August 28, 2019
एजेन्सी– स्विडिस फरवार्ड ज्लाटान इब्राहिमोभिचले आफू अझै पनि प्रिमियर लिगका लागि योग्य र सक्षम रहेको बताएका छन् । उनले ठट्यौली पारामा म्यानचेस्टर युनाइटेडले चाहेको खण्डमा आफु इग्ल्यान्ड फर्कन सक्ने संकेत पनि गरे । ३७ वर्षे स्वीडिस फरवार्ड अहिले एमएलएस टोली एलए ग्यालेक्सीबाट खेलिरहेका छन् । अहिले पनि उनी मैदानमा छाइरहेका छन् । ग्यालेक्सी जानुअघि इब्राहिमोभिचले […]
August 28, 2019
एजेन्सी – आगमी सेप्टेम्बर ५ देखी १४ सम्म चल्ने एसीसी यू१९ एसिया कपको लागि घरेलु टोली श्रीलंकाले १५ सदस्य टोली घोषणा गरेको छ । विश्वकपको अनुभव रहेको अलराउन्डर निपुन धनञ्जयलाई कप्तानीको जिम्मेवारी दिदै घोषणा गरेको हो । निपुन धनञ्जय सन् २०१८ को यू१९ विश्वकपमा श्रीलंकाको टोलीमा थिए । निपुनकै कप्तानीमा गत वर्ष श्रीलंका एसिया कपको […]
August 28, 2019
एजेन्सी – ब्राजिलियन सुपरस्टार नेयमारको ट्रान्सफरलाई लिएर मंगलबार फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र बार्सिलोनाबीच बसेको बैठक सकारात्मक रहेको बुझिएको छ । पीएसजीसँग बैठक बसेर बार्सिलोना फर्केपछि क्लबका प्रतिनिधि जाभिएर बोर्डासले संचारमाध्यमलाई सकारात्मक प्रगतिबारे जानकारी दिएका हुन् । उनले नेयमार अब क्याम्प नोउ फर्कने प्रक्रिया नजिक रहेको जानकारी दिए । बैठकमा बार्सिलोनाका लागि क्लबका […]
August 28, 2019
एजेन्सी – रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानको स्टार खेलाडी गेराथ बेललाई हेर्ने दृष्टिकोणमा फरक देखिन थालेको छ । कुनै समय तत्काल क्लब छाडे हुन्छ भन्ने जिदानले अहिले बेललाई टोलीको महत्वपूर्ण खेलाडी भएको बताएका छन् । बेल यहि समरमा रियल छाड्ने योजनामा थिए । जिदानले पनि उनलाई जान सक्ने संकेत गरेका थिए । बेल चाइनिज सुपर […]
August 28, 2019
एजेन्सी – ग्रीसको ओलम्पियाकोस युइएफए च्याम्पियन्स लिगको समूह चरणमा प्रवेश गरेको छ । प्ले अफमा मंगलबार राति भएको खेलमा ओलम्पियाकोसले रसियन एफसी क्रासनोडरलाई २–१ ले पराजित गर्दै समूह चरणमा पुग्न सफल भएको हो । ओलम्पियाकोस समग्रमा ६–१ को जितसहित अघि बढेको हो । पहिलो लेगमा ओलम्पियाकोस ४–० ले विजयी भएको थियो । एफसी क्रासनोडरको घरेलु […]
August 28, 2019
एजेन्सी – चिली तथा म्यानचेस्टर युनाइटेडका फरवार्ड एलेक्सिस साञ्चेज लोनमा इटालीयन सिरी ‘ए’ क्लव इन्टर मिलान जाने भएका छन् । इंग्लिस टोली म्यानचेस्टर युनाइटेड साञ्चेजलाई ४.५ मिलियन पाउन्डको सहमति गर्दै लोनमा इन्टर मिलानमा पठाउन सहमत भएको हो । साञ्चेजको बुधबार मेडिकल हुनेछ । समर ट्रान्सफर सकिनुअघि साञ्चेज युनाइटेड छाड्दै इन्टर मिलानमा पुग्नेछन् । इन्टर मिलानले […]
August 27, 2019
एजेन्सी – युरोपेली ट्रान्सफर विन्डोमा यसपटक नेयमार चर्चाको केन्द्रविन्दु बने । ट्रान्सफर विन्डो सुरु भएदेखि उनको स्थानान्तरणलाई लिएर सुरु भएको चर्चा अब केहि दिन बाँकी हुँदा पनि सेलाएको छैन । स्पेनिस क्लब रियल म्याड्रिड र क्याटलान क्लब बार्सिलोनाले औपचारिक रुपमा नै पेरिस सेन्ट जर्मेन (पीएसजी) सामु प्रस्ताव राख्दा दुवैलाई फ्रान्सेली क्लबले नकारेको अवस्था छ । […]
August 27, 2019
एजेन्सी – साफ यू-१५ च्याम्पियन्सिप अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपालले साविक विजेता बंगलादेशलाई ४-१ को फराकिलो अन्तरले पराजित गरेको छ । नेपालको जितमा कृष्ण यादवले र कप्तान प्रदीप लम्सालले २-२ गोल गरे । पहिलो हाफको इन्जुरी समयमा कृष्णको गोलमा नेपालले सुरुवाती अग्रता लिएको थियो । ५२ अौं मिनेटमा प्रदीपले अग्रता दोब्बर पारे । ७९ […]
August 27, 2019
काठमाडौं (हाम्रो खेलकुद) – विकेटकीपर आशिफ शेखको उत्कृष्ट अर्ध शतकसँगै नेपाली यू१९ टोलीले पहिलो अभ्यास खेलमा श्रीलंकाको एसएससी यू२३ लाई २ सय ४१ रनको लक्ष्य दिएको छ । वर्षाको कारण निर्धारित समय भन्दा झण्डै साढे एक घण्टा ढिला हुँदा ४२ ओभरमा झारिएको खेलमा नेपालले टस हारेर ब्याटिङ थाल्दै ७ विकेटको क्षतिमा २ सय ४० रन […]
August 27, 2019
एजेन्सी – युरोपेली फुटबलको ट्रान्सफर विन्डो अन्त्यतिर पुग्दा लामो समयदेखि चर्चामा रहेको नेयमारको ट्रान्सफरले पनि अब टुंगो लिने देखिन्छ । फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बार्सिलोनासामु नेयमारलाई अनुबन्धन गर्नका लागि आफ्नो माग अगाडि सारेको छ । केहि दिन अघिमात्र बार्सिलोनाको प्रस्ताव अस्विकार गरेको पीएसजीले बार्सिलोनासँग दुई खेलाडी र १ सय मिलियन माग गरेको […]