default_image

अन्तर्राष्ट्रिय

September 7, 2019

नेपालले पहिलो खेल जिम्बाबेसँग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)– सिंगापुरमा हुने नेपाल,जिम्बाबे र सिंगापुरबीचको त्रिकोणात्मक टि ट्वान्टी सिरिजको खेल तालिका सार्वजनिक भएको छ । सिंगापुर क्रिकेटले शुक्रबार सार्वजनिक गरेको तालिका अनुसार नेपालले पहिलो खेल जिम्बाबेसँग खेन्ने छ । त्रिकोणात्मक सिरिज २७ सेप्टेम्बर देखि ३ अक्टोबर सम्म हुनेछ । नेपालले पहिलो खेल २७ सेप्टेम्बरमा जिम्बाबेसँग खेल्ने छ । त्यसको भोली पल्ट २८ […]

September 7, 2019

यू १९ एसिया कप – अफगानिस्तान सेमिफाइनल नजिक !

एजेन्सी – अफगानिस्तान एसीसी यू १९ एसिया कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल नजिक पुगेको छ । दोस्रो खेलमा शनिबार कुवेतलाई ७ विकेटले पराजित गरेपछि सेमिफाइनल नजिक पुगेको हो । आज नै समूह ‘ए’ को खेलमा भारत र पाकिस्तानबीच प्रतिस्पर्धा जारी छ ।   भारतले पाकिस्तानलाई ३ सय ६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । पाकिस्तान […]

September 7, 2019

नाडाल युएस ओपनको फाइनलमा

एजेन्सी – दोस्रो वरीयताका स्पेनिस राफयल नाडाल युएस ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । न्ययोर्कस्थित फ्लुसिङ मिडोजमा शनिबार बिहान भएको खेलमा नाडालले इटालीका २४औं वरीयताका माटियो बेरेटिनीलाई ३–० को सोझो सेटमा पराजित गर्दै पाँचौपटक युएस ओपन टेनिसको फाइनलमा प्रवेश गरेका हुन् । शुरुको सेटमा निकै कडा प्रतिस्पर्धा गर्नु परेपनि नाडालले त्यसपछिको दुवै सेटमा खासै […]

September 7, 2019

नेयमारको पुनरागमनमा ब्राजिलको बराबरी

एजेन्सी – स्टार फरवार्ड नेयमारले झन्डै चार महिनापछि पुनरागमन गर्दा ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा कोलम्वियासँग बराबरीको नतिजा निकालेको छ । शनिबार बिहान अमेरिकामा भएको खेलमा दक्षिण अमेरिकी च्याम्पियन ब्राजिलले कोलम्वियासँग २–२ गोलको बराबरी खेलेको हो । पुनरागमन खेलमा नेयमारले एक गोल गर्नुका साथै १ गोलको असिस्ट गरेका थिए । नेयमारले गत जुनमा कोपा अमेरिका कपको […]

September 7, 2019

बात्सुयाईको दुई गोलमा बेल्जियमको सहज जित

एजेन्सी – कप्तान तथा मुख्य खेलाडी इडेन हजार्डको अनुपस्थितिमा मिचेल बात्सुयाईले दुई गोल गरेपछि बेल्जियमले युरोकप छनोटमा सहज जित निकालेको छ । बेल्जियनले सानमारिनोलाई उसकै मैदानमा ४–० को सहज जित निकालेको हो । ड्रिएस मेर्टिन्स र नासिर चाड्लीले समान एक गोल गरे ।इंग्लिस क्लब चेल्सीमा फ्रान्क लाम्पार्ड प्रशिक्षकको रुपमा आएपछि कमै मौका पाएका बात्सुयाईले खेलको […]

September 7, 2019

शीर्षस्थानको पोल्यान्डको हार, अस्ट्रियाको आधा दर्जन गोल

एजेन्सी – युरोकप छनोटको समूह ‘जी’ को शीर्षस्थानमा रहेको पोल्यान्डले पहिलो हार बेहोरेको छ । पोल्यान्डले घरेलु टोली स्लोभेनियासँग २–० को हार बेहोरेको हो । पोल्यान्डलाई हार चखाउन अल्जाज स्ट्रुना र अन्ड्राज स्पोररले गोल गरे । हारसँगै पोल्यान्ड ५ खेलबाट १२ अंक जोडेर शीर्षस्थानमै यथावत छ । स्लोभेनिया ५ खेलबाटै ८ अंक जोडेर तेस्रो स्थानमा […]

September 7, 2019

वेल्सको कठिन जितमा वेलको निर्णायक गोल

एजेन्सी – खेल सकिन ४ मिनेटमात्रै बाँकी रहँदा ग्यारेथ बेलले निर्णायक गोल गरेपछि वेल्सले युरोकप छनोटमा अजरवैजानमाथि २–१ को कठिन जित निकालेको छ । घरेलु मैद्यान कार्डिफ सिटी स्टेडियम कार्डिफमा भएको खेलमा वेल्स खेलको २६औं मिनेटमा आत्मघाती गोलबाट खेलमा अघि बढेको थियो । पभेल पासायभले विपक्षी टोलीको प्रहार बचाउने क्रममा आफ्नै पोस्टमा गोल गर्न पुग्दा […]

September 7, 2019

जर्मनीमाथि नेदरल्यान्डको प्रभावशाली जित

एजेन्सी – युरोकप छनोटमा नेदरल्यान्डले जर्मनीमाथि प्रभावशाली जित हात पारेको छ । शुक्रबार राति भएको खेलमा नेदरल्यान्डले जर्मनीमाथि ४–२ को प्रभावशाली र पुनरागमन जित निकालेको हो । ह्यामबर्गमा भएको खेलमा नेदरल्यान्डको जितमा फ्रान्की डि जङ, डोनेल मालेन र जर्जिन्हो विज्नल्डनले गोल गरे । एक गोल उपहार पाएको थियो । जर्मनीका सर्जि जिनाब्री र टोनी क्रुसले […]

September 6, 2019

मालिगांको कीर्तिमानी ५ विकेटसँगै श्रीलंका विजयी

एजेन्सी – कप्तान लासिथ मालिगांको कीर्तिमानी ५ विकेटसँगै न्युजिल्यान्डसँगको तेस्रो तथा अन्तिम टि२० खेलमा घरेलु टोली श्रीलंका ३७ रनले विजयी भएको छ । श्रीलंकाले प्रस्तुत गरेको १ सय २६ रनको सामान्य लक्ष्य पछ्याएको न्युजिल्यान्ड १६ ओभरमा अल आउट हुदैं ८८ रनमा समेटियो । मालिगांले तेस्रो ओभरको तेस्रो,चौथो,पाँचौ र छैटौं बलमा लगातार ४ विकेट लिएपछि सामान्य […]

September 6, 2019

मलिगांले लिए लगातार चार बलमा ४ विकेट

एजेन्सी – श्रीलंकाका तीब्र गतिका बलर तथा कप्तान लासिथ मलिंगाले न्युजिल्यान्डविरुद्धको तेस्रो टि ट्वान्टी क्रिकेटमा अविश्वसनिय प्रर्दशन गर्दै लगातार चार बलमा चार विकेट लिएका छन् । न्युजिल्यान्डले श्रीलंकाले प्रस्तुत गरेको १ सय २६ रनको सामान्य लक्ष्य पछ्याई रहेको छ । मलिंगाले तेस्रो ओभरको तेस्रो,चौथो,पाँचौ र छैटौं बलमा लगातार विकेट लिएका हुन् । मलिंगाले तेस्रो ओभरको […]

Success

Thank you for your time.