default_image

अन्तर्राष्ट्रिय

November 2, 2024

शीर्ष स्थानको हिलालसँग नासरको बराबरी

एजेन्सी – साउदी प्रो लिगमा शिर्ष स्थानको अल हिलालसँग अल नासर बराबरीमा रोकिएको छ । हिलाल र नासरले १-१ को बराबरी खेलेका छन् । अल अवाल पार्क रियादमा शुक्रवार भएको खेलमा नासरको लागि तलिस्काले तथा अल हिलालको लागि सर्गे मिलिन्कोभिच स्याभिच गोल गरे । खेलको पहिलो मिनेटमा नै तलिस्काले गोल गर्दै नासरलाई अग्रता दिलाए । […]

November 1, 2024

थ्री नेसन्स कप फुटबल – नेपाली टोलीको घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – ताजिकिस्तानमा हुने थ्री नेसन्स कप फुटबलका लागि किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय नेपाली टोलीको शुक्रवार घोषणा भएको छ । राष्ट्रिय पुरुष फुटबल टोलीका अन्तरिम मुख्य प्रशिक्षक नवीन न्यौपानेले नेपाली टोलीको घोषणा गरेका हुन् । ३६ सदस्यीय बन्द प्रशिक्षणमा रहेका खेलाडीबाट अन्तिम टोलीको घोषणा भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ […]

October 31, 2024

लिभरपुल र आर्सनलको जित

एजेन्सी – लिभरपुल र आर्सनल काराबाओ कपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । ब्राइटनलाई बुधवार ३-२ ले पराजित गर्दै लिभरपुल अन्तिम आठमा पुगेको हो । लिभरपुलको जितमा कोडी गाक्पोले २ गोल गरे। ४६ औं मिनेटमा गाक्पोले पहिलो गोल गरे। ६३औं मिनेटमा गाक्पोले व्याक्तिगत दोस्रो गोल थपेपछि लिभरपुलले २-० को अग्रता बनायो ।  ८१औं मिनेटमा साइमन एडिन्ग्राले […]

October 31, 2024

टोटेनहमसँग सिटी पराजित, युनाइटेड विजयी

एजेन्सी – टोटनहम र म्यानचेस्टर युनाइटेड काराबाओ कपको क्वाटरफाइनलमा पुगेका छन्। टोटेनहमसँग पराजित हुँदै म्यानचेस्टर सिटी काराबाओ कपको अन्तिम १६ बाटै बाहिरिएको छ । टोटनहम बुधवार सिटीलाई २-१ ले हराएको हो। खेलको पाचौं मिनेटमा टिमो वर्नरले गोल गर्दै टोटनहमलाई घरेलु मैदानमा अग्रता दिलाए । डेजान कुलुसेभस्कीको पासमा वर्नरले गोल गरेका हुन्। पापे माटर सरले २५औं […]

October 31, 2024

च्याम्पियन बंगालादेशकी रितु साफ च्याम्पियनसिपको सर्वोत्कृष्ट

काठमाडौं ( हाम्रो खेलकुद)- बंगालादेशलाई महिला साफ च्याम्पियनसिपको उपाधि दिलाउन निर्णायक गोल गरेकी रितु पोर्ना चक्मा सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन् । बंगालादेशको उपाधि रक्षा अभियानमा लेफ्ट विङ्गर रितुको महत्वपूर्ण भूमिका रहेको थियो। लेफ्टबाट क्रस गर्न र सनसनीपूर्ण गोलका लागि उनी माहिर छिन्। नेपाल र बंगलादेशबीचको फाइनलमा १-१ को बराबरीको अवस्थाबाट ८२ औं मिनेटमा गोल […]

October 30, 2024

महिला फुटबल टोलीलाई काठमाडौं महानगरको २५ लाख

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं महानगरपालिकाले महिला साफ च्याम्पियनसिपमा उप विजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई नगदसहित सम्मान गरेको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलले राष्ट्रिय टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बालाई बुधवार २५ लाख रुपैयाँ हस्तान्तरण गरेका छन्। दशरथ रंगशालामा बुधवार भएको फाइनलमा नेपाल बंगलादेशसँग २-१ ले पराजित भएको थियो। अघिल्लो संस्करणमा […]

October 30, 2024

फाइनलका लागि नेपाली टोलीको पहिलो रोजाइ सार्वजनिक, रेखाको ठाउँमा सरु

काठमाडौं (हाम्रो खेलकुद)-  नेपालले महिला साफ च्याम्पियनसिपको बंगालादेशलेविरुद्धको पहिलो रोजाइमा १ खेलाडी परिवर्तन गरेको‌ छ। सेमिफाइनलमा भारतविरुद्ध खेलमा रातो कार्ड पाएकी रेखा पौडेल‌को ठाँउमा सरु लिम्बुले पहिलो रोजाइमा मौका पाएकी छिन्। कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बासहित १० जनाले निरन्तरता पाएका छन् । बंगलादेशविरुद्ध को पहिलो रोजाइमा सरु, एन्जिलासहित पहिलो रोजाईमा पुजा राना, विमला विक, […]

October 30, 2024

साफ च्याम्पियनसिप फाइनल – बंगालादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली महिला फुटबल टोली दक्षिण एसियाको बलियो टोली मध्येको एक हो। तर अहिलेसम्म नेपालले साफ च्याम्पियनसिप वा दक्षिण एसियाली खेलकुद (साग) को उपाधि जित्न सकेको छैन। त्यसअर्थ नेपाली टोली यसअघि फाइनल अनलक्की नै रहँदै आयो । साफ च्याम्पियनसिप , साग र अन्य गरि ११ पटक फाइनल खेल्दा पनि च्याम्पियन बन्न सकेको छैन।दशरथ […]

October 29, 2024

माउण्ट एभरेष्टले एन्फा विरूद्ध कानुनी लडाई लड्ने

काठमाडौं (हाम्रो खेलकुद)- महिला साफ च्याम्पियनसिपको लागि टिकेटिङ्ग अधिकार प्राप्त माउण्ट एभरेष्ट स्पोर्टस एण्ड इभेन्ट्स प्रा.लिले अखिल नेपाल फुटवल संघ ( एन्फा) विरूद्ध कानुनी लडाई लड्ने भएको छ। एन्फाले आज पत्रकार सम्मेलन आयोजना गरेर माउण्ट एभरेष्टसँगको सम्झौता रद्द गरेपछि त्यसका विरुद्धमा कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ। सम्झौता रद्द भएसँगै एन्फा आफैले भौतिक रूपमा नै […]

October 29, 2024

बक्सिङमा स्वस्तिका र नोर्बुलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद)- नेपालका स्वस्तिका तिरुवा र नोर्बु थेन्डुप शेर्पाले आईएसएफ जिम्नासाइड समर गेम्सको बक्सिङमा मंगलबार स्वर्ण पदक जितेका छन् । स्वस्तिका र नोर्बु दुवैले ब्राजिलका खेलाडीलाई फाइनलमा पराजित गरे । बहराइनको मानामास्थित अल अहली क्लबमा भएको महिला ५४ केजीमुनि फाइनलमा स्वस्तिकाले ब्राजिलकी ओलिभिएरालाई ४-१ ले पराजित गरिन् । सेमिफाइनलमा स्वस्तिकाले ब्राजिलकै बारोस फरेरा मार्सेलो […]

Success

Thank you for your time.