August 27, 2019
एजेन्सी – फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) संकटमा परेको छ । आफ्ना मुख्य खेलाडी केलियन एमबाप्पे चार र एडिन्सन काभानी चोटका कारण तीन साता मैदान बाहिर रहने भएपछि पीएसजीलाई समस्या हुने भएको हो । एमबाप्पे र काभानीले लिग वान अन्तरगत आइतबार राति टोलुसोविरुद्ध ४–० को जित निकालेको खेलमा चोट बोकेका थिए । […]
August 27, 2019
एजेन्सी – यसै सिजन इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट इटाली पुगेका रोमेलु लुकाकुको डेब्यु गोलसँगै इटालियन सिरी ‘ए’ फुटबलमा इन्टर मिलानले फराकिलो जित हात पारेको छ । घरेलु मैदानमा इन्टर मिलानले लिसमाथि ४–० को फराकिलो जित हात पारेको हो । यससँगै नयाँ प्रशिक्षक एन्टेनियो कोन्टे र नयाँ खेलाडी रोमेलु लुकाकुले सिरी ‘ए’ मा सुखद सुरुवात गरेको […]
August 26, 2019
एजेन्सी – नेपाली राष्ट्रिय फुटबल टोली र मलेसियन च्याम्पियन जोहोर दारुलबीच हुने मैत्रीपूर्ण खेलका लागि नेपालले सुरुवाती ११ घोषणा गरेको छ । सुजल श्रेष्ठको कप्तानीमा रहेको टोलीमा गोलरक्षक विकेश कुथु रहेका छन् । डिफेन्डरमा अनन्त तामाङ, अजित भण्डारी, देवेन्द्र तामाङ र सुमन अर्याल रहेका छन् । मिडफिल्डमा कप्तान सुजलसँगै सन्तोष तामाङ, विक्रम लामा, विशाल राई […]
August 26, 2019
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबार रियल बेटिसविरुद्ध ५-२ को जितमा बार्सिलोनाका लागि १६ वर्षीय अन्सुमान फातीले डेब्यु गरेका छन् । एन्टोइन ग्रिज्मनले नयाँ क्लबका लागि गोलको खाता खोलेर महत्त्वपूर्ण जित दिलाएको खेलमा बार्सिलोनाले युवा फरवार्ड फातीलाई अवसर दिएको हो । खेलको ७८ औं मिनेटमा कार्लेस पेरेजको स्थानमा मैदान प्रवेश गर्दै फाती ला लिगाको […]
August 26, 2019
एजेन्सी – वैकल्पिक खेलाडी इरिक म्याक्सिम चुपो मोटिङ चम्कँदा साविकको विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा शानदार जित निकालेको छ । घरेलु मैदानमा आइतबार भएको खेलमा पीएसजीले टोलुसोमाथि ४–० को फराकिलो जित निकालेको हो । पीएसजीको फराकिलो जितमा इरिक म्याक्सिम चुपो मोटिङले दुई तथा मार्किनेसले एक गोल गरे । एक गोल उपहार […]
August 26, 2019
एजेन्सी – मुख्य फरवार्डद्धय कप्तान लियोनेल मेस्सी र लुइस सुआरेज नभएको अवस्थामा यसै सिजन क्लबमा अनुबन्ध भएका एन्टोइन ग्रिजमनले दुई गोल गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगामा पहिलो जित निकालेको छ । बर्सिलोनाले घरेलु मैदानमा रियल बेटिसमाथि ५–२ को फराकिलो जित निकालेको हो ।बार्सिलोनाको फराकिलो जितमा एन्टोइन ग्रिजमनले दुई तथा कार्लेस पेरेज, जोर्डी अल्वा र आर्टुरो […]
August 25, 2019
एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम न्यु क्यासल युनाइटेडसँग स्तब्ध बनेको छ । टोटेनहम घरेलु मैदानमै न्यु क्यासलसँग १–० ले स्तब्ध बनेको हो । खेलको २७औं मिनेटमा जोइलिन्टनले गरेको गोल नै न्यु क्यासलको जितमा पर्याप्त बन्दा टोटेनहम स्तब्ध बन्न पुग्यो । खेलभर नै न्यु क्यासललाई दवावमा राखेपनि टोटेनहमले न्यु क्यासलको बलियो रक्षापङ्तिलाई तोड्न नसक्दा […]
August 25, 2019
एजेन्सी – बेन स्टोक्सको उत्कृष्ट शतकसँगै इंग्ल्यान्डले अष्ट्रेलियालाई १ विकेटले पराजित गर्दै एसेज सिरिज १-१ को बराबरीमा ल्याएको छ । लिड्समा जारी टेस्टको चौथो दिन ३ सय ५९ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले ९ विकेटको क्षतिमा लक्ष्य प्राप्त गर्यो । स्टोक्सले नटआउट १ सय ३५ रनको उत्कृष्ट इनिङ खेल्दै इंग्ल्यान्डलाई जितसम्म डोर्याए । उनले २ सय […]
August 25, 2019
एजेन्सी – अर्जेन्टिनी फरवार्ड सर्जियो अगुएरोको दुई गोलमा साविक विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगअन्तर्गत आईतबार बर्नमाउथलाई ३-१ ले पराजित गरेको छ । अगुएरोको गोलमा सिटीले १५ औं मिनेटमा अग्रता लिएको थियो । उनले केभिन डे ब्रूएनको पासमा गोल गरेका थिए । ४३ औं मिनेटमा रहिम स्टरलिङले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । घरेलु […]
August 25, 2019
एजेन्सी – विश्वकीर्तिमानी सुपरस्टार फरवार्ड नेयमारले क्लब छाड्ने चर्चा चलिरहँदा फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले इंग्लिस क्लब क्रिस्टल प्यालेसका फरवार्ड विल्फ्रिड जाहालाई क्लबमा अनुबन्ध गर्ने तयारी थालेको छ । पीएसजीले जाहा अनुबन्ध गर्नको लागि आफ्ना प्रतिनिधिलाई लण्डन पठाएको डेलीमेलमा उल्लेख छ । आइभोरी कोस्टका २६ वर्षे जाहाको लागि क्लबले १०० मिलियन […]