August 25, 2019
एजेन्सी – रियल म्याड्रिडका प्लेमेकर हामेस रोड्रीग्वेजले सान्टियागो बर्नाबाउमा फर्केर खेल्न पाउनु ‘विशेष क्षण’ रहेको बताएका छन् । झन्डै साढें २ वर्षपछि रियल म्याड्रिडका लागि सुरुवाती रोजाईमा परेका हामेसले शनिबारको खेल विशेष रहेको प्रतिक्रिया दिएका हुन् । रियल घरेलु मैदानमा भालाडोलिडसँग १-१ को बराबरीमा रोकिएको थियो । यसअघि उनले सन् २०१७ को मे महिनामा रियलका […]
August 25, 2019
एजेन्सी – रियल म्याड्रिडका कप्तान तथा डिफेन्डर सर्जियो रामोसले ब्राजिलियन फरवार्ड नेयमार विश्वका उत्कृष्ट ३ खेलाडीको सुचिमा पर्ने बताएका छन् । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार नेयमार पछिल्लो समय ट्रान्सफर बजारमा सरुवाको हल्लाले चर्चामा छन् । उनले यसअघि नै पीएसजी छाडेर जाने संकेत दिएका कारण रियल म्याड्रिड र बार्सिलोना दुवै टोलीले उनलाई […]
August 25, 2019
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबार हुने खेलमा बार्सिलोनाले रियल बेटिसको सामना गर्दैछ । लिगको डिफेन्डीङ च्याम्पियन समेत रहेको बार्सिलोनासँग यस खेलका लागि कप्तान लिओनेल मेस्सी र अर्का फरवार्ड लुइस सुआरेज भने उपलब्ध हुने छैनन् । मेस्सी प्रि-सिजनको प्रशिक्षणमा फर्केको पहिलो दिन नै घाइते भएपछि त्यसयता विश्राममा छन् । बेटिसविरुद्ध खेल्ने १८ सदस्यीय टोलीमा […]
August 25, 2019
एजेन्सी – फरवार्ड रोवर्ट लेवान्डोस्कीको ह्याट्रिक मद्दतमा साविकको विजेता बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा पहिलो जित निकालेको छ । पहिलो खेलमा हर्था बर्लिनसँग २–२ गोलको बराबरी खेलेको बायर्नले घरेलु टोली साल्केमाथि ३–० को सहज जित निकालेको हो । बायर्नको सहज जितमा निकै उच्च फर्ममा रहेका लेवान्डोस्कीले ह्याट्रिक पुरा गरे । उनले अघिल्लो खेलमा पनि दुई […]
August 25, 2019
एजेन्सी – रियाल म्याड्रिड स्पेनिस ला लिगामा बराबरीमा रोकिएको छ । रियाल घरेलु मैदानमा रियल भालाडोलिडसँग १–१ गोलको बराबरीमा रोकिएको हो । घरेलु मैदानमा रियालले भालाडोलिडलाई दवावमा राखेपनि गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो । खेलको ८२औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै रियाललाई अग्रता दिलाएका थिए । तर, खेल सकिन दुई मिनेट बाँकी रहँदा सर्जी […]
August 25, 2019
एजेन्सी – मोहम्मद सलाहको दुई गोल सहयोगमा मर्सिसाइड क्लब लिभरपुलले लन्डन क्लब आर्सनलमाथि जित हात पारेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा लिभरपुलले आर्सनलमाथि ३–१ को जित निकालेको हो। जारी सिजनमा लिभरपुलको यो लगातार तेस्रो जित हो । लिभरपुलले यसअघि नर्विच सिटीलाई ४–१ ले तथा साउथह्याम्पटनलाई २–१ ले हराएको थियो । आर्सनलको यो […]
August 24, 2019
एजेन्सी – डिफेन्डर जर्जियो किएलिनीको एकमात्र गोलमा साविकको विजेता युभेन्टसले इटालियन सिरी ‘ए’ को नयाँ सिजनमा कठिन जित निकालेको छ । युभेन्टसले घरेलु टोली पार्मामाथि १–० को कठिन जित निकालेको हो । युभेन्टसको जितमा किएलिनीले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको २१औं मिनेटमा एलेक्स सान्ड्रोको पासमा गोल गरेका थिए । अग्रपङ्तिमा […]
August 24, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्दको इन्डोनेसियन क्लबले लिगा वानमा फेरि अर्को बराबरी खेलेको छ । पर्सिजाले शनिबार पर्सेबाया सुरबायासँग १-१ को बराबरी खेलेको छ । खेलमा लिएको अग्रता जोगाउन नसक्दा पर्सिजाले अर्को बराबरीमा चित्त बुझाउनु परेको हो । १२ औं खेलमा टोलीको यो सातौ. बराबरी हो । ६९ औं मिनेटमा मार्को […]
August 24, 2019
एजेन्सी – डिफेन्डर प्याट्रिक भान आनहोल्टले इन्ज्युरी समयमा गोल गरेपछि क्रिस्टल प्यालेसले म्यानचेस्टर युनाइटेडलाई प्रिमियर लिगको खेलमा २-१ ले पराजित गरेको छ । मिडफिल्डर ड्यानीएल जेम्सले निर्धारित समयको २ मिनेट समय बाँकी रहँदा बराबरी गोल गरेपछि म्यानचेस्टर युनाइटेडले प्यालेसविरुद्ध हार टार्ने देखिएको थियो । तर काउन्टर अट्याकमा आनहोल्टले गोल गर्दै युनाइटेडलाई जितबाट बन्चित गरे । […]
August 24, 2019
एजेन्सी – लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगअन्तर्गत नर्विच सिटीलाई पराजित गर्दै सिजनको पहिलो जित दर्ता गरेको छ । नर्विचको घरेलु मैदानमा चेल्सीले दुई पटक अग्रता गुमाएपनि ट्यामी अब्राहमले दुई गोल गरेपछि ३-२ को जित दर्ता गरेको हो । चेल्सीले खेलको तेस्रो मिनेटमा ट्यामी अब्राहमको गोलमा अग्रता लिएको थियो । कप्तान सेजार एज्पिलिक्वेटाको पासमा अब्राहमले […]