास हुमागाईं, काठमाडौं अखिल नेपाल फुटबल संघ अन्तर्गतको फुटसल समितिले यसै साता मात्र विष्णु गुरुङलाई राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पिएको थियो । तर यस नियुक्तिबारे असन्तुष्टि व्यक्त गर्दै फुटसल टोलीको छनोट समितिका सदस्य समेत रहेका ९ प्रशिक्षकले गुरुङको नियुक्तिको विरोध गरेका छन् । यसअघि राष्ट्रिय फुटसल टोलीको सहायक प्रशिक्षक रहिसकेका विष्णुलाई मुख्य प्रशिक्षकको […]

August 20, 2019

सेन्ट्रल जोनमा आज तीन खेल, कीर्गिस्तानको समूह विजेता बन्ने दाउ

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली भलिबलको इतिहासमा पहिलोपटक आयोजना भइरहेको एभीसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपको दोस्रो दिन आज तीन खेल हुदैछ । लगनखेलमा रहेको नेपाली सेनाको कभर्डहलमा हुने च्याम्पियनसिपको पहिलो खेलमा समूह ‘बी’ को बंगलादेश र अफगानिस्तान खेल्दैछन् । खेल ३ बजेपछि शुरु हुनेछ । दुवै टोली पहिलो खेलमा पराजित रहेकाले आजको खेलमा […]

August 20, 2019

युभेन्टस प्रशिक्षक सार्रीलाई निमोनिया

एजेन्सी – इटालियन च्याम्पियन युभेन्टसका प्रशिक्षक माउरिजियो सार्री निमोनियाले ग्रस्त भएका छन् । ६० वर्षीय सार्रीलाई सुरुवातमा सामान्य ज्वरो आएको भनिएपनि पछि उनलाई विस्तृत परिक्षणपछि निमोनिया लागेको पत्ता लागेको हो । सोमबार विहानसम्म पनि क्लबमा रहेका सार्रीलाई दिउँसो परिक्षणका लागि लागिएको थियो । उनले गत साता ट्रीएस्टिनाविरुद्ध भएको मैत्रीपूर्ण खेल पनि विश्राममा रहेका थिए । […]

August 20, 2019

मेस्सीकै लागि बार्सिलोनाको नेयमार भित्र्याउने प्रयास !

एजेन्सी – ला लिगाको नयाँ सिजनको पहिलो खेलमा एथलेटिक बिलबाओसँग पराजित भएपछि बार्सिलोनामा नेयमारलाई भित्राउन विषयमा पुनः प्रक्रिया सुरु भएको छ । ब्राजिलियन सुपर स्टारलाई टोलीमा फर्काउन बार्सिलोनाले पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग नयाँ प्रस्ताव राख्ने सम्भावना रहेको छ । बार्सिलोनाले पहिलाको भन्दा अझै आकर्षक प्रस्ताव पिएसजीलाई दिने पक्षमा रहेपनि के कस्तो प्रस्ताव गर्ने भन्ने […]

Success

Thank you for your time.